अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्ष २०८२र८३ मा अलैँची निर्यातबाट रु १२ अर्ब ६३ करोड ६९ लाख ७० हजार बराबरको कारोबार भएको छ।
काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आव २०८१/८२ मा यस नाकाबाट रु सात अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा निर्यात कारोबार रु चार अर्ब ९६ करोड २९ लाख ३३ हजारले वृद्धि भएको हो। प्रतिशतका आधारमा अलैँची निर्यात करिब ६४ दशमलव ६५ प्रतिशतले बढेको देखिन्छ।
कारोबारसँगै निर्यात परिमाणमा वृद्धि भएको छ। गत आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट ६३ लाख ८५ हजार ८७० किलोग्राम अलैँची निर्यात भएको छ। अघिल्लो आव २०८१/८२ मा भने ४२ लाख ९४ हजार ५५० किलोग्राम मात्रै अलैँची निर्यात भएको थियो।
काँकडभिट्टा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत माङ्कल राईका अनुसार नेपाली अलैँचीको अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै निर्यात कारोबार बढेको हो।
नेपालको पूर्वी पहाडी क्षेत्रका जिल्लामा बढी उत्पादन हुने अलैँची प्रमुख नगदे बालीमध्ये एक हो। यसको निर्यातले किसानको आम्दानी वृद्धि गर्नुका साथै मुलुकको विदेशी मुद्रा आर्जनमा समेत योगदान पुर्याउँदै आएको छ। उत्पादन वृद्धि, गुणस्तर सुधार र बजार विस्तार गर्न सके आगामी वर्षमा अलैँची निर्यात अझ बढ्ने सम्भावना रहेको भन्सार अधिकृत माङ्कल राईले बताए।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पूर्वाधार छ, बजेट छैन: ५० शय्याको प्रादेशिक आयुर्वेद चिकित्सालय जनशक्ति अभावमा साघुरियो
- भोजपुरको ‘फलाम ढुङ्गा’: प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्त्व, तर ओझेलमा
- म्याग्दीको धवलागिरि गाउँपालिकाको उदाहरणीय कदम: पोखरामै एकीकृत सेवा शिविर
- म्याग्दीमा साइबर अपराधको ग्राफ उकालो: अनलाइन ठगीबाट कसरी बच्ने?
- राष्ट्रिय सभाको बैठक आज बस्दै
- आज बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
- मनसुन अपडेट: पहिरो र बाढीको जोखिम, उच्च सतर्कता अपनाउन अपिल
- भेडेटारको ‘स्काइवाक’ नयाँ पर्यटकीय रोजाइ
- खेतीको क्षेत्रफल बढे पनि म्याग्दीमा घट्यो आलुको उत्पादकत्व
- आज राष्ट्रिय सभाको बैठक बस्दै