श्रीलंकालाई रिनको बोझबाट मुक्त गर्न अर्थतन्त्रको पुर्नसंरचना गर्न जापान, फ्रान्स र भारतले संयुक्त रूपमा नयाँ पहलको घोषणा गरेका छन् ।
जापानका अर्थमन्त्री सुनीची सुजुकीले सो प्लेटफर्ममा चीनले पनि साझेदारी गरे “धेरै राम्रो” हुने प्रतिकृया दिएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार रिनको जोखिममा फसेका श्रीलंका सहित मध्यम आय भएका धेरै देशहरुको समस्या समाधान गर्न अहिले जि–सेभेन राष्ट्रहरूको अध्यक्षता गरिरहेको जापानले नेतृत्वदायी पहल गरिरहेको छ ।
यो प्लेटफर्मले निरन्तर यो समस्यामा बैठक र छलफल गर्ने तथा समस्या समाधानमा सहयोग पु-याउने छ, अर्थमन्त्री सुजुकीले भनेका छन् ।
हामी सबै मिलेर संकटमा परेका अर्थतन्त्र भएका देशहरुलाई सहयोग गर्न संयुक्त पहल गर्नुपर्छ भन्दै जापानी अर्थमन्त्री सुजुकीले चीनपनि यस्तो पहलमा जोडिनु राम्रो हुने कुरामा थप जोड दिएका छन् ।
गत महिना श्रीलंकाको आर्थिक संकटलाई टार्न अन्तर्राष्ट्रिय मुद्रा कोषले २ दशमलव ९ विलीयन डलरको कोष जुटाएको छ , विगत सात दशक यता श्रीलंका यस्तो गम्भिर संकटमा परेको हो । नागरिकका लागि अत्यावश्यक र इन्धन र औषधी आपूर्ति गर्न पनि श्रीलंका सरकार असक्षम भएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
