धनुषामा लगाइएको कर्फ्यु आज बिहान दुई घण्टाका लागि खुकुलो बनाइएको छ। आज बिहान ६ बजेदेखि ८ बजेसम्म कर्फ्यु खुकुलो बनाइएको हो।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले एक सूचना जारी गर्दै दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि बिहान दुई घण्टा कर्फ्यु खुकुलो पारिएको जानकारी दिएका छन्।
यस अवधिमा सर्वसाधारणले दूध, तरकारी, फलफूल र खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरू खरिद गर्न पाउनेछन्। प्रशासनले निर्धारित समयभित्रै सामान खरिद गरी आफ्नो निवासमा फर्कन र कर्फ्युको पूर्ण पालना गर्न सबैमा अनुरोध गरेको छ।
कर्फ्युका बेला अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध बोकेका सवारी साधनलगायतका अत्यावश्यक सेवाहरू सुचालु रहने छन्।
कर्फ्युको समयमा अत्यावश्यक सेवा नियमित सञ्चालन हुने र स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मी र रेडक्रस, तीर्थयात्री, बिरामी, एयरपोर्ट आउजाउ गर्ने व्यक्तिहरूलाई भने परिचयपत्रको आधारमा आवत जावत गर्न सक्ने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पूर्वाधार छ, बजेट छैन: ५० शय्याको प्रादेशिक आयुर्वेद चिकित्सालय जनशक्ति अभावमा साघुरियो
- भोजपुरको ‘फलाम ढुङ्गा’: प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्त्व, तर ओझेलमा
- म्याग्दीको धवलागिरि गाउँपालिकाको उदाहरणीय कदम: पोखरामै एकीकृत सेवा शिविर
- म्याग्दीमा साइबर अपराधको ग्राफ उकालो: अनलाइन ठगीबाट कसरी बच्ने?
- राष्ट्रिय सभाको बैठक आज बस्दै
- आज बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
- मनसुन अपडेट: पहिरो र बाढीको जोखिम, उच्च सतर्कता अपनाउन अपिल
- भेडेटारको ‘स्काइवाक’ नयाँ पर्यटकीय रोजाइ
- खेतीको क्षेत्रफल बढे पनि म्याग्दीमा घट्यो आलुको उत्पादकत्व
- आज राष्ट्रिय सभाको बैठक बस्दै