Home » Archives for स्वतन्त्र समाचार सेवा / INS » Page 25
Author

स्वतन्त्र समाचार सेवा / INS

बालश्रम शोषणसँग जोडिएका ऐन तथा कानुनको व्यावहारिक रुपमा प्रभावकारी कार्यान्वयन हुन नसक्दा बालश्रम शोषण अन्त्य गर्ने विषय नारामा सीमित भएको छ । बालश्रम शोषणसँग सम्बन्धित बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६, सान्दर्भिक कानुन अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५, बालबालिकासम्बन्धी ऐन, २०७५, देवानी अपराधसंहिता २०७४, श्रम ऐन २०७४, मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण ऐन, २०६४ को व्यावहारिक रुपमा कार्यान्वयन नहँुदा अहिले पनि बालबालिका अनौपचारिक श्रम क्षेत्र (कृषि, घरेलु, साना होटेल, सार्वजनिक यातायात, निर्माण, माटो, बालुवा तथा गिटी खानीलगायत क्षेत्रमा काम गर्न बाध्य छन् ।

नेपालको संविधानको धारा, ५१ मा राज्यका नीतिअन्तर्गत झ (३) बालश्रमलगायत सबै श्रमका शोषण अन्त्यका प्रतिबद्धता

0 comment
0 FacebookTwitterEmail
हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा एकअर्कामा सञ्चार गर्न पनि मुस्किल छ । यस पालिकाका विभिन्न वडाबाट ‘मोबाइल’मार्फत सञ्चारसँग जोडिन समस्या  हुने गरेको हो ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जोतेञ्जिङ लामा मोबाइलबाट सञ्चारसँग जोडिन झ्यालमा सानो टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । स्मार्ट फोनको समयमा उहाँसँग स्मार्ट फोन नभएर होइन । उहाँ भन्नुहुन्छ, “स्मार्ट फोनको युग छ । फोन स्मार्ट भएर नहुने । मोबाइलको टावर नै टिप्दैन । अग्लो र कता टिप्छ भन्दै हिँड्न बाध्य छौँ । कोही कसैले फोन गरिहाल्यो भने यो सानो टुकटुके मोबाइलमा सजिलै नेटवर्कले भेट्छ । न त यो विकटमा यही टुकटुके नै उपयोगी छ ।”

0 comment
0 FacebookTwitterEmail

प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैका सांसदहरूले डिजिटल प्लेटफर्म गभर्नेन्स सम्बन्धी कानूनलाई मानवअधिकार केन्द्रित बनाउने प्रतिबद्धता जनाएका छन् ।

डिजिटल प्लेटफर्महरूको सन्दर्भ, जवाफदेही, समावेशी गभर्नेन्सको लागि आफ्नो भूमिका प्रभावकारी बनाउन सकुन भन्ने उधेश्यका साथ भएको यस कार्यशालामा तथा अभिमुखीकरणमा दुबै सभाका संसदरूलाई डिजिटल प्लेटफर्मका अभिव्यक्तिको स्वतन्त्रता र गोपनीयता जस्ता विभिन्न पक्षहरूका बारेमा जानकारी दिइएको थियो ।

सेप्टेम्बर १३ र १४ गते काठमाडौंमा भएको दुई दिने कार्यशालामा संसदहरुले यस सम्बन्धी प्रतिबद्धता जनाएका हुन् ।

फ्रिडम फोरम, युनेस्को र संघीय संसदसँग सहकार्यमा डिजिटल प्लेटफर्मको गभर्नेन्स: उदाउंदो प्रवृत्ति र असल अभ्यास सम्बन्धी कार्यशाला आयोजना भएको थियो ।

कार्यशालामा २६

0 comment
0 FacebookTwitterEmail

कास्कीमा डेङ्गी सङ्क्रणबाट तीनजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत याम बरालकानुसार गत जनवरियता जिल्लाका तीन हजार सात सय ६८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।

आइतबारसम्ममा सबैभन्दा बढी पोखरा महानगरपालिकामा तीन हजार एक सय ११, अन्नपूर्ण गाउँपालिकामा २३, माछापुछ«े गाउँपालिकामा ४०, मादी गाउँपालिकामा १० र रुपा गाउँपालिकामा १३ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो ।

यस्तै अन्य जिल्लाका दुई सय ६३ र ठेगाना नखुलेका तीन सय आठ गरी कास्कीमा कूल तीन हजार सात सय …

कास्कीमा डेङ्गीबाट तीनको मृत्यु, ३७ सयबढी सङ्क्रमित
0 comment
0 FacebookTwitterEmail

जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जापानको कूल जनसङ्ख्याको २९.३ प्रतिशत वृद्धवृद्धा रहेका छन् ।

विश्वका २०० देश र एक लाखभन्दा बढी जनसङ्ख्या भएका क्षेत्रको सूचीमा ज्येष्ठ नागरिकको अनुपातका आधारमा जापान शीर्ष स्थानमा रहेको मन्त्रालयले जनाएको छ ।

इटाली, पोर्चुगल, ग्रीस, फिनल्याण्ड, जर्मनी र क्रोएसियाले युरोपको प्रतिनिधित्व गर्दै शीर्ष १० मा २० प्रतिशतभन्दा बढी वृद्धवृद्धाको जनसङ्ख्या दर भएका मुलुकका रूपमा प्रतिनिधित्व गरेका छन् ।

दक्षिण कोरिया १९.३ प्रतिशत र चीन १४.७ प्रतिशत …

0 comment
0 FacebookTwitterEmail

दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो ।

राप्ती गाउँपालिका–७ सिसहनिया निवासी विद्याबहादुर चौधरी विगत चार वर्षदेखि केराखेती गर्दै आउनुभएको छ । तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केराखेतीमा लाग्नुभएका उहाँले वार्षिक रु १३–१४ लाख बराबरको केरा बिक्री गर्दै आएको बताउनुहुन्छ ।

केराखेतीबाट राम्रो आम्दानी लिँदै आउनुभएका किसान चौधरी भन्नुहुन्छ, “अन्य कृषि व्यवसायको तुलनामा केराखेतीले राम्रै आम्दानी दिने गरेको छ । खासै मेहनत पनि गर्न पर्दैन ।” रोपेपछि समय–समयमा गोडमेलसँगै पानी र …

0 comment
0 FacebookTwitterEmail

मुकुन्द शर्मा राजोपाध्याय (वि.सं. १९९९–२०५१), नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासका एक यस्ता गुमनाम पात्रको नाम हो जसले यो देश र प्रजातन्त्रका लागि आफ्नो सम्पूर्ण जीवन खुसी–खुसी समर्पण गरेका थिए, त्याग गरेका थिए ।

२०१७ साल पुस १ गते राजा महेन्द्रले सैनिक बलको सहयोगमा देशमा एकतन्त्रीय पञ्चायती शासन व्यवस्था शुरू गरेपछि नेपाली कांग्रेस पार्टीले त्यसविरुद्ध आह्वान गरेको सशस्त्र क्रान्तिमा कलिलो उमेरका मुकुन्द शर्मा स्वस्फूर्त रूपमा सहभागी भएका थिए ।

कांग्रेसले सञ्चालन गरेको त्यस सशस्त्र क्रान्तिमा सहभागी हुँदै मुकुन्द शर्मा, श्यामलाल श्रेष्ठ, ओमकार श्रेष्ठ र रुपचन्द्र नहाटाको समूहले भारतबाट ठूलो मात्रामा विष्फोटक पदार्थ काठमाडौंभित्रै पुर्याउन सफल भएका थिए । २०१९ सालको यस घटनामा …

0 comment
0 FacebookTwitterEmail

म्यान्माको यागी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको सरकारी सञ्चारमाध्यमले  जनाएका छन् । म्यान्मा, भियतनाम, लाओस र थाइल्याण्डमा गत साता आएको ‘यागी’ नाम दिइएको आँधीका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ३५० जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

म्यान्मामा बाढीका कारण ७४ जनाको मृत्यु हुनुका साथै ८९ जना बेपत्ता भएको ग्लोबल न्यू लाइट अफ म्यान्माले जनाएको छ । सन् २०२१ मा सेनाको ‘कू’ पछि युद्ध चर्किरहेको देशलाई बाढीले थप दुःख दिएको छ । बाढीले ६५ हजारभन्दा बढी घरमा क्षति पुर्याएको, पाँचवटा बाँध भत्काएको विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार जुन्तामा यसअघि ३३ जनाको मृत्यु …

0 comment
0 FacebookTwitterEmail

टाउकोमा झोलाभित्र राखिएको दहीको भाँडो, एकैनासका भाँडा र गाउँभरका भैँसीपालक किसान दही बिक्री गर्न घोराही आउनलाई बसको प्रतिक्षामा रहेका थिए । करिब १५–१६ जनाको समूह देख्दा लमहीको अर्जनखोलावारि यात्रु प्रतिक्षालयमा बसेका यात्रु चढाउन बस चालकले रोकेनन । ठाउँ छैन अरु बसमा आउनु भन्दै चालक पन्छिए । गाउँका धेरैजसो किसान आफूले उत्पादन गरेको दही बिक्री गर्न घोराही बजार आउँदाको भोगाइ हो यो ।

राजपुर गाउँपालिका–३ खर्दरियाका लक्ष्मण यादव ६० वर्षको हुनुभयो । उहाँ व्यावसायिक रूपमा भैँसीपालन गर्दै आउनुभएको छ । उहाँसँग रहेका २५ भैँसीले दूध दिन्छन । बाबुबाजेले भैँसीपालन गर्दै आउनुभएको थियो । त्यही रेखदेख गर्दागर्दै लक्ष्मण पनि भैँसीपालनलाई निरन्तरता दिँदै …

0 comment
0 FacebookTwitterEmail

त्रियुगा नगरपालिका–१ जोगीदहस्थित मोथ्याइमा निर्माण सुरु भएको सगरमाथा हवाई मैदान निर्माणमा ढिलाइ भएको छ । बाह्र वर्ष अघि यहाँ हवाई मैदान निर्माणको प्रक्रिया अघि बढाइएको हो । सदरमुकाम गाईघाट वा त्रियुगा नगरपालिका–७ चुहाडेमा हवाई मैदान निर्माण गर्ने भनेर तीन दशकसम्म अध्ययन तथा वादविवाद सँगसँगै चलेको थियो ।

“त्रियुगा नगरपालिका–१ जोगीदहमा उपयुक्त जग्गा प्राप्त भएको र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्राविधिकले उक्त क्षेत्रमा हवाई मैदान निर्माण गर्न उपयुक्त हुने भनेर प्रतिवेदन दिएपछि १२ वर्षअघि जोगीदहमा हवाई मैदान निर्माण प्रक्रिया अगाडि बढाइएको हो”, सगरमाथा हवाई मैदान निर्माण समितिका अध्यक्ष वीरेन्द्र बस्नेत भन्नुहुन्छ ।

उहाँका अनुसार त्रिनपा–१ जोगीदहमा जिल्ला वन कार्यालय उदयपुर …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved