म्यान्सिटीलाई हराउदै रियाल मड्रिड च्याम्पियन्स लिगकोअन्तिम १६ मा

पेरिस सेन्ट जर्मेन, बोरुसिया डर्टमण्ड र बायर्न म्युनिख पनि अन्तिम १६ मा, युभेन्ट्स र एसी मिलान नकआउट चरणबाटै बाहिर

रियाल मड्रिड, पेरिस सेन्ट जर्मेन पीएसजी र बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन् । वुधबार राती भएको नकाउट चरण प्लेअफ दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गर्दै यी तीन टोली अन्तिम १६ मा पुगेका हुन् ।

बुधबार राति भएको प्लेअफको दोस्रो लेगमा म्यान्चेस्टर सिटीमाथि ३ -१ को जित निकाल्दै समग्रमा ६-३ को नतिजाले रियल अन्तिम १६ मा पुगेको हो । हारसँगै सिटी भने बाहिरिएको छ । दोस्रो लेगमा केलियन एम्बाप्पेले ह्याट्रिक गरेसँगै रियालले सजिलै नकाउट चरण पार गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियलका लागि चौथो मिनेटमै गोलको खाता खोलेका एमबापेले ३३औं र दोस्रो हाफको ६१औं मिनेटमा गोल गर्दै ह्‍याट्रिक पूरा गरे । इन्जुरी समयमा निकोलस गोन्जालेजले सिटीका लागि सान्त्वना गोल फर्काए ।

पेरिस सेन्ट जर्मेनपनि  र बोरुसिया डर्टमण्ड पनि अन्तिम १६ मा

 

उता, फ्रान्सको पेरिस सेन्ट जर्मेनले आफ्नै होम टाउनको ब्रेस्टलाई फराकिलो अन्तरले हराउँदै अन्तिम १६ मा स्थान पक्का गर्यो । पहिलो लेगमा ३-० को सहज जित निकालेको पीएसजीले दोस्रो लेगमा ७-० को फराकिलो जित निकाल्दै समग्रमा १०-० को विशाल गोल अन्तरले अघिल्लो चरणको यात्रा तय गरेको हो ।

जर्मनीको बोरुसिया डर्टमण्ड दोस्रो लेगमा बराबरीले सम्हालिदै अन्तिम १६ मा पुगेको छ । नकआउट चरण प्लेअफको पहिलो लेग ३-० ले जितेको डर्टमण्डले वुधबार राती पोर्चुगलको स्पोर्टिङ सीपीसँग गोल रहित बराबरी खेलेको हो । योसँगै च्याम्पियन्स लिगमा प्लेअफबाट अन्तिम १६ मा पुग्ने आठ टोलीको टुंगो लागेको छ।

बायर्न म्युनिख, क्लब ब्रुग र बेनिफि पनि अन्तिम १६ मा

बायर्न म्युनिख, बेल्जियमको क्लब ब्रुग र पोर्चुगलको बेनिफिका च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन् ।

मंगलबार राती नकआउट चरण प्लेअफ दोस्रो लेगमा सपलता हासिल गर्दै यी टोली च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका हुन् ।

बायर्न मुनिखले स्कट ल्याण्डको सेल्टिकसँग १-१ को बराबरी गर्दा समग्रमा ३-२ ले जित हासिल गर्‍यो । पहिलो लेग २-१ ले जितेका कारण बायर्न अन्तिम १६ मा पुगेको हो ।

इटालीको एटलान्टालाई ३-१ ले हराएको क्लब ब्रुगले समग्रमा ५-२ को जितसंगै अन्तिम १६ मा प्रवेश गर्यो । बेनिफिकाले फ्रान्सको एएस मोनाकोलाई ३-३ को बराबरीमा रोकेर समग्रमा ४-३ को जितसंगै अन्तिम १६ को  यात्रा तय गरेको हो ।

युभेन्ट्स र एसी मिलान नकआउट चरणबाटै बाहिर

इटालियन बलियो टोली युभेन्ट्सको च्याम्पियन्स लिग यात्रा टुंगिएको छ ।  नकआउट चरण प्लेअफको दोस्रो लगेमा ३-१ ले पराजय भएसँगै युभेन्ट्सको यात्रा टुंगिएको हो ।

पहिलो लेग २-१ ले आफ्नो पक्षमा पारे पनि दोस्रो लेगमा हार भएपछि युभेन्ट्स समग्रमा ४-३ ले पछि परेको हो ।

युभेन्ट्सका लागि टिमोथी वाशले जम्मा एक गोल गरे । आइन्दोभेनका लागि रयाल फ्लामिंगो, इस्माएल सैबारी र इभा पेरिसिकले एक–एक गोल गरे ।

साथै मंगलबार राती भएको नकआउट चरण प्लेअफ अन्तर्गत दोस्रो लेगमा नेदरल्याण्ड्सको फेयनूर्डसँग १-१ को बराबरी खेलेसँगै एसी मिलानको यात्रा टुंगिएको हो ।

समग्रमा एसी मिलान २-१ ले पछि पर्दै च्याम्पिन्स लिगको नकआउट चरणबाट बाहिरिएको हो । यसअघि पहिलो लेगमा मिलान १-० ले हारेको थियो । मंगलबार राती मिलानका लागि सान्टियागो गिमिनेजले एक गोल गरे भने फेयनूर्डका जुलियन कर्राजाले बराबरी गोल फर्काए ।

यससंगै च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र शुक्रबार सार्वजनिक हुनेछ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link