एभरेष्ट म्याराथन २०२३ को तयारीः विनोद  बराल गुडविल एम्बेसडर

तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२३ को तयारी सुरु भएको छ। तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका अध्यक्ष तथा अभियन्ता विक्रम पाण्डे काजीले तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेको ७० वर्ष पूरा भएको अवसरमा २०२३ मे २९ तारिखमा खुम्बु हाइल्याण्ड देखी एभरेष्ट बेस क्याम्पसम्म म्याराथन दौड  आयोजना गर्दै हुनुहुन्छ । 

यसैको तयारीका लागि लामो समयदेखि बेलायतलाई कर्मभूमि बनाउँदै आउनु भएका सेफ विनोद  बराल ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२३’ का लागि  अननरी गुडविल एम्बेसडर नियुक्त हुनुभएको छ। वरिष्ठ सेफ बराललाई तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका अध्यक्ष विक्रम पाण्डे काजीले यो साता गुडविल एम्बेसडर नियुक्त गर्नुभएको हो । 

विनोद बराल लण्डनमा कार्यरत सेफ हुनुका साथै  खाना र रेष्टुरेन्ट सम्बन्धी अनुसन्धानकर्ता, उद्यमी तथा परोपकार कर्ममा सक्रिय बेलायती नेपाली हुनुहुन्छ। यति बेला विनोद विश्वविख्यात गौरमेट इन्टरटेनमेन्टको एसियाली रिसर्च एण्ड डेभपलपमेन्ट एण्ड इनोभेसन किचनको प्रमुख हुनुहुन्छ र यतिबेला कतार हुने विश्वकप फुटबलका लागि आवश्यक खानाहरूको तयारी गरिरहनु भएको छ।  लन्डन स्थित दुईवटा हाई स्ट्रिट रेस्टुरेन्टका सहचालक हुनुका साथै बराल एसियन कुलिनरी एकेडेमी, लन्डन र ग्लोबल नेपाली सेफ फोरमका संस्थापक समेत हुनुहुन्छ। बरालले स्वास्थ्यका लागि फाइदा हुने विषयमाथि जोड दिँदै, मायाले पकाएको स्वस्थ खानाप्रति आफ्नो प्रेम फैलाउने अवधारणा  बोक्दै आएका छन्  । 

बरालले फेब्रुअरी २००३ देखि अक्टोबर २००८ सम्म बेलायतको सबैभन्दा ठूलो भारतीय रेस्टुरेन्ट चेन द बम्बे साइकल क्लबका लागि समूह कार्यकारी प्रमुख सेफका रूपमा  काम गर्नु भएको छ। विनोदले बम्बे साइकल क्लबका तत्कालीन मालिक सारा विलिङ्घमको नेतृत्वमा काम गर्नु भएको छ। बराल युके तथा युरोपका लागि गोर्खा वियरका ब्रान्ड एम्बेसडर पनि हुनुहुन्छ ।

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
एभरेष्ट म्याराथन २०२३ को तयारीः विनोद  बराल गुडविल एम्बेसडर
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link