सौहार्दता मानवको सामाजिक जीवनका निम्ती अपरिहार्य आवश्यकता हो। सौहार्दताको अभावमा वैमनस्य र अपराध वृद्धि हुन्छ। अपराध नियन्त्रणमा महत्त्वपूर्ण मुख्य तीन पक्षहरू रहेका हुन्छन्। पहिलो आचार, दोस्रो धर्म, र तेस्रो कानून। यस आलेख भित्र यिनै विषयलाई केन्द्र मानेर चर्चा गरिएको छ।
सामाजिक नियन्त्रणमा सदाचार
‘पिउने पानीको श्रोत धारा, कुवा इनार र खोलाको वरिपरि दिसा पिसाब गर्नु हुँदैन नाग लाग्छ वा सिमे, भूमे लाग्छ, मानिसको पिसाब फेर्ने अंग सुनिन्छ र घाउ हुन्छ।’, ‘बाटोमा पिसाब फेर्ने मानिसलाई आगो ताप्दा धुवाँको मुस्लो उसको अनुहारतिर सोझिन्छ।’, ‘बाटो हग्नेको गुदद्वारमा घाउ हुन्छ। बाटोमा थुक्नु, खकार्नु हुँदैन।’, ‘बाटोमा काँडा छर्नु हुँदैन।’, ‘सजाय दिनुपरे टाउकामा पिट्नु हुँदैन।’, ‘ढाँटेको कुरा काटे मिल्दैन।’, ‘पाप धुरीबाट कराउँछ।’, ‘अरुलाई दुख दिने मानिस पापी हो।’, ‘शरणको मरण नगर्नु।’, ‘श्रीमान् श्रीमती भन्दा बाहिरका व्यक्तिहरू सँग यौन आसयमा प्रस्तुत हुनु र जबरजस्ती गर्नु एवं व्यभिचार गर्नु पाप हो।’, ‘बालबालिकालाई माया गर्नु पर्छ, वृद्धवृद्धालाई सम्मान गर्नु पर्दछ।’, ‘निर्धालाई हेप्नु हुँदैन दया गर्नुपर्छ।’, ‘छिमेकी भनेको मर्दाको मलामी जिउँदाको जन्ती हो।’, ‘कायिक (फिजिकल) वाचिक (भर्वल) र मानसिक (मेन्टल) हिंसा गर्नु पाप हो।’, ‘मूर्ख मित्रु भन्दा विद्वान् शत्रु हितकारी हुन्छ’ आदि।
माथि उल्लिखित उक्ति आचार वा सामाजिक सदाचार, नैतिक मूल्य मान्यता, मर्यादा, कर्तव्य, आत्मानुशासन, र जीवन हितमा सम्बन्धित छन्। वर्तमानमा आइपुगेका आधुनिक समाजमा यस्ता थुप्रै सदाचारहरू धार्मिक, स्मृति तथा आचारिक ग्रन्थहरू मा अभिलेख समेत भएको पाइन्छ, जस्तो :
प्रकीणं भाजनं यत्र भिन्नभाण्डमथासनम्।
योषितश्चैव हन्यन्ते कश्मलोपहते गृहे।।
देवता: पितरश्चैव उत्सवे पर्वणीषु वा,
निराशा: प्रतिगच्छिन्ति कश्मलोपहताद् गृहात् (महाभारत अनुशासन पर्व)।
अर्थात् ‘जसको घरमा भाँडाकुँडा यत्रतत्र छरिएका छन्, फुटेका भाँडाकुँडा छन्, च्यातिएको वा फुटेको आसन छ, स्त्रीहरू प्रताडित हुन्छन् त्यो घर पापका कारणले दूषित हुन्छ। त्यस घरमा गरिएको पूजा देवता र पितृले स्वीकार गर्दैनन्’। यसरी आचार र नैतिक मूल्य एवं मान्यताहरू अभिलेखन हुँदा त्यो दीर्घजीवी हुनुका साथै ठूलो वृत्तमा पनि पुग्ने गर्दछ। अहिले पनि लोकमा प्रचलित सबै आचारहरू शास्त्रहरूमा नसमेटिएका मात्र हैन शास्त्रमा समेटिएका आचारहरूको संख्या लोकमा प्रचलित भन्दा न्यून आकारको हुनु पर्दछ भनी अनुमान गर्न सकिन्छ।
हाम्रो समाज भौगोलिक, जातीय, सांस्कृतिक, धार्मिक लगायतका दृष्टिबाट हेर्दा बहुलतामा आधारित समाज भएको हुँदा यस्ता लोकाचार, नैतिकता, र सामाजिक सदाचारहरू पनि तद्नुरूप सापेक्ष छन्। नेपाल ५ वटा भाषा परिवारका गरी जम्मा १२३ भाषाभाषी र करिब १२६ जाति जनजातिहरू बसोबास गर्ने साझा घर हो। त्यसैगरी नेपाली समाजलाई मूलत: सवर्ण (हिन्दु वर्ण व्यवस्थाभित्र पर्ने), असवर्ण (जनजातीय) र धार्मिक अल्पसङ्ख्यक (मूलत: इस्लाम) गरी तीन हिस्सामा वर्गीकृत गरेर हेर्न सकिन्छ। कतिपय धार्मिक सम्प्रदायहरू नेपालको सन्दर्भमा नवीन छन् र यहाँका परम्परागत संस्कृतिमा हिस्सेदार भइसकेका छैनन्। यसरी हेर्दा दक्षिण एसियाली र नेपाली समाजको समेत हिस्सा भएका हिन्दु वैदिक सनातन, बौद्ध र इस्लाम वाङ्मय भित्र कतिपय आचार वा लोकाचार, सामाजिक सदाचार एवं नैतिक मूल्य र मान्यताका विषयवस्तुहरू अभिलेख भएका हुन सक्छन्।
ती जातजाति एवं संस्कृतिहरू जो मूल धार्मिक प्रवाह भन्दा बाहिर छन् र मौलिक पनि छन् उनीहरू भित्र सदियौँदेखि प्रचलित एवं पुस्ताहरूमा स्मृत्यान्तरण हुँदै आएका आचार र नैतिक मूल्यमान्यताको अनुसन्धान भएको छैन। भाषा र संस्कृतिको वैविध्य भएको यो भूमिमा हरेक संस्कृति भित्र निहित धर्म, आचार, कानून, नैतिक मूल्य र मान्यताहरूका केही साझा र केही विशिष्ट वा मौलिक पक्षहरू हुने नै गर्दछन्। यस्ता समाजको संस्कृति, लोक जीवन, लोक दर्शन भित्र सामाजिक र मानवीय मर्यादा, नैतिक मूल्य र मान्यता आचार वा सदाचार एकातिर अरु समुदायहरूसँग मिल्ने हुने गर्दछन् भने अर्कातिर आफ्नै मौलिक प्रकृतिका पनि रहेका हुन्छन्। अहिलेसम्म हाम्रो समाजको लोक श्रुति र स्मृतिमा रहेका आचार र नैतिक मूल्य मान्यताहरू स्मृत्यान्तरण हुँदै आए तापनि त्यसको सर्वेक्षण र अभिलेखन हुन सकेको छैन।
मानिसको सामाजिक जीवनलाई सङ्गठित, मर्यादित, र व्यवस्थित बनाउनका निम्ति समाजले मूलत: कानून, आचार र धर्म अपनाएको देखिन्छ। यद्यपि धर्म, कानून र आचार जस्ता पक्ष पनि वर्गीयता, जातीयता, लैंगिकता, राष्ट्रियता जस्ता पक्षहरू बाट हेर्दा सम्पूर्णरूपमा निरपेक्ष भने हुँदैनन्। हाम्रो सामाजिक आचार वा सामाजिक सदाचारको अधिकांश हिस्सा भने निरपेक्षरूपमा मानवहिततर्फ केन्द्रित भएको देखिन्छ। यो लेखकको तात्पर्य भनेको यस्ता आचारहरूको अनुसन्धान र अभिलेखन गरी सर्वव्यापी र बृहत्तर मानवहितका निम्ति उपयोगी हुने समान र मौलिक आचार एवं मूल्य मान्यताहरूलाई वर्तमानको बहुजातीय एवं मिश्रित समाजमा व्यवस्थित ढंगबाट पुन: प्रचलित गराइनु पर्दछ। जुन हरेक परिवार र राज्यद्वारा प्रवर्द्धित पाठ्यक्रमको हिस्सा बन्न सक्दछ।
परम्परागतरूपमा धर्मको स्थान
मेसिनको युगको सुरुवात भएसँगै हाम्रो संस्कृतिमा व्यापक परिवर्तन हुन थाल्यो। संस्कृतिमा परिवर्तन हुनु भनेको धर्म, आचार वा नैतिकता र कानूनमा पनि स्वत: परिवर्तन हुनु हो। आधुनिक समाजमा धर्म, आचार वा नैतिकता र कानूनलाई अलगअलग तवरले परिभाषित गरिए तापनि परम्परागत सरल समाजमा धर्मको परिभाषा गर्दा सो भित्र आचार वा नैतिकता र कानून पनि स्वत: धर्मका रूपमा पर्दथे। अहिले आएर सामान्य रूपमा हामीले धर्मलाई बुझ्दा अधिभौतिक वा अलौकिक शक्ति माथिको विश्वास, आराधना उपासना र प्रार्थना, पवित्रता र अपवित्रताको धारणा, निषेध वा वर्जनीय, भक्ति वा भावनात्मक लगावका अन्तरवस्तुहरूको समुच्चयका रूपमा बुझ्ने गरिन्छ। अझ धर्मलाई अधिभौतिक वा अलौकिक शक्ति माथिको भय र श्रद्धाको द्वन्द्वात्मक सन्तुलनका रूपमा पनि हेर्ने गरिन्छ। यस्ता शक्तिप्रतिको असीमित भक्ति र श्रद्धाले इहलौकिक कल्याण एवं परलौकिक मोक्ष प्रदान गर्दछ भन्ने धार्मिक विश्वास हो।
वैदिक सनातन धारमा धर्मका १० वटा लक्षणहरू हुन्छन् भनिएको छ। जस्तो धृति: क्षमा दमोऽस्तेयं शौच मिन्द्रियनिग्रह:। धीर्विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम् ‘धृति: अर्थात् धैर्य वा धारण शक्ति, क्षमा, दम (आत्म संयम), अस्तेय (चोरी नगर्नु), शौच (देह र चित्त शुद्धि), इन्द्रिह निग्रह (इन्द्रिय नियन्त्रण), बुद्धि, विद्या, सत्य, अक्रोध’। यसका अतिरिक्त धर्मलाई अभिव्यक्त गर्न अर्को श्लोक जनप्रिय छ। जुन हो: अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम्। परोपकार: पुण्याय पापाय परपीडनम्।। अर्थात् वेदव्याशले अठार पुराण लेख्दा केवल २ वटा कुरा मात्र भनेका छन् त्यो हो ‘परोपकार पुण्य हो भने अरुलाई पीडा दिनु पाप हो।’ यी परिभाषाहरूले धर्मका विषयवस्तु, लक्षण र अन्तर्वस्तु देखाएका छन् भने कुलधर्म, जातधर्म, लोकधर्म, पतिधर्म, मातृधर्म, पत्नीधर्म भनेर यसका केही विशिष्ट पक्षहरू तर्फ पनि इंगित गरिएको देखिन्छ।
दक्षिण एसियाली प्रायद्वीप भित्रको हिन्दु वैदिक सनातन धारमा धर्मका १० वटा लक्षणहरू हुन्छन् भनिएको छ। जस्तो धृति: क्षमा दमोऽस्तेयं शौच मिन्द्रियनिग्रह:। धीर्विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम् ‘धृति: अर्थात् धैर्य वा धारण शक्ति, क्षमा, दम (आत्म संयम), अस्तेय (चोरी नगर्नु), शौच (देह र चित्त शुद्धि), इन्द्रिह निग्रह (इन्द्रिय नियन्त्रण), बुद्धि, विद्या, सत्य, अक्रोध’। यसका अतिरिक्त धर्मलाई अभिव्यक्त गर्न अर्को श्लोक जनप्रिय छ। जुन हो: अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम्। परोपकार: पुण्याय पापाय परपीडनम्।। अर्थात् वेदव्याशले अठार पुराण लेख्दा केवल २ वटा कुरा मात्र भनेका छन् त्यो हो ‘परोपकार पुण्य हो भने अरुलाई पीडा दिनु पाप हो।’ यी परिभाषाहरूले धर्मका विषयवस्तु, लक्षण र अन्तर्वस्तु देखाएका छन् भने कुलधर्म, जातधर्म, लोकधर्म, पतिधर्म, मातृधर्म, पत्नीधर्म भनेर यसका केही विशिष्ट पक्षहरू तर्फ पनि इंगित गरिएको देखिन्छ।
अङ्ग्रेजीमा धर्मलाई religion (रिलिजन) भनिन्छ र एड्भान्स इङ्लिस डिक्स्नरीले ‘मानव प्रारब्ध (नियति) लाई नियन्त्रण गर्ने अधिभौतिक विश्वास’ भनी धर्मलाई परिभाषित गरेको छ। धर्मलाई विचार गर्दा यसका विषयवस्तु (कन्टेन्ट)हरू का साथै यसका पद्धति (प्रोसेस), स्वरूप (फर्म), र सन्दर्भ (कन्टेक्स्ट) पनि सँगै हुने गर्दछन्। यसरी हेर्दा रिलिजनको मुख्य अन्तरवस्तु अधिभौतिक वा अलौकिक शक्ति माथिको विश्वास हो भने हाम्रो सन्दर्भमा धर्मको मुख्य अन्तरवस्तुमा आचार, कानून, नीति, कर्तव्य, पवित्रता, प्रकृति वा स्वभाव, मूल गूण, रीति, यज्ञ, सत्संग र भक्ति आदि पक्षहरू को समुच्चय हो (२००१,आप्टे)। यस अर्थमा धर्म शब्दको अङ्ग्रेजी अनुवाद रिलिजन मेल खाने देखिदैन। अङ्ग्रेजी रिलिजन अधिभौतिक वा अलौकिक जीव माथिको विश्वासका रूपमा रहँदा यता धर्मको भने परलौकिक पक्ष थोरै भएर इहलौकिक पक्ष धेरै रहेको छ। यसर्थ हाम्रो सन्दर्भको धर्म पश्चिमी रिलिजनसँग मेलखाने देखिँदैन।
हाम्रो सन्दर्भमा धर्म मानव समाजलाई स्वतन्त्रता र नियन्त्रणको द्वन्द्वात्मक सन्तुलनमा राख्ने एक प्रमुख प्राधिकरण बन्न पुगेको छ। यसका मानसिक (साइकोलोजिकल) दैहिक (फिजिकल) र सामाजिक (सोसियल) पक्षहरू छन्। धर्मलाई मानिसले इहलौकिक र परलौकिक कल्याणका निम्ति ईश्वरीय श्रद्धा र भयको मनोवैज्ञानिक विचार प्रणालीमा जोड्ने गरेका छन्। स्वर्ग सुख र नर्कको पीडा वा दण्डका अवधारणाहरू समाजलाई अनुशासनमा राख्न बनाइएको थियो। कुनै देशको केन्द्रबाट हजारौं माइल टाढा अवस्थित अलग्गिएका गाउँका बासिन्दाहरू समेत विना प्रहरी, विना सैन्य उपस्थिति धर्मको लामो तर अदृश्य लगामबाट खैँचिएका थिए। राज्यको उपस्थिति र पहुँच छैन तर जनताहरू अनुशासित छन्, उनीहरू एकै खाले देवता पुज्छन्, एकै प्रकारले सोच्छन् र आफूलाई एउटै राज्यका प्रजाको रूपमा सोच्ने गर्दछन्, चाहे त्यो पहाडको वारी वा नदीका पारीको बसोबास किन नहोस्।
मानवको उद्भव र विकासका क्रममा हजारौं हजार वर्षदेखि गरिएको निरन्तर अभ्यास र अनुभवका आधारमा आधारभूतरूपमा मानिसको सामाजिक जीवनलाई सुखी बनाउनका निम्ति पहिले श्रुति र स्मृति अनिपछि अभिलिखित ‘परोपकार पुण्य र परपीडा पाप हो’ भन्ने धार्मिक मान्यता स्थापित गरिएको थियो। हाम्रो सन्दर्भमा धर्मलाई यसरी लोकको हितका रूपमा परिभाषित गरिएको थियो र अझ भनिएको थियो ‘आचार: प्रथमो धर्म:’ अर्थात् ‘आचार नै पहिलो धर्म हो’ तर समय क्रममा धर्मको लोक हितको पक्षलाई परलौकिकतातर्फ जोड दिँदै लगियो। अझ वर्ग, जाति, लिङ्ग, क्षेत्र लगायतको निरपेक्षता र मानवीय कल्याणका स्थानमा शास्त्र निर्माता प्रभुत्वशाली वर्गका मानिसहरूले आफ्नो वर्ग, जाति, क्षेत्र, उमेर, लिङ्ग सापेक्षतामा कैयौं पुलिन्दाहरू थप गर्दै शोषणको जाल बुन्न पुगे। कतिपय स्थानमा त के देखिन्छ भने ‘वास्तविक धर्म नभएर धर्मको वृक्षमा पलाएको रुढिवादको ऐंजेरु चै धर्म हो।’
टुट्दो धार्मिक नियन्त्रण
यसअघिका समाजहरू धर्मका आधारमा नियन्त्रित र शासित थिए। अझ हाम्रो सन्दर्भमा धर्म भनेकै आचार, कानून, नीति, कर्तव्य, पवित्रता, प्रकृति वा स्वभाव, मूल गुण, रीति, यज्ञ, सत्सङ्ग, ईश्वर प्रतिको विश्वास, र भक्ति जस्ता धेरै पक्षहरू निहित भएको कारणले मानिसको भौतिक र आध्यात्मिक, इहलौकिक तथा परलौकिक कल्याणका निम्ति एक उपयोगी प्राधिकरण थियो।
आज विज्ञान र प्रविधिको विकासले मानिसको चिन्तन प्रणालीमा तर्क र प्रमाणको स्थान निर्णायक बन्न पुग्यो। डुङ्गा र पानीजहाजको आविष्कार गरेर अर्को द्विप पुगेको मानिसले आफ्नो र अरुको ईश्वरबारे तुलना गर्न थाले। ईश्वरलाई पनि परोपकार र परपीडको कसीबाट हेर्न थाले। न्याय र अन्याय छुट्याउन थाले। मानिसलाई जन्माउने ईश्वर र मानिसले जन्माएको ईश्वर बीच तुलना गर्नथाले। सुपरसोनिक जहाज र स्पेसक्राफ्ट लिएर हिँड्दा स्वर्ग र नर्कको खोजी गर्न थाले तर भेटेनन् !
समग्रमा भन्नु पर्दा अलौकिक शक्तिलाई केन्द्रमा राखेर सो माथिको भय र श्रद्धाले गरिएको सामाजिक नियन्त्रण ह्वात्तै खुकुलो हुँदै गयो। मानिस अराजक बन्दै गए। धर्ममा युगीन परिवर्तन भएन। ईश्वरको मुखबाट बोलिएको बताइने धर्मशास्त्रहरू परिमार्जन गर्न पुन: ईश्वरको अवतार भएन ! फलतः‘उइलेका कुरा खुइलिए’ भनेर युवा पुस्ताले प्रतिवाद गर्न थाले। धार्मिक सम्प्रदाय र समाज पनि निरपेक्ष भए। धर्मको नाममा एउटा सम्प्रदायले गर्ने विधिविधान र कतिपय रुढिवाद नमान्न युवा पुस्ताले हाँक दिइरहेका छन्।
समय र दूरी नाघेर द्रुतगामी बन्न पुगेको मानिसले असाध्य रोगको पहिचान र नियन्त्रणमा पाएको सफलता, भौतिक सुविधाहरूको व्यापकता र कयौं रहस्यहरूको उद्घाटनसँगै ईश्वरप्रतिको संशय बढाउँदै लग्यो। फलतः यमदूतहरूको चुटाइ, तातो तेलको कराहीमा चोब्ने र निकाल्ने, शरीरमा यमदूतले आरा काट्ने जस्ता नर्कका यातनाहरू हावादारी कुरा हुन् भन्ने धारणा बनाउन थाले। प्राकृतिक प्रकोप र महाँविनासका घडीमा आफूले हजारौँ बार प्रार्थना गरिएको ईश्वर पनि निरिह बनेको देख्न थाल्यो। समग्रमा भन्नु पर्दा अलौकिक शक्तिलाई केन्द्रमा राखेर सो माथिको भय र श्रद्धाले गरिएको सामाजिक नियन्त्रण ह्वात्तै खुकुलो हुँदै गयो। मानिस अराजक बन्दै गए। धर्ममा युगीन परिवर्तन भएन। ईश्वरको मुखबाट बोलिएको बताइने धर्मशास्त्रहरू परिमार्जन गर्न पुन: ईश्वरको अवतार भएन ! फलतः‘उइलेका कुरा खुइलिए’ भनेर युवा पुस्ताले प्रतिवाद गर्न थाले। धार्मिक सम्प्रदाय र समाज पनि निरपेक्ष भए। धर्मको नाममा एउटा सम्प्रदायले गर्ने विधिविधान र कतिपय रुढिवाद नमान्न युवा पुस्ताले हाँक दिइरहेका छन्।
अपर्याप्त कानून
अर्कापट्टि धर्मको हाँगोको रूपमा विकसित बन्न थालेको कानूनले धार्मिक नियन्त्रणको विकल्पका रूपमा काम गर्न सक्ने अवस्थामा पुगेको छैन। अहिले पनि निश्चित प्रकृतिका अपराध नियन्त्रणका लागि कानून बनेकै छैन, बनेको कानूनले काम गर्न नसकेको हुँदा यसको कार्यन्वयन गर्नुछ भने अर्को सुधार गरेर कार्यन्वयन योग्य बनाउनु छ। यो अवस्थामा हिजो धर्म नि:शुल्करूपमा, बिना सैनिक, विना कर्मचारी हजारौं किलोमिटर टाढाको अलगथलग भएका समाजहरूलाई पनि सामाजिक नियन्त्रणको लगाममा आफू अनुकुल हिँडाउन सफल भएको धर्मको स्थान लिन अहिलेको कानून अझै कलिलै छ। थप कुरा त मानिसलाई अनुशासनमा राख्नका निम्ति चाहिने ससाना स्वरूपका स्वअनुसाशन, आचार र नैतिकताका कुराहरू कानून भित्र अटाउने सम्भावना नै छैन। यो अवस्थामा कानूनले समग्र मानव समाजलाई एकताबद्ध र नियन्त्रित रूपमा राख्न सम्भव हुने देखिदैन।
गति र सामाजिक परिवर्तन
पहिले पैदल हिँडेर मैदानको लम्पट वा पहाडको चुचुरो नाघ्दा लखतरान पर्ने मानिस आज स्पेसक्राफ्टमा चढेर प्रतिघण्टा करिब १७,५०० माइलको गतिमा अन्तरिक्ष यात्रामा हुँइकिएको छ र लाग्छ चाँडै नै उसले मङ्गल ग्रहको सतहमा आफ्ना पाइला राख्ने छ। यो गतिलाई लाक्षणिक रूपमा चित्रण गर्दा प्रागैतिहासिक र पुरातन कालीन मानवको त के कुरा हिजोसम्मका आधुनिक मानवसमेत गतिको यो तीव्रता भन्दा धेरै पर थिए। प्रकृतिमा तीव्रगामी खोलाले काट्ने ओसार्ने र थुपार्ने जस्ता कार्य गर्दा भूआकृतिमा आउने परिवर्तन जस्तै समाजमा पनि पनि ध्वंस र निर्माणका विपरीत प्रक्रियाहरू चलिरहेका हुन्छन्। हिजो अग्ला पहाड र लहरिँदो सागरका पारिपिट्ट लुकेका गाउँ समाज मात्र हैन वर्तमान युगकै हिस्सा भएर पनि सभ्यताको ओझेलमा परेका समाजदेखि दुनियाँका अत्याधुनिक समाज समेत एकैठाउँमा जोडिने क्रमले आज वैश्विक वा भूमण्डलीकृत समाजको निर्माण भइरहेको छ।
तल्तिर गङ्गाको मैदानमा युरोपबाट भित्रिएर मोटरगाडी र रेल नचल्दासम्म गङ्गावारी र हिमालय दक्षिण क्षेत्रको हाम्रो परम्परागत समाजको परिवर्तनको गति कछुवाको जस्तै मन्द थियो। नेपालमा आग्नेयाली, कुशुन्डा, द्रबिडेली, भारोपेली र भोटबर्मेली गरी जम्मा पाँच परिवारका भाषा बोल्ने जातीहरूको बसोबास आफ्नो परम्परागत भिन्न भौगोलिक इलाकामा केन्द्रित हुनुका साथै उनीहरूको संस्कृति मौलिक थियो। यहाँ संस्कृति भन्नाले ‘त्यो जटिल सम्पूर्णता जसमा ज्ञान, विश्वास, कला, कानून, नैतिकता, रीतिरिवाज, र समाजको सदस्यको रूप मा मानिसद्वारा प्राप्त कुनै पनि अन्य क्षमता र बानीहरू’ टायलर (१८७१), बमोजिम परिभाषित गरिएको छ। यसरी हरेक जाति तथा जातीय उपसमूहको संस्कृति धेर थोर रूपमा स्थिर हुने गर्दथ्यो र मेसिनको युगअघि हरेक स्थानको परिवर्तनको गति तुलनात्मकरूपमा मन्द नै हुन्थ्यो।
बढ्दो अपराध
फलतः टुट्दो धर्म, अपर्याप्त कानून र विशृंखलित आचारका कारण समाजमा अपराध बढ्दो छ। नेपालमा दिनहुँजसो हत्या, हिंसा, बलात्कार, चोरी, डकैती, लागूऔषध कारोबार, भ्रष्टाचार, घुसखोरी, जस्ता घटनाहरूको वृद्धि भइरहेको छ। कारागार व्यवस्था विभाग (२०७९) को श्रावण महिनाको तथ्याङ्क अनुसार नेपालका ७२ जिल्लामा जम्मा ७४ वटा कारागारहरू रहेका छन्। नेपालमा महिला १४२१ र पुरुष २५,३०० गरी जम्मा २६,७२१ कैदी बन्दीहरू कारागार भित्र रहेका छन्। कारागारमा रहेका विदेशी कैदी बन्दीहरू १३५८, नाबालकहरू ४० रहेका छन् भने बालसुधार गृहमा रहेका बालक १०६० र बालिका ३१ रहेका छन्।
हाल जेलमा रहेका कैदीबन्दीको सङ्ख्यामा सबै भन्दा धेरै करिब २८ प्रतिशत जबरजस्ती करणीका आरोपीहरू रहेका छन्। यसपछि क्रमश: कर्तव्य ज्यान, लागूऔषध कारोबार, डाँकाचोरी, सबारी ज्यान, र बहुविवाहका रहेका छन्। यसका अतिरिक्त यो आलेखमा हिरासतमा रहेका बन्दीहरूको सङ्ख्या उल्लेख छैन, जुन हजारौँ हुन सक्दछ। कानूनको द्वन्द्वमा आई अनुसन्धान भइरहेका व्यक्तिहरूको संख्या अरु थपिने छ। हालसम्म निर्मित र प्रयोगमा आएका ७४ वटा कारागार निर्माण र सञ्चालन खर्चको अतिरिक्त प्रत्येक कैदी बन्दीलाई दिनको ७०० ग्राम चामल र रू. ६०, दशैँ खर्च रु ३०० र २५०० देखि ४५०० सम्म एक पटकमा गरी वर्षमा २ पटक कपडा लगायत शिक्षा, स्वास्थ्य, मनोरञ्जन र अन्य साना खर्च र नाबालकका लागि छुट्टै व्यवस्था छ।
हाल जेलमा रहेका कैदीबन्दीको सङ्ख्यामा सबै भन्दा धेरै करिब २८ प्रतिशत जबरजस्ती करणीका आरोपीहरू रहेका छन्। यसपछि क्रमश: कर्तव्य ज्यान, लागूऔषध कारोबार, डाँकाचोरी, सबारी ज्यान, र बहुविवाहका रहेका छन्। यसका अतिरिक्त यो आलेखमा हिरासतमा रहेका बन्दीहरूको सङ्ख्या उल्लेख छैन, जुन हजारौँ हुन सक्दछ। कानूनको द्वन्द्वमा आई अनुसन्धान भइरहेका व्यक्तिहरूको संख्या अरु थपिने छ। हालसम्म निर्मित र प्रयोगमा आएका ७४ वटा कारागार निर्माण र सञ्चालन खर्चको अतिरिक्त प्रत्येक कैदी बन्दीलाई दिनको ७०० ग्राम चामल र रू. ६०, दशैँ खर्च रु ३०० र २५०० देखि ४५०० सम्म एक पटकमा गरी वर्षमा २ पटक कपडा लगायत शिक्षा, स्वास्थ्य, मनोरञ्जन र अन्य साना खर्च र नाबालकका लागि छुट्टै व्यवस्था छ।
माथि उल्लेखित जेल निर्माण र व्यवस्थापन तथा कैदीबन्दीको खर्च राज्यले ब्यहोर्नु परिरहेको छ। उर्वर उमेरका उम्दा युवाहरू करणी, र लागूऔषध, चोरी डकैती जस्ता मुद्दामा जेलमा छन्। उनीहरू माथि राज्यले लगानी गरी पाल्नु परेको छ। राज्य फेरि पनि हाम्रै भएको हुँदा हाम्रो कर उनीहरूका लागि लगानी गर्नु परेको छ। समाजमा बढ्दो अपराध र अपराध नियन्त्रणका नाममा राज्यले गर्नुपर्ने खर्च सारा समाजकै टाउको दुखाइको विषय बन्न पुगेको छ। राज्यको दायित्व एकातिर छ भने अर्कातिर पीडित आफैँ र पीडित तथा पीडकका परिवार र आफन्तजनहरूले बेहोर्नु पर्ने भौतिक, मनोवैज्ञानिक सामाजिक क्षतिको त कुनै लेखाजोखा हुन सक्दैन। यसर्थ अब प्रहरी, हिरासत, जेल र न्यायालयको क्षेत्रमा गर्ने लगानी राज्यले आचार र नैतिक मूल्य मान्यता प्रवर्द्धनमा लगाउनु पर्ने बेला आएको छ।
आचारिक शिक्षाको प्रवर्द्धन आजको आवश्यकता
धर्मले लोक र जीवनको पाटो भन्दा पनि मृत्युपछिको परलोकको पाटोलाई जोड दियो। यसले रुढिवाद भित्र्यायो र विज्ञानको विरोधी भयो, छुवाछुत प्रवर्द्धन गर्यो, नयाँ सन्दर्भमा आफूलाई प्रगतिशील रूपान्तरण गर्न सकेन। धार्मिक सम्प्रदायहरूले उदात्त मानवता भन्दा पनि निश्चित वस्त्र पहिरन, टीका, भाषा र उपासनाका तौर तरिकाहरू भित्र्याएर र मानिसलाई ससाना टुकडीमा बाँड्दै समाजको एकतालाई पनि छिन्न भिन्न पारिदिए। यस्तो भयो कि अब कुनै एउटै धर्मले एउटा राष्ट्रलाई एकताको सूत्रमा बाँध्नै नसक्ने भयो।
समाज बहुजातीय र बहुराष्ट्रिय बन्दै गएको परिप्रेक्षमा परम्परागतरूपमा रहेको धर्मको नियन्त्रण टुट्दै गयो। धर्मले लोक र जीवनको पाटो भन्दा पनि मृत्युपछिको परलोकको पाटोलाई जोड दियो। यसले रुढिवाद भित्र्यायो र विज्ञानको विरोधी भयो, छुवाछुत प्रवर्द्धन गर्यो, नयाँ सन्दर्भमा आफूलाई प्रगतिशील रूपान्तरण गर्न सकेन। धार्मिक सम्प्रदायहरूले उदात्त मानवता भन्दा पनि निश्चित वस्त्र पहिरन, टीका, भाषा र उपासनाका तौर तरिकाहरू भित्र्याएर र मानिसलाई ससाना टुकडीमा बाँड्दै समाजको एकतालाई पनि छिन्न भिन्न पारिदिए। यस्तो भयो कि अब कुनै एउटै धर्मले एउटा राष्ट्रलाई एकताको सूत्रमा बाँध्नै नसक्ने भयो। अर्कापट्टि समाजमा कानूनको नियन्त्रण कानून विहीनता, अपर्याप्तता र कतिपय सन्दर्भमा प्रयोजनविहीन बन्न पुग्यो। राष्ट्रलाई नियन्त्रण र स्वतन्त्रता प्रदान गर्ने सबै भन्दा बलियो माध्यम कानुन नै हो तर यो पर्याप्त छैन र यसले समाजलाई पूरै एकतामा राख्ने व्यापकता हुन सक्ने देखिएन।
धर्म र कानूनको सीमित उपस्थितिमा राष्ट्रव्यापी र हरेक समाजमा व्याप्त भनेको आचार वा नैतिक मूल्य र मान्यता नै हो। यो यति व्यापक छ कि कुनै व्यक्ति बिहान उठेदेखि राती अबेर सुत्दासम्म र जन्मदेखि मृत्यु पर्यन्तका आचारहरू व्याप्त छन् तर नयाँ शिक्षा योजनाका नाममा हामीले भित्र्याएको औपनिवेशिक शिक्षाले हाम्रो समाजको परम्परागत सदाचार र मूल्यमान्यतालाई नराम्ररी भत्काएको छ। यो अवस्थामा राज्यले आचार (सदाचार) नैतिक मूल्य र मान्यता स्थापनाका लागि कार्ययोजना ल्याउनुपर्छ। हरेक जाति र जातीय समुदायको लोक जीवन भित्र रहका लोकाचार, कर्तव्य, अनुशासन एवं नैतिक मूल्य मान्यताहरूको खोज, अनुसन्धान र अभिलेखन गरी मानव अधिकार र मानवीयताको प्रवर्द्धन हुने खालको राष्ट्रिय आचार शिक्षा अनिवार्यरूपमा प्रवर्द्धन गर्नु पर्दछ।
तर यो कुनै एउटा बर्चश्वशाली समुदायको धर्मशास्त्रमा उल्लेख भएको नीतिको कुरा मात्र नभएर हरेक नेपाली जातिका परम्परागत लोकाचार उक्त आचार शिक्षामा समावेश भए सर्व सर्वग्राह्य र प्रयोजनीय हुने छन्। अब गर्नुपर्ने भनेको नेपाल सरकारले राष्ट्रिय आचार (सदाचार नीति) ल्याउनु पर्दछ। प्रदेश सरकारले आफ्नो प्रदेशका हरेक जातीय तथा सांस्कृतिक समुदाय भित्ररहेका लोकाचार, सदाचार, अनुशासन, कर्तव्य र नैतिक मूल्यमान्यताहरूको अनुसन्धान र अभिलेखन गर्नु पर्दछ।
उक्त अनुसन्धान दस्तावेजलाई आधार मानी प्रादेशिक विशिष्टताका आधारमा प्रादेशिक आचारिक पाठ्यक्रम बनाउनु पर्दछ र हरेक विद्यालयहरूमा अनिवार्यरूपमा पठनपाठन हुने विषयका रूपमा लागू गरिनुपर्दछ। यसलाई गाउँ तथा नगरपालिकाहरू ले आफ्नो स्थानीय शिक्षा समितिमार्फत प्रचार प्रसार, प्रवर्द्धन र अनुगमन मूल्यांकन गर्नु पर्दछ। अब सामाजिक तथा सामुदायिक संघसंस्था र हरेक परिवारले पनि आचारिक शिक्षालाई आत्मसात गर्दै आफू र बालबालिकालाई प्रशिक्षित गर्नुपर्दछ।
* लेखक समाजशास्त्र तथा मानवशास्त्र विषयका अध्येता र भाषा विज्ञान विषयका अनुसन्धाता हुन्।
***
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
डा. रघुनाथ अधिकारी ‘निलमशेखर’ का अन्य पोस्टहरु:
- नेपालमा सांस्कृतिक बहुलता र पहिचानको अन्तर्विरोध
- युरेसियामा प्राच्य संस्कृत र लिथुआनियाली भाषा
- सुशासनको दृष्टिमा ह्रासोन्मुख र बिटुलिँदो प्राकृतिक स्रोत
- लोकतन्त्रमा टिकट खरिदबिक्री र इमानदार ‘जुनुमान’
- ‘स्वतन्त्र’ उम्मेदवारको उदय र दलमा विकल्पको खोजी
- यसपालीको चुनावमा प्रभाव पार्ने तत्त्व
- सपनामा सीमित बनाइएको जनता केन्द्रित लोकतन्त्र
- कुलीनतन्त्रमा पतन भइरहेको हाम्रो लोकतन्त्र
- रुस–युक्रेन युद्धको वैश्विक प्रभाव र नेपाल
- आसन्न निर्वाचन: संविधानपक्षधर, विरोधी र तटस्थ मतदाता