काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शना निर्वाचित भएकी छन्। मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार दर्शनाले १५,४५५ मत प्राप्त गरिन्। उनले नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापालाई ९,०९१ को फराकिलो मतान्तरले पराजित गरेकी हुन्। थापाले ६,३६४ मत पाउँदा राप्रपाका रवीन्द्र मिश्रले ३,९७२ र एमालेका मोहन रेग्मीले १,६१८ मत प्राप्त गरे।
रञ्जुको यो जित राजनीतिमा बलियो पुनरागमन मानिएको छ। २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौंको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी उनी, २०७९ को आम निर्वाचनमा काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवार बन्दा पराजित भएकी थिइन्। विवेकशील साझा पार्टीको महासचिव भइसकेकी रञ्जु हाल रास्वपाको केन्द्रीय सदस्य हुन्। सुरुमा समानुपातिक सूचीमा रहेकी उनले असन्तुष्टि जनाएपछि पार्टीले उनलाई काठमाडौं–१ बाट प्रत्यक्षतर्फ उठाएको थियो।
नवप्रसूता अवस्थामा रहेकी रञ्जुले १० दिनको शिशु बोकेरै मतदान गर्न पुगेकी थिइन्, जसको सामाजिक सञ्जालमा निकै चर्चा भएको थियो। कलेज पढ्दादेखि नै डा. गोविन्द केसीको अभियान र विवेकशील नेपाली दलमार्फत सामाजिक-राजनीतिक मुद्दामा सक्रिय उनी, प्रतिकूल पारिवारिक र व्यक्तिगत अवस्थाका बाबजुद संसदीय यात्रा तय गर्न सफल भएकी छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- एआई नियमनका लागि प्रस्तावित संयुक्त राष्ट्रसङ्घीय ढाँचामा लोकतान्त्रिक सहभागिता र निगरानी आवश्यक
- पहेँलपुर सलकपुरमा सुन्तला र पर्यटनको दोहोरो बहार
- दोस्रो हाफमा पाँच गोल गर्दै रियल मड्रिडको सानदार जित, च्याम्पियन्स लिगमा अपराजित यात्रा कायमै
- आज महिला हिंसा उन्मूलन दिवस
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- मौसम पूर्वानुमान: आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली, बिहीबार बिहान तराईमा हुस्सु
- मेसिनले सहज बनाएको पुर्ख्यौली सीप : माटोमै भविष्य खोज्दै श्रीराम
- दमौली जानुपर्ने बाध्यताको अन्त्य, शुक्लागण्डकीबाटै करसम्बन्धी सेवा
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- देशभर आज मौसम मुख्यतया सफा, केही क्षेत्रमा आंशिक बादल