निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (क) मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका शेखरचन्द्र थापाको निधन भएपछि बुधबार आयोगले उक्त दलका लागि उम्मेदवार मनोनयनसहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो । आयोगको निर्णय अनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दावी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने छ ।

स्व. शेखरचन्द्र थापा
‘२०७९/०८/०४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मिति २०७९/०६/२३ देखि निर्वाचन कार्यक्रम सञ्चालन भइ उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्ह समेत प्रदान भइसकेको अवस्था रहेको छ,’ आयोगले भनेको छ, ‘यसैबीच मोरङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ को निर्वाचन अधिकृतको कार्यालयबाट मिति २०७९/०७/२३ को पत्रमार्फत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गतको प्रदेश सभा निर्वाचन क्षेत्र नंं. १ बाट प्रदेश सभाका लागि नेपाली कांग्रेस पार्टीका उम्मेदवार श्री शेखरचन्द्र थापाको मिति २०७९/०७/२३ गते मृत्यु भएको हुँदा उक्त निर्वाचन क्षेत्रको सम्बन्धित दलको उम्मेदवारका लागि निर्वाचन कार्यक्रम तय गरी पठाइदिन अनुरोध भइ आएको सन्दर्भमा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३२ अनुसार देहाय बमोजिम गर्ने ।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- टप एन्ड सिरिज: लय समात्ने र इतिहास रच्ने दाउमा नेपाल ‘ए’
- बाटो देखायो तालिमले, समृद्धि ल्यायो तरकारी खेतीले
- निगमले आज सोमबारदेखि खाना पकाउने ग्यासको बिक्री-वितरण नियमित बनाउने
- खराब मौसमका कारण रेसुङ्गा विमानस्थलको उडान प्रभावित
- आज नापञ्चमी पर्व मनाइँदै
- आज दुबै सङ्घीय सदनको बैठक बस्दै
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- कोशी प्रदेशमा ‘विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या र नीतिगत समाधान’ संवाद सम्पन्न
- सडक अपडेट: ३० वर्ष बित्दा पनि सहज भएन डुम्रे–बेँसी सहर–चामे सडक!
- हात्ती आतंक: हल्दिबारीमा तीन हात्ती बस्ती छिरेर क्षति, स्थानीयमा त्रास!