रिपोर्टर्स विदआउट बोर्डर्सले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा जारी गरेको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल ७६ औँ स्थानमा पुगेको छ। सन् २०२२ संस्करणले १८० देश र क्षेत्रहरूमा पत्रकारिताको अवस्थाको मूल्याङ्कन गर्दा नेपालले उक्त स्थान पाएको हो। यसअघि नेपालको स्थान १०६ नम्बरमा थियो।
रिपोर्टर्स विदआउट बोर्डर्सको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा भारतको स्थान भने खस्कदैँ गएको छ। १८० देशमध्ये भारत १५० औं स्थानमा पुगेको छ। यसअघि भारतको स्थान १४२ नम्बरमा थियो। पाकिस्तान भारतभन्दा ७ नम्बर पछाडि अर्थात १५७ औं स्थानमा छ । सबैभन्दा राम्रो स्थितिमा चाहिँ नर्वे, डेनमार्क र स्विडेन छन्, पहिलो, दोस्रो र तेस्रो स्थानमा। यसैगरी इस्टोनिया, फिनल्याण्ड, आयरल्याण्ड, पोर्चुगल र कोस्टारिका क्रमशः चौथो, पाँचौं, छैटौँ, सातौँ र आठौं स्थानमा छन् ।
चीन, सिरिया, इराक, उत्तर कोरिया, इरान, क्युबा र म्यानमार सबैभन्दा कम प्रेस स्वतन्त्रता भएका देश हुन् ।
यसैबीच राष्ट्रिय सूचना आयोग विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ का अवसरमा शुभकामना वक्तव्य जारी गर्दै विश्वसनीय र सत्य सूचना प्रवाहका माध्यमबाट देशमा सुशासन कायम गर्न र सुसूचित नागरिक तयार गर्न आमसञ्चार माध्यमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएको छ। सूचना आयुक्त तथा प्रवक्ता कमला ओली थापाद्वारा जारी वक्तव्यमा भनिएको छ- आमसञ्चारकर्मीको सक्रिय सहभागिताबाट मात्र सूचनाको हकको प्रभावकारिता वृद्धि गर्न सकिन्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आदालतद्वारा रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश, समर्थकबीच खुसीको माहोल
- उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु
- खोटाङकाे बुइपामा कोक, जुस, वियरलगायत आयातित पेयपदार्थमा प्रतिबन्ध
- अमेरिकाको लस एन्जेलसमा भीषण आगलागी, अहिलेसम्म पाँच जनाको मृत्यु
- सूर्यदर्शन सहकारी बचत अपचलन : प्रतिवादीहरूको थुनछेक बहस जारी
- भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयम अपनाउन आग्रह
- पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
- हमासलाई ट्रम्पको चेतावनी
- लस एन्जलिसको डढेलो तीव्र गतिमा फैलिँदै, हजारौँ मानिस घर छाडेर भागे
- ट्रम्पको होटल अगाडि च्याटजीपीटी एआईमार्फत विस्फोट गराइएको थियो साइबरट्रक