मुस्ताङबाट नेपाली काँग्रेसले खोल्यो खाता: योगेश गौचन थकाली पुनः निर्वाचित

नेपाली काँग्रेसले मुस्ताङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजय हासिल गर्दै आफ्नो खाता खोलेको छ। काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका इन्द्रधारा डाडु विष्टलाई भारी मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।

निर्वाचनको अन्तिम नतिजा अनुसार योगेश गौचनले कुल ३,३०७ मत प्राप्त गरे। उनका मुख्य प्रतिस्पर्धी एमालेका विष्टले १,८०६ मत ल्याएका छन्। योगेशले विष्टलाई १,५०१ को फराकिलो मतान्तरले पछि पारेका हुन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अद्वितीयचन्द्र थकालीले ७५९ मत प्राप्त गरे भने अन्य दलका उम्मेदवारहरूले न्यून मत मात्र प्राप्त गर्न सफल भए।

#electionwithinsnews

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link