भोटेकोशी बाढी: खोज तथा उद्धारमा १५ सय बढी सशस्त्र प्रहरी परिचालन

रसुवाको भोटेकोशी हुँदै त्रिशुली र नारायणी नदीमा आएको बाढीबाट प्रभावितको खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि एक हजार ५०० बढी सशस्त्र प्रहरी परिचालन भएका छन्।

उक्त क्षेत्रमा विपद् प्रतिकार्य वेस स्थापना गरी खोज तथा उद्धारका लागि भत्केका संरचनामा खोज तथा उद्धार गर्ने दक्ष टोली र गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

टोलीले विभिन्न संरचना तथा जलविद्युत् परियोजनालगायत प्रभावित स्थानहरुमा सम्पर्कविहीन भएकाको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिँदै आइरहेको छ।

सशस्त्र प्रहरीबाट तालिम प्राप्त कुकुर र छ वटा ड्रोन समेत परिचालन गरिएको छ। परिचालित सो टोलीले लोकेट गरिएको १२ स्थानबाट ९८ वटा शव, ३० जना घाइते तथा ७३ जनाको समेत सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

बाढीमा घाइते भएकाका लागि तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाउन सशस्त्र प्रहरीको चिकित्सकसहितको टोलीले नुवाकोटमा स्वास्थ्य शिविर स्थापना गरी स्वास्थ्य सेवाको कार्य सञ्चालन गरेको छ। बाढीमा परेकाहरुको तत्काल उपचारका लागि नेपाल एपिएफ अस्पतालमा १०० वटा वेडहरु समेत खाली राखिएको छ।

त्यस्तै सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा १०० वटा वेड क्षमतासहितको कन्टेनर बाढी प्रभावित क्षेत्रहरुमा तत्काल पु¥याउने कार्य समेत भइरहेको छ। साथै अन्य क्षेत्रमा रहेका कन्टेनरसमेत बाढी प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गरिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link