विभिन्न काममा ढिलासुस्ती र ठेक्का सम्झौता बमोजिम काम नगर्ने आठ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता संस्थाहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
कार्यालयले मंगलवार सार्वजनिक सूचना जारी गर्दै (हिजो) शुक्रवारको बसेको बैठकको निर्णयानुसार ती कम्पनीहरूलाई १ वर्षदेखि २ वर्षसम्मका लागि कालोसूचीमा राखिएको जनाएको छ।
विभिन्न सार्वजनिक निकायहरूबाट सिफारिस भई आएका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१)बमोजिम यो कारबाही गरिएको हो। कालोसूचीमा परेको अवधिभर यी कम्पनी तथा यिनका मुख्य व्यक्तिहरूले कुनै पनि सार्वजनिक निकायको खरिद कारबाही (ठेक्कापट्टा) मा भाग लिन नपाइने कार्यालयले जनाएको छ । 
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- वीपी राजमार्ग पुनःनिर्माणले तीव्रता: जाइकाले सुरु गर्यो बर्खेखोला–पिप्ले खण्डको काम
- काग तिहार पर्व आज: यमराजका दूत कागको पूजा
- एनपीएल आज: अपराजित लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबिच खेल
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम: पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली, बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने
- बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा ठूलो क्षति, तिहारलगत्तै पुनर्निर्माण सुरु गरिने
- हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल पार्वतीकुण्ड
- एनपीएल २०२६: लुम्बिनी र काठमाडौँको जित, आज सुदूरपश्चिम र कर्णाली भिड्दै
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम पूर्वानुमान: हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा