निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (क) मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका शेखरचन्द्र थापाको निधन भएपछि बुधबार आयोगले उक्त दलका लागि उम्मेदवार मनोनयनसहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो । आयोगको निर्णय अनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दावी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने छ ।

स्व. शेखरचन्द्र थापा
‘२०७९/०८/०४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मिति २०७९/०६/२३ देखि निर्वाचन कार्यक्रम सञ्चालन भइ उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्ह समेत प्रदान भइसकेको अवस्था रहेको छ,’ आयोगले भनेको छ, ‘यसैबीच मोरङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ को निर्वाचन अधिकृतको कार्यालयबाट मिति २०७९/०७/२३ को पत्रमार्फत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गतको प्रदेश सभा निर्वाचन क्षेत्र नंं. १ बाट प्रदेश सभाका लागि नेपाली कांग्रेस पार्टीका उम्मेदवार श्री शेखरचन्द्र थापाको मिति २०७९/०७/२३ गते मृत्यु भएको हुँदा उक्त निर्वाचन क्षेत्रको सम्बन्धित दलको उम्मेदवारका लागि निर्वाचन कार्यक्रम तय गरी पठाइदिन अनुरोध भइ आएको सन्दर्भमा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३२ अनुसार देहाय बमोजिम गर्ने ।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
