राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा सानदार जित हासिल गर्दै ‘ह्याट्रिक’ पूरा गरेका छन्। शनिबार सार्वजनिक अन्तिम मत परिणाम अनुसार लामिछानेले आफ्ना निकटतम प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गर्दै पुनः संसदको यात्रा तय गरेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस पटक लामिछानेले आफ्ना प्रतिस्पर्धीहरूको तुलनामा निकै फराकिलो अग्रता कायम गरे। मुख्य उम्मेदवारहरूले प्राप्त गरेको मत यस प्रकार छ:
| उम्मेदवार | राजनीतिक दल | प्राप्त मत |
| रवि लामिछाने | राष्ट्रिय स्वतन्त्र पार्टी | ५४,४०२ |
| मीना खरेल | नेपाली काँग्रेस | १४,५६४ |
| अस्मिन घिमिरे | नेकपा एमाले | ६,९९२ |
| प्रताप गुरुङ | नेकपा | ४,९६९ |
चितवन–२ मा कुल ८७ हजार २८ मत गणना भएको थियो। लामिछाने र उनकी निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसकी मीना खरेलबिचको मतान्तर ३९ हजार ८३८ रहेको छ। लामिछानेले प्राप्त गरेको मत काँग्रेस र एमालेका उम्मेदवारले पाएको कुल योगफलभन्दा पनि झन्डै चार गुणा बढी देखिएको छ।
लगातार तेस्रो जित: यस्तो छ चुनावी इतिहास
रवि लामिछानेले छोटो समयमै एउटै क्षेत्रबाट तीन पटक निर्वाचन जितेर दुर्लभ कीर्तिमान बनाएका छन्:
२०७९ को आम निर्वाचन: लामिछानेले ४९ हजार ३०० मतका साथ ३४ हजार २८१ मतान्तरले जित निकालेका थिए।
२०८० वैशाख (उपनिर्वाचन): नागरिकता विवादका कारण पद गुमेपछि भएको उपनिर्वाचनमा उनले ५४ हजार १७६ मत प्राप्त गर्दै ४२ हजार ९६२ को मतान्तरले जित हासिल गरे।
यस पटक ५४ हजार ४०२ मत ल्याएर उनले आफ्नो लोकप्रियतालाई थप बलियो बनाउँदै जितको ह्याट्रिक पूरा गरेका छन्।
लामिछानेले अघिल्ला निर्वाचनहरूको तुलनामा यस पटक पनि आफ्नो साख कायम राख्दै फराकिलो जित निकालेका हुन्।
लामिछानेको यो सानदार जितपछि चितवनमा रास्वपाका नेता तथा कार्यकर्ताहरूमा उत्साह छाएको छ। अहिले चितवनका विभिन्न स्थानमा रास्वपाका कार्यकर्ताहरूले विशाल विजय र्याली निकाल्ने तयारी गरिरहेका छन्
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- एआई नियमनका लागि प्रस्तावित संयुक्त राष्ट्रसङ्घीय ढाँचामा लोकतान्त्रिक सहभागिता र निगरानी आवश्यक
- पहेँलपुर सलकपुरमा सुन्तला र पर्यटनको दोहोरो बहार
- दोस्रो हाफमा पाँच गोल गर्दै रियल मड्रिडको सानदार जित, च्याम्पियन्स लिगमा अपराजित यात्रा कायमै
- आज महिला हिंसा उन्मूलन दिवस
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- मौसम पूर्वानुमान: आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली, बिहीबार बिहान तराईमा हुस्सु
- मेसिनले सहज बनाएको पुर्ख्यौली सीप : माटोमै भविष्य खोज्दै श्रीराम
- दमौली जानुपर्ने बाध्यताको अन्त्य, शुक्लागण्डकीबाटै करसम्बन्धी सेवा
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- देशभर आज मौसम मुख्यतया सफा, केही क्षेत्रमा आंशिक बादल