नेपाल र जापानबिच कोटेश्वर चोक सुधार आयोजना (कोटेश्वर इंटरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट) का लागि ३१.७६ अर्ब नेपाली रुपैयाँ बराबरको जापानी येन ऋण सम्झौता भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित कार्यक्रममा दुई देशका प्रतिनिधिहरूले नोटस् एक्सचेन्ज गरी यो सम्झौता अन्तिम रूप दिएका हुन् । जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) को सहयोगमा सञ्चालन हुने यो आयोजनाले काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
मन्त्रालयको विज्ञप्ति अनुसार जापानले ३४.५९ अर्ब जापानी येन (लगभग ३१.७६ अर्ब नेपाली रुपैयाँ) को सौम्य ऋण उपलब्ध गराउने भएको छ । यसको ब्याजदर वार्षिक ०.२ प्रतिशत, भुक्तानी अवधि ३० वर्ष र ग्रेस पिरियड १० वर्ष रहनेछ ।
यो ऋण नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले कार्यान्वयन गर्ने कोटेश्वर-जडीबुटी खण्डको अन्डर पास र फ्लाइओभर निर्माणका लागि हो । आयोजनाले काठमाडौँ-ललितपुर-भक्तपुर हुँदै बिपी राजमार्गको ट्राफिक प्रवाहलाई सहज बनाउने लक्ष्य राखेको छ ।
ऋण सहायतासँग सम्बन्धित नोटस् एक्सचेन्जमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायाडा तोरुले हस्ताक्षर गरेका छन् भने ऋण सम्झौतामा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा. धनिराम शर्मा र जाइका नेपाल प्रतिनिधि मिट्सुजाकी माजुकीले हस्ताक्षर गरेका थिए । कार्यक्रममा अर्थमन्त्री रामेश्वर प्रसाद खनालको पनि उपस्थिति थियो ।
मन्त्री खनालले यो आयोजना काठमाडौँको ट्राफिक जाम न्यूनीकरणमा कोशेढुङ्गा साबित हुने बताए । “यो परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा लामो समयसम्म परिवर्तन ल्याउनेछ,” उनले भने । जापानी राजदूत तोरुले दुई देशबिचको दशकौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई स्मरण गर्दै यो आयोजनाले ट्राफिक प्रणालीमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे । जाइका प्रतिनिधि माजुकीले द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाए ।
प्रेस विज्ञप्ति


श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुनार खेतीबाट दोहोरो कमाइ, विदेशबाट फर्केका युवाको नयाँ बाटो
- त्रिविको आग्रह : समस्या वार्ता र संवादबाट समाधान गरौँ, हडताल-तोडफोड नगर्नू
- सहिद दिवसमा व्यास नगर अल्ट्रा म्याराथन
- शक्तिराष्ट्रहरूले विश्व सहयोगलाई कमजोर पार्दै : गुटेर्रेस
- आजबाट राष्ट्रिय सभाको अधिवेशन
- लोपोन्मुख पुर्ख्यौली संस्कृति जोगाउन, मालिका गाउँपालिकामा ऐतिहासिक प्रतियोगिता
- बागमती प्रदेश सरकारको बजेट कार्यान्वयन कमजोर
- आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु
- फागुन २१ निर्वाचन : तनहुँमा निर्वाचन प्रहरी भर्नामा कम चासो, समय थप
- मस्कको आफ्नै बच्चाकी आमाद्वारा एक्सएआई ग्रोक विरुद्ध मुद्दा दायर