निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सबै सरोकारवालाहरूको हातोमालो आवश्यक भएको बताउनुभएको छ।
निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा जनकपुरधाममा आयोजित ‘प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन, २०७९: निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा आयुक्त जबराले निर्वाचन आयोगको एक्लो प्रयासबाट मात्र निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न हुन नसक्ने भएकाले यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभएको हो ।
‘निर्वाचन आयोगले मात्र भयरहित वातारणमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन सक्दैन’, आयुक्त जबराले भन्नुभयो, ‘यसमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सबै सरोकारवालाहरूको हातोमालो जरुरी छ ।’
उहाँले निर्वाचन आचारसंहिता पालन गर्न सबैपक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । ‘निर्वाचन आयोग कसैलाई पनि कारबाही गर्न इच्छुक छैन’, आयुक्त जबराले भन्नुभयो, ‘तर निर्वाचन आचारसंहिता उल्लघंन भइरहे आयोग चुप लागेर बस्दैन, अब स्पष्टीकरण मात्र सोधिने होइन जरिवाना पनि गर्न सुर गरिसकेका छौँ ।’
उहाँले निर्वाचन क्षेत्रमा मतदाता, मतदान केन्द्र र भूगोललाई आधार बनाएर उम्मेदवारहरूको खर्च सीमा तोकेको स्पष्ट पार्नुहुँदै आयुक्त जबराले चुनाव लड्ने, खर्च गर्ने तर आयोगमा खर्च विवरण नबुझाउनेहरूमाथि आयोगले कारबाही गरेको बताउनुभयो ।
आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले आयोगले तोकेको खर्च सीमामै रहेर उम्मेदवारहरूले खर्च गर्नुपर्ने बताउँदै आचारसंहिता विपरीतको कार्य भएको उजुरी आएमा तत्काल अनुसन्धान गरी कारबाही गर्ने बताउनुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- टप एन्ड सिरिज: लय समात्ने र इतिहास रच्ने दाउमा नेपाल ‘ए’
- बाटो देखायो तालिमले, समृद्धि ल्यायो तरकारी खेतीले
- निगमले आज सोमबारदेखि खाना पकाउने ग्यासको बिक्री-वितरण नियमित बनाउने
- खराब मौसमका कारण रेसुङ्गा विमानस्थलको उडान प्रभावित
- आज नापञ्चमी पर्व मनाइँदै
- आज दुबै सङ्घीय सदनको बैठक बस्दै
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- कोशी प्रदेशमा ‘विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या र नीतिगत समाधान’ संवाद सम्पन्न
- सडक अपडेट: ३० वर्ष बित्दा पनि सहज भएन डुम्रे–बेँसी सहर–चामे सडक!
- हात्ती आतंक: हल्दिबारीमा तीन हात्ती बस्ती छिरेर क्षति, स्थानीयमा त्रास!