हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराईको भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
आज राति मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका सबै भू-भागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मकै र कोदो जोगाउन मुस्किल परेपछि भोजपुरका किसानले अपनाए अदुवा खेतीको विकल्प
- एनपिएलले जन्माएका नयाँ स्टार: ‘गोल्डेन क्याप’को दौडमा राहुल यादव, ब्याटिङमा लोकेश बमको दबदबा
- एनपीएल २०२६: आज चितवन र कर्णाली तथा काठमाण्डु र पोखरा भिड्दै
- छठको रौनक: आज अस्ताउँदो सूर्यको आराधना गरिँदै
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- जङ्गली हात्तीको आतंक रोक्न बाहुनडाँगीमा नयाँ विद्युतीय तारबारको माग
- एनपिएलको २०२६: २६औँ खेलमा आज विराटनगर र लुम्बिनी भिड्दै
- एनपिएल २०२६: हिजोको खेलमा सुदूरपश्चिम र चितवनको जित
- आज विश्व मधुमेह दिवस: स्वस्थ जीवनशैली र नियमित परीक्षणमा जोड
- आजको लागि विदेशी मुद्राको विनिमय दर