भारतको प्रसिद्ध पर्यटकीय राज्य गोवाको उत्तर गोवा जिल्लास्थित अर्पोरा गाउँमा रहेको ‘बर्च बाइ रोमियो लेन’ नाइट क्लबमा डिसेम्बर ६ तारिख राती भीषण आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । ताजा अपडेटअनुसार सबै २५ जना मृतकको पहिचान खुलिसकेको छ र पूर्ण नामावली सार्वजनिक गरिएको छ । मृतकमध्ये २० जना क्लबका कर्मचारी र ५ जना पर्यटक रहेका छन् ।
घटना शनिबार मध्यरात करिब १२ बजेतिर भएको थियो । क्लबमा ‘बॉलीवुड ब्याङ्गर नाइट’ चलिरहेको र बेली डान्स प्रदर्शनको क्रममा क्लब भित्र पटकाहरूको आतसबाजी गरिएकै बेला आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । आगो पाम पातले छाएको अस्थायी संरचनामा तीव्र गतिमा फैलिएको थियो । क्लब “ज्याम प्याक्ड” अर्थात् अत्यधिक भिडभाड थियो, डान्स फ्लोरमा मात्रै १०० भन्दा बढी व्यक्ति थिए । धेरैको मृत्यु जलेर होइन, धुवाँले निसास्सिएर भएको छ । साँगुरो बाटो र पर्याप्त एग्जिट गेट नहुँदा धेरै व्यक्ति बेसमेन्टतर्फ भागेका थिए ।

आगलागीमा ६–७ जना घाइते भएका छन्, जसमध्ये एक जनालाई ६० प्रतिशत जलेको छ । घाइतेहरूको गोवा मेडिकल कलेज तथा अस्पतालमा उपचार भइरहेको छ ।
गोवाका मुख्यमन्त्री प्रमोद सावंतले यो घटनालाई “गोवाका लागि अत्यन्त दुखद दिन” भन्दै राज्यभरका अवैध क्लबहरूको अडिट गर्न निर्देशन दिएका छन् । क्लबसँग अग्नि सुरक्षा एनओसी थिएन, भवन नियम उल्लङ्घन गरिएको थियो र यसअघि नै डेमोलिशन नोटिस जारी भएको तर केही अधिकारीले रोकेको खुलेको छ । यसै क्रममा तीन जना वरिष्ठ सरकारी अधिकारीलाई निलम्बन गरिएको छ ।
क्लबका दुई मालिक, म्यानेजर र इभेन्ट आयोजकहरूमाथि मुद्दा दर्ता गरिएको छ भने चार जना व्यवस्थापकलाई गिरफ्तार गरिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई “गहिरो दुखद” भन्दै मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति घोषणा गरेका छन् ।
यो दुर्घटनाले गोवाको पर्यटन क्षेत्रमा सुरक्षा मापदण्डको गम्भीर प्रश्न उठाएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुनार खेतीबाट दोहोरो कमाइ, विदेशबाट फर्केका युवाको नयाँ बाटो
- त्रिविको आग्रह : समस्या वार्ता र संवादबाट समाधान गरौँ, हडताल-तोडफोड नगर्नू
- सहिद दिवसमा व्यास नगर अल्ट्रा म्याराथन
- शक्तिराष्ट्रहरूले विश्व सहयोगलाई कमजोर पार्दै : गुटेर्रेस
- आजबाट राष्ट्रिय सभाको अधिवेशन
- लोपोन्मुख पुर्ख्यौली संस्कृति जोगाउन, मालिका गाउँपालिकामा ऐतिहासिक प्रतियोगिता
- बागमती प्रदेश सरकारको बजेट कार्यान्वयन कमजोर
- आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु
- फागुन २१ निर्वाचन : तनहुँमा निर्वाचन प्रहरी भर्नामा कम चासो, समय थप
- मस्कको आफ्नै बच्चाकी आमाद्वारा एक्सएआई ग्रोक विरुद्ध मुद्दा दायर