प्रधानमन्त्री सुशीला कार्कीले देशलाई लोकतान्त्रिक र संविधानसम्मत निकास दिन नेपाली जनताले देखाएको उत्साहजनक सहभागिताको उच्च प्रशंसा गर्नुभएको छ। निर्वाचन सम्पन्न भएपछि जारी गरिएको फेसबुक सन्देशमा उहाँले यसलाई नेपालको लोकतान्त्रिक यात्राको एक महत्त्वपूर्ण कोशेढुङ्गाको रूपमा चित्रण गर्नुभएको छ।
प्रधानमन्त्रीले निर्वाचन आयोगको कुशल नेतृत्वका कारण यो जटिल प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्नुभयो। साथै, अहोरात्र खटिने सुरक्षाकर्मीहरूको उच्च मनोबल र राष्ट्रप्रतिको वफादारिताले निर्वाचनलाई शान्तिपूर्ण बनाउन मुख्य भूमिका खेलेको भन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो।
आफ्नो फेसबुक सन्देशमा प्रधानमन्त्रीले लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलनका सहिदहरू, घाइते योद्धाहरू र विशेष गरी परिवर्तनको संवाहक बनेका युवाहरूको त्याग र संयमको स्मरण गर्नुभएको छ। “युवाहरूको समर्पण र समझदारीले नै आजको यो लोकतान्त्रिक अभ्यास सम्भव भएको हो,” सन्देशमा उल्लेख छ।
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने विभिन्न निकाय र पक्षहरूप्रति विशेष कृतज्ञता व्यक्त गर्नुभएको छ। उहाँले सम्माननीय राष्ट्रपतिज्यूले निर्वाह गर्नुभएको अभिभावकीय भूमिका र मार्गदर्शनको उच्च प्रशंसा गर्नुका साथै कार्यसम्पादनमा मन्त्रिपरिषद्का सदस्य र कर्मचारी प्रशासनले देखाएको लगनशीलताको सराहना गर्नुभएको छ। त्यसै गरी, निर्वाचनमा सकारात्मक प्रतिस्पर्धा र सहयोग पुर्याउने राजनीतिक दल तथा उम्मेदवारहरू, अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त साथ र समर्थन, एवं जिम्मेवारीपूर्ण रूपमा खबरदारी र सूचना प्रवाह गर्ने सञ्चार माध्यमहरूप्रति पनि उहाँले आभार प्रकट गर्नुभएको छ
प्रधानमन्त्रीले यो निर्वाचनले देशमा राजनीतिक स्थिरता सुनिश्चित गर्ने र संविधानको मर्म अनुसार देशलाई अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आधुनिकता र वैदेशिक रोजगारीले बढायो सम्बन्धविच्छेद
- पच्चीस सय वर्ष देखिको जीवन्त परम्परा : बनेपाको चण्डेश्वरी महोत्सव
- आईपीएल २०२६: कोलकाताको पहिलो जित र पन्जाबद्वारा लखनउ पराजित
- १९ अर्बको दुधकोशी पाँचौं जलविद्युत् आयोजना स्वीकृत
- आजका लागि विदेशी मुद्राको विनिमयदर
- अध्ययन बिदाको दुरुपयोग : त्रिविलाई दुई अर्ब बढीको क्षति
- जोखिमपूर्ण धौलागिरिमा वसन्तयामको पहिलो सफल आरोहण
- आइपिएल २०२६: हैदराबादद्वारा चेन्नई पराजित, दिल्लीको रोमाञ्चक जित
- मधुवा रोगले आँप उत्पादनमा ठूलो धक्का, बाँकेमा किसान निराश
- आजका लागि विदेशी मुद्राको विनिमयदर