निर्वाचन आयोगद्वारा ११० समानुपातिक सांसदको नामावली सार्वजनिक

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० जना सांसदहरूको अन्तिम नामावली सोमबार सार्वजनिक गरेको छ। आयोगले ६ वटा राजनीतिक दलबाट सांसद बनेका उम्मेदवारहरूको सूची सार्वजनिक गरेसँगै नयाँ प्रतिनिधिसभाका कुल २७५ सदस्यकै टुङ्गो लागेको छ।

दलगत सिट विवरण

आयोगका अनुसार यस पटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी सिट हासिल गर्दै ऐतिहासिक सफलता हात पारेको छ। समानुपातिकतर्फका ११० सिटमध्ये ६ दलको वितरण निम्नानुसार रहेको छ:

राजनीतिक दल समानुपातिक सिट सङ्ख्या महिला सांसद सङ्ख्या
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५७ ४८
नेपाली काँग्रेस २० १५
नेकपा (एमाले) १६ १०
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)
श्रम संस्कृति पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
जम्मा ११० ८२

यससँगै प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपा कुल १८२ सिट सहित प्रतिनिधिसभाको पहिलो र सबैभन्दा ठुलो दल बनेको छ।

प्रमाणपत्र वितरण र आवश्यक प्रक्रिया

निर्वाचित सांसदहरूलाई निर्वाचन आयोगले आगामी चैत ५ गते बिहीबार बिहान ११:३० बजे आयोग परिसरमा आयोजित एक कार्यक्रमका बिच प्रमाणपत्र प्रदान गर्ने तयारी गरेको छ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूले चैत ३ गते कार्यालय समयभित्र आयोगको सचिवालयमा आवश्यक कागजातहरू बुझाउनुपर्नेछ। जसका लागि निर्वाचित सदस्यहरूले आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका साथै २ प्रति पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

सांसदहरूलाई प्रमाणपत्र ग्रहण गर्नुअघि आवश्यक कागजात सहित बिहीबार दिउँसोसम्म आयोगमा उपस्थित हुन सूचित गरिएको छ। समानुपातिकतर्फ ८२ जना महिला निर्वाचित भएसँगै संसदमा महिलाहरूको बलियो उपस्थिति सुनिश्चित भएको छ

दलगत सांसदहरूको अन्तिम नामावली

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link