रासायनिक मलको अभाव जारी छ । सरकारले ठेकेदारहरू मार्फत अन्तराष्ट्रिय बजारबाट रासायनिक मल आपूर्ति गर्न नसकेपछि भारतसँग जीटुजी पद्धतिबाट मल किन्ने निर्णय गर्यो । तर, अझैपनि किसानहरूले मल पाउन सकेका छैनन् ।
हिउँदे खेतीलाई रासायनिक मल हाल्न नपाएपनि बर्खे खेती सुरु हुनु अगाडिनै स्थानीय तहहरूमा पर्याप्त मात्रामा रासायनिक मलको प्रबन्ध गर्न अन्तराष्ट्रिय बजारबाट मल खरिद प्रक्रिया अगाडि बढाउन ढिलो भैसकेको छ । यसैबीच रासायनिक मलको मूल्यबारे अन्तराष्ट्रिय जगतमा सकारात्मक चर्चा सुरु भएको छ ।
विश्व बैंकका विशेषज्ञहरू जोन बाफस र वी चियान कोहले यसै हप्ता रासायनिक मलको अन्तराष्ट्रिय उपलब्धताबारे ब्लगमा लेखेका छन् – रासायनिक मलहरूको मूल्य सन् २०२२ मा शिखरमा पुगेपनि अब सहजतर्फ उन्मुख भएको छ । तथापि यो वर्ष पनि मलको मूल्य उच्च स्तरमै रहने छ ।
विश्वव्यापी मल सङ्कटका कारणहरू केलाउँदै जोन बाफस र वी चियान कोहले विश्व बैँकको ब्लगमा लेखेका छन् :
रासायनिक मलको प्रयोगमा विश्वभरि नै किसानहरूले किफायती अपनाएको र प्रयोगहरू कटौती गरेपछि यसको मूल्यमा आंशिक कमीले मागलाई कमजोर प्रतिबिम्बित गर्दछ; उनीहरु लेख्छन् युरोपमा उत्पादनको सङ्कट, रुस र बेलारुसमाथिको प्रतिबन्धका कारणले अवरोध र चीनमा व्यापार प्रतिबन्धलगायतका आपूर्ति पक्षका कारणहरूले पनि रासायनिक मलको उद्योग प्रभावित भएको छ ।
युरोपमा प्राकृतिक ग्यासको मूल्यमा भएको तीव्र वृद्धिले नाइट्रोजन मलको लागि महत्वपूर्ण कच्चापदार्थ मानिने एमोनिया ग्यासको उत्पादनमा व्यापक कटौती भएको थियो गत अक्टोबरसम्म । युरोपमा एमोनिया उत्पादन क्षमता लगभग बन्द भएको थियो । यद्यपि, युरोपमा राष्ट्रिय भण्डारका लागि प्राकृतिक ग्यासको आयात र जाडो कम भएको कारण हालका महिनाहरूमा ग्यासको लागत घटेको छ । यसले युरोपमा बन्द गरिएका नाइट्रोजन मल उत्पादन कारखानालाई पुनः सञ्चालन गर्न अनुमति दिन सक्छ ।
युक्रेन र रूसको युद्धबाट आपूर्तिमा भएको अवरोधले सिर्जना गरेको बाधा यथावत नै छ । फेब्रुअरी २०२२ मा युक्रेनमा रूसको आक्रमण पछि, धेरै देशहरूले रूस र बेलारुस दुबै महत्त्वपूर्ण मल आपूर्तिकर्ताहरूमा प्रतिबन्ध लगाए । यद्यपि, व्यापार प्रतिबन्धहरूले विश्वव्यापी खाद्य सुरक्षामा प्रतिकूल प्रभावहरूबाट बच्न खाद्य र मल क्षेत्रहरूको लागि “कार्भ–आउट” निर्दिष्ट गरेको छ ।
यी कार्भ–आउटहरूले रूसलाई मल निर्यात जारी राख्न सक्षम बनाएको छ । ट्रान्जिट उद्देश्यका लागि युरोपेली क्षेत्र प्रयोग गर्न प्रतिबन्धका कारण बेलारुसबाट पोटास निर्यात ५० प्रतिशत भन्दा बढीले घटेको छ । विशेष गरी लिथुआनियाले बेलारूसी पोटासलाई क्लाइपेडाको बन्दरगाहमा ढुवानी गर्न रेलवे नेटवर्कको प्रयोग गर्न रोकेको छ, जहाँबाट सामान्यतया बेलारुसको ९० प्रतिशत निर्यातको काम हुन्छ ।
चीनमा निर्यात प्रतिबन्धका कारणले पनि विश्व बजारमा मलको संकट बढाउने काम गरेको छ । आन्तरिक उपलब्धता कायम राख्न चीनले सन् २०२२ को अन्त्यसम्म मलमा निर्यात प्रतिबन्ध लगाएको थियो । यसले विश्वभरि नै आपूर्ति चिन्ता बढेको छ । डीएपी मलको विश्वव्यापी व्यापारको ३० प्रतिशत हिस्सा चीनले ओगटेको छ । चीनबाट डीएपी मलको निर्यात सन् २०२२ को पहिलो दश महिनामा झण्डै ५० प्रतिशतले घटेको छ । यसैबीच, चिनियाँ युरिया मलको निर्यात पनि लगभग ६० प्रतिशतले सोही अवधिमा घटेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
