नेपालको इतिहासमा एउटा महत्त्वपूर्ण दिन हो -फागुन ७ गते अर्थात् प्रजातन्त्र दिवस। यो दिनले नेपाली जनताको बलिदानपूर्ण सङ्घर्षको सम्झना गराउँछ, जसले १०४ वर्ष लामो निरङ्कुश राणा शासनको अन्त्य गर्दै लोकतन्त्रको स्थापना गर्यो। प्रजातन्त्र दिवसले हामीलाई हाम्रो देशको लागि आफ्नो जीवन अर्पण गर्ने ज्ञात अज्ञात वीर शहीदहरूको त्याग र समर्पणको स्मरण गराउँछ। यो दिन हामीलाई लोकतन्त्रको मूल्य र महत्त्वको बारेमा सोच्न र यसलाई जोगाउनको लागि प्रेरित गर्दछ। यस विशेष दिनमा, हामीले आफ्नो देशलाई अझ राम्रो र समृद्ध बनाउनको लागि आफ्नो प्रतिबद्धतालाई नवीकरण गर्नुपर्छ। हामीले लोकतन्त्रका मूल्यहरूलाई सम्मान गर्नुपर्छ र सबैको लागि न्याय र समानता सुनिश्चित गर्नुपर्छ। प्रजातन्त्र दिवसको शुभकामना!
प्रजातन्त्र दिवसको अवसर पारेर हामीले स्वतन्त्र समाचार सेवा सुरुवात गरेका थियौँ। हाम्रो स्वतन्त्र समाचार सेवाको नियमित सेवा सहित हाम्रो डिजिटल माध्यम (वेबसाईट)www.ins.news आजैबाट तीन वर्ष लागेको छ।
नेपालमा सार्वजनिक जनचासो (public interest ) का खोजमूलक समाचार उत्पादन र वितरण गरी समग्र नेपाली पत्रकारिताको प्रभाव र गुणस्तर विकासमा योगदान गर्ने हाम्रो प्रतिबद्धता हो। तर विविध कारणले हामी हाम्रो प्रतिबद्धतामा खरो उत्रन सकिरहेका छैनौँ। कठिन र चुनौतीपूर्ण यस यात्रामा अगाडि बढ्ने हाम्रो अठोट अझै पनि यथावत् छ। यस कार्यमा यहाँहरू सबैको साथ र सहयोगको अपेक्षा छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
