अधिकांश पहाडी र हिमाली गाउँबस्तीका लागि वियर रक्सी र अन्य पेय पदार्थका बोतल ठूलै समस्या हुन थालेका छन्। ती बोतल खाली भएपछि न त्यसको जिम्मेबारी बिक्रेताले लिन्छ न उत्पादकले। त्यसमाथि बाटो भरिका पालिकाले लगाउने कवाडी करका कारण त्यसलाई कवाडी संकलकहरूले पनि उठाउन सकिरहेका छैनन्।
यसबीचमा लमजुङको दोर्दी गाउँपालिकाले वियरको खाली बोत्तलहरु नहटाए वियर बिक्री वितरणमा रोक लगाउने भएको छ। गाउँपालिकाको आठौँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा गाउँपालिकाभित्रका होटल तथा रेष्टुरेन्टमा रहेका वियर लगायत सिसाका खाली बोतलहरु आगामी छ महिनाभित्रमा नहटाएमा पालिकाभित्र वियर विक्री वितरण गर्न रोक लगाउने निर्णय गरेको छ ।
गाउँपालिकाभित्रका विभिन्न होटल तथा रेष्टुरेण्टमा विभिन्न कम्पनीहरुका वियर लगायत अन्य सिसाका बोत्तलमा ल्याइएका पिय पदार्थहरुको बोत्तलले बजार कुरुप बन्दै गएकाले ६ महिनाभित्रमा हटाई सक्नुपर्ने वा फिर्ता लैजाउनु पर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । तोकिएको समयभित्रमा बोतल व्यवस्थापन नगरेमा सम्बन्धित होटल तथा रेष्टुरेण्टमा पूर्ण रुपमा वियर तथा सो बस्तुहरु विक्री वितरणमा प्रतिबन्ध गरिने गाउँपालिकाले जनाएको छ।
बैठकले यहि पुस २८ र २९ गते गाउँपालिकाको गाउँसभा गर्ने निर्णय गरेको छ । यसैगरी लिपे मेमेपोखरी पदमार्ग निर्माण गर्ने, फोहोर व्यवस्थापन तथा कम्पोष्ट मल बनाउने स्थल निर्माण, गाउँपालिका स्तरीय १५ सैयाको अस्पताल भवन निर्माण गर्न आवश्यक जग्गा माग गर्न राष्ट्रिय योजना आयोगमा पेश गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा मौरी पकेट क्षेत्रका लागि वडा नं. ९ हिले टक्सार र लघु उद्यम विकास कार्यक्रमको लागि वडा नं. ८ बन्सारलाई छनौट गर्ने निर्णय गरेको छ । त्यस्तै, गाउँपालिकाभित्र सञ्चालित विभिन्न सहकारीहरु पालिकामा दर्ता गराउने, गाउँपालिकामा मालि राख्ने, दिर्घ रोगीहरुलाई आर्थिक सहयोग गर्ने, जग्गा बर्गिकरण गर्ने, पालिकाले प्रशासकीय भवन निर्माणको लागि जग्गा व्यवस्थापन गर्ने लगायत १८ वटा निर्णयहरु गरेको गाउँपालिकाले जनाएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टीको पक्षमाः प्रम प्रचण्ड
- नेपाल भ्रष्टाचारको गम्भिर समस्यामा रहेको ट्रान्सपरेन्सीको प्रतिवेदन
- ८७ नीतिगत विषय गोप्य राख्ने सरकारको निर्णय तत्काल फिर्ता हुनुपर्छ : शेखर कोइराला
- कपाल स्ट्रेट गर्ने रसायनले महिलाहरूमा पाठेघरको क्यान्सरको जोखिम
- “उपप्रधानमन्त्री एवम् गृहमन्त्री” रविको सांसद पद खारेज
- बर्मामा अफिम खेती बढ्यो, नेपालमा चिन्ता
- सूचना नदिने सिराह नगरपालिका कार्यालय प्रमुखलाई १५ हजार जरिवाना
- “अनियमितताको सूचना दिनु मर्यादाविपरीत होइन”
- बर्मेली सैन्य तानशाहविरुद्ध जर्मनीमा नरसंहारको मुद्दा
- जापानको नयाँ सुरक्षा रणनीति