Home » Archives for कृष्ण विष्ट/ बैतडी
Author

कृष्ण विष्ट/ बैतडी

नमुना सहरका रूपमा विकास गर्ने घोषणा गरिएको १२ वर्षभन्दा बढी भइसक्दासमेत नयाँ सहरको कामले उपयुक्त गति लिन सकेको छैन। सरकारले आर्थिक वर्ष २०६७/६८ मा बैतडीको पाटनसहित देशभरका १० वटा सहरलाई नमुना सहर बनाउने घोषणा गरेको थियो।

स्तरीय सडक पूर्वाधार, ढल निकास, फोहोरमैला व्यवस्थापन, व्यवस्थित बस्ती, घरघरमा खानेपानी, ढल निकास, फोहोर व्यवस्थापन केन्द्र, विद्युतीकरण, आधुनिक कभर्डहल, ५० शय्याको प्रविधिसम्पन्न अस्पताल निर्माण गर्नेसम्मका महत्वाकांक्षी योजना समेट्दै सरकारले २०६८ मा तयार पारेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख गरेको थियो। साथै, तोकिएका नमुना सहरमा करिब एक लाख मानिसको बस्ती बसाउने सरकारको लक्ष्य थियो।

बैतडीको पाटन नमुना सहरमा ‘नमुना’ काम भने एउटा पनि भएको छैन। …

नयाँ सहरको पुरानै काम : बनेका संरचना कुरूप, मुख्य काममा प्रवेश नै पाएन
0 comment
0 FacebookTwitterEmail

बैतडीको दोगडाकेदार गाउँपालिका–६ का कृष्णसिंह कार्कीले भारतमा वर्षौंदेखि रोजगारी गर्दै आउनुभएको थियो। त्यहाँको एक अस्पतालमा स्विपरदेखि चौकीदारको काम गर्नुहुन्थ्यो। भारतका विभिन्न अस्पतालहरूमा काम गरेको अनुभव रहेको भन्दै विगत एक दशकदेखि दोगडाकेदार गाउँपालिका ६ को पन्ज्युनयाँ बजारमा कबिर मेडिकल हलको नाममा अवैधानिक तवरले मेडिकल सञ्चालन गरिरहेको खुलेको छ।

अवैधानिक रुपमा मेडिकल सञ्चालन भएको गुनासो पाएपछि स्वास्थ्य कार्यालय र सुरक्षा निकायबाट गएको प्रतिनिधिमण्डलले भाद्र १९ गते मंगलबार अनुगमन गरेर सिल गरिदिएको छ। यसैगरी गैरस्वास्थ्यकर्मीसमेत रहेका ६१ वर्षीय कार्कीलाई नियन्त्रणमा लिई मुद्दासमेत चलाएको छ। ‘स्वास्थ्यसम्बन्धी शिक्षा त परको कुरा, सामान्य लेखपढसमेत नगरेका व्यक्ति रहेछन्, एक दशकदेखि अवैधानिक मेडिकल रुपमा चलाइरहेको पाइयो,’ स्वास्थ्य कार्यालय …

बैतडीमा अवैधानिक मेडिकलको बिगबिगी, स्वास्थ्यमाथि चरम लापरबाही
0 comment
0 FacebookTwitterEmail

बैतडीको पञ्चेश्वर गाउँपालिकाका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भयो। स्थानीयका अनुसार महिनावारी भएको ४ दिन भएको थियो। किशोरीकी आमा मकै जोगाउन खेतमा बनाइएको अस्थायी टहरामा हुनुहुन्थ्यो।

मंगलबार मध्यराति गाईभैँसीसँगैको गोठमा सुतिरहेकी अनिताको हातमा सर्पले टोकेपछि छट्पटिँदै आफन्तलाई जानकारी गराएको र बिहान वैद्य खोज्न जाँदाजाँदै उहाँको घरमै मृत्यु भएको आफन्त एवं वडा नं ४ मा कार्यरत इएमआइएस अपरेटर प्रेमबहादुर चन्दले बताउनुभयो। ‘महिनावारी भएको बेला देवताको डरले यहाँका किशोरी तथा महिलाहरु गोठमा सुत्छन्,’ चन्दले भन्नुभयो, ‘कोही घरको कुनै एक छेउमा छुट्टै सुत्ने गरेका छन्।’

महिनावारी हुँदा गरिने यस्तै विभेद र पुरातन सोचका कारण अनिताको मृत्यु भएको हो। अनिता नजिकैको …

बैतडीमा बुझ्न र बुझाउन नसकिएको ‘मर्यादित महिनावारी’
0 comment
0 FacebookTwitterEmail

बैतडीको पञ्चेश्वर गाउँपालिकामा–१ मा रहेको पञ्चेश्वर स्वास्थ्यचौकीमा ३० हजार लिटरको भुइँ पानीट्यांकी छ। खानेपानीको चरम समस्या खेपिरहेको उक्त स्वास्थ्यचौकीमा अकासे पानी र टाढाबाट ट्यांकरमा ल्याई जम्मा गरिएको हुन्छ। उक्त ट्यांकीमा एकपटक पानी भरेपछि २ देखि ३ महिनासम्म काम चलाउने गरिएको छ।

लामो समयसम्म पानी ट्यांकीमा जम्मा भएर बस्ने र सरसफाइसमेत नहुने भएकाले भ्यागुता र चेपागाँडा देखिने गरेका छन्। सोही पानी स्वास्थ्यचौकीमा प्रयोग हुन्छ।

‘भुइँ पानीट्यांकी हो, निकासको व्यवस्था छैन। पानी जमेर बस्छ, फोहोर धेरै नै छ,’ पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले भन्नुभयो। पशुलाई समेत दिन नमिल्ने खालको पानी सुत्केरी सेवा र अन्य सरसफाइको कार्यमा प्रयोग गर्ने गरिएको स्वास्थ्यचौकी इन्चार्ज सार्कीले …

बैतडीमा प्रसूतिलाई प्रदूषित पानी, स्वास्थ्यचौकीकै पानीट्यांकीमा भ्यागुता र चेपागाँडा !
0 comment
0 FacebookTwitterEmail

गत जेठ ९ गते मध्यराति। भीम नेपालीकी पाँच वर्षीय नातिनी शान्ति रुँदै पानी माग्न थाल्नुभयो। बेलुका भोकै सुतेकी उहाँ मध्यरातमा रुँदै पानी माग्न थालेपछि भीम नेपाली आत्तिनुभयो। झरो (खोटो भएको सल्लाको दाउरा) बालेर छिमेकीको घर जानुभयो र लोटामा पानी मागेर ल्याई खुवाउनुभयो।

‘दिउँसो न्वालो (पानीको खाडल) मा पानी भर्नै पाइएन। केही भाँडाकुँडा रित्याएर पानीको जोहो गरी दिउँसो खाना पकाएँ। तर राति खानेपानी भएन। अनि सुत्यौँ,’ भीमले सुनाउनुभयो।

बैतडीको सिगास गाउँपालिका–६ कौसाडी टोलका भीम गत जेठ ९ गते सधैँझैँ बिहानै न्वालोमा पानी भर्न जानुभएको थियो। तर न्वालोमा आफ्नो पालो नआउँदै पानी सकिएपछि रित्तै गाग्रो फर्किनुभयो। यही कारण नातिनीले पानी माग्दा छिमेकीको …

कौसाडीको दलित परिवार : खानेपानी नपाउँदा तीन दिन भोकै
0 comment
0 FacebookTwitterEmail

बैतडीको दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले प्राविधिक शिक्षा पढ्ने २२ जना विद्यार्थीलाई वार्षिक ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ।

बुधबार पत्रकार सम्मेलन गर्दै चन्दले आफूले पाउने पारिश्रमिकबाट हुन आउने रकमलाई ‘उपमेयर अक्षयकोष’ मा जम्मा गर्ने र त्यसबाट १२ छात्रा र १० छात्र गरी २२ जना विद्यार्थीलाई ५० हजारका दरले वार्षिक सहयोग गर्ने घोषणा गर्नुभएको हो।

एसईई उत्तीर्ण गरी प्राविधिक शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई यस कार्यक्रममा समेट्न लागिएको हो। नगरपालिकामा छनौट समिति गठन गरिने र उक्त समितिबाट छनौट भएका विद्यार्थीले सो रकम सहयोगस्वरुप पाउनेछन्। छनौटमा दलित विद्यार्थी १० जना हुनेछन् भने बाँकी आर्थिक अवस्था कमजोर भएका र लक्षित …

परोपकारी उपमेयर कौशिला : आफ्नो पारिश्रमिक विद्यार्थीलाई पढ्न सहयोग गर्दै
0 comment
0 FacebookTwitterEmail

बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ। सोमबार बिहान करिब दुई बजेको समयमा घरमाथिबाट खसेको पहिरोले पुर्चाैडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उहाँका छोरा पाँच वर्षीय रिजन जागरीको मृत्यु भएको हो। मृतक अञ्जुका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छ।

मृतक अञ्जुका सासुआमा ४५ वर्षीय राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते हुनुभएको छ। सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिनुभयो। घाइतेहरूको हाट स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। उहाँहरूको अवस्था सामान्य रहेको छ।

साथै पहिरोमा परी आठ वटा …

पालिकाले बलजफ्ती सडक खन्यो, महिनापछि पहिरोले आमाछोराको ज्यान गयो
0 comment
0 FacebookTwitterEmail

बैतडीको सिगास गाउँपालिकाको केन्द्र ‘गर्जे’ बैतडीकै दुर्गम केन्द्रका रूपमा चिनिन्छ। यहाँ न सहज सडक सञ्जाल छ न आवश्यक सेवा–सुविधा। केही सीमित व्यापारिक पसल रहेको यस गाउँपालिकाको केन्द्रमा व्यापारीले मनलाग्दी रकम असुल्ने गरेका छन्।

गत आइतबार सिगास गाउँपालिका–१ की बिन्दु बिक एक दिनको पैदल यात्रा गरेर वडा नं ८ को गर्जे पुग्नुभएको थियो। छानो मर्मतको योजना परेको र सम्झौताका लागि जानुपर्ने भन्दै वडा कार्यालयबाट सिफारिस लिएर गएकी बिन्दुले एकप्रति फोटोकपी गरेको एक सय रुपैयाँ तिर्नुपरेको बताउनुभयो।

‘लालपुर्जा, नागरिकता र मोबाइलमा खिचेर लगेको घरको फोटोलाई फोटोकपी पेपरमा राखेर प्रिन्ट गराएकी हुँ,’ बिकले भन्नुभयो, ‘एक सयका दरले ३ सय भनेपछि सोही अनुसार तीन …

योजना नै नपरी सेवाग्राहीलाई गाउँपालिकको फोन, एकप्रति फोटोकपीको सय रुपैयाँ !
0 comment
0 FacebookTwitterEmail

बेतडीको सुर्नया गाउँपालिकाको केन्द्र रौलेश्वर बजार क्षेत्रमा जहाँतहीँ सिसा फालिन्छन्। पसल वरपर, नाली र सडक छेउछाउ तथा खाली चौरमा जहाँतहीँ सिसा देखिन्छन्। सोही ठाँउको सन्सेरीमान्डौ बजार क्षेत्रमा पनि जहाँतहीँ सिसा फाल्ने गरिएको छ। यी ठाउँमा मात्रै होइन, जिल्लाका अधिकांश बजार क्षेत्र तथा सडक छेउछाउमा अव्यवस्थित रूपमा सिसा फाल्ने गरिएको छ।

‘गाउँघरतिर मदिराका पसल थुप्रै खुले, सिसाहरू जहाँतहीँ फालिन्छन्,’ सुर्नया गाउँपालिका–४ स्थित पञ्चदेव आधारभूत विद्यालयका शिक्षक भानबहादुर महरा भन्नुहुन्छ, ‘ग्रामीण बजार मदिरा पसलले भरिन थाले, वातावरण सिसाले भरियो।’

जहाँतहीँ फुटेका सिसाले विद्यार्थी तथा सर्वसाधारणलाई हिँडडुलमा समस्या आएको शिक्षक महराको भनाइ छ। ‘हिँडडुल गर्ने बाटो तथा ग्रामीण सडक र खेतमा समेत सिसौ …

ग्रामीण बजार मदिरा पसलले भरिए, सिसाले भरियो वातावरण
0 comment
0 FacebookTwitterEmail

बैतडीको पाटन नगरपालिका ९ को सरस्वती आधारभूत विद्यालयमा दिउँसो १ बजेको बजेको घण्टीले खाजा खाने समयको संकेत गर्यो। दिवाखाजा खान विद्यार्थीहरू लहरै उभिएर धारामा हात धुन थाले। हात धुने तरिकाबारे यहाँका विद्यार्थी जानकार छन्। साबुन पानीले मिचिमिचि हात धोइसकेपछि टेबलमा खाजा आइपुग्छ। अनि खान सुरु गर्छन्।

खाजा खाइसेपछि आफूलाई मन पर्ने बालउद्यानका संरचनामा गएर खेल खेल्छन्। बालउद्यानका सामग्री, शौचालय र कक्षाकोठा बालमैत्री छन्। यसले सिकाइमा मात्रै नभई अतिरिक्त क्रियाकलापमा पनि सहयोग पुग्ने गरेको छ।

कोठा पनि खुला र आकर्षक देखिन्छन्। बस्नका लागि कार्पेटमाथि म्याट्रेस र कुसुम लहरै मिलाएर राखिएको छ। फरक र आकर्षक शैक्षिक सामग्रीले कक्षाकोठा सजाइएको छ। भित्तामा बालबालिकालाई …

बैतडीमा बालमैत्री संरचना, हाँस्दै खेल्दै पढ्न पाएपछि दंग बालबालिका
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved