Home » Archives for स्वतन्त्र समाचार सेवा / INS » Page 3
Author

स्वतन्त्र समाचार सेवा / INS

लाहोरलगायत पाकिस्तानका अन्य भागहरूमा विषाक्त धुवाँ फैलिँदा २४ घण्टामा १५ हजारभन्दा बढी व्यक्तिमा श्वासप्रश्वास जन्य सङ्क्रमण भएको एरी न्यूजले जनाएको छ ।

लाहोरका अस्पताल सुख्खा खोकी, सास फेर्न गाह्रो, निमोनिया र छातीमा सङ्क्रमण भएका बिरामीहरूले भरिएका एरी न्यूजले उल्लेख गरेको छ ।

मेयो अस्पतालमा चार हजार बिरामी, जिन्ना अस्पताल तीन हजार छ सय बिरामी, गङ्गाराम अस्पतालमा तीन हजार बिरामी र बाल अस्पतालमा दुई हजार बिरामीलगायतका प्रमुख सरकारी अस्पतालमा अधिकांश श्वासप्रश्वासजन्य सङ्क्रमणबाट ग्रसित भएको भेटिएका छन् ।

पाकिस्तानका चिकित्सा विज्ञहरूले प्रदुषणका कारण दम र मुटुको रोगजस्ता समस्या भएका बालबालिका तथा बिरामीहरू अत्यधिक रूपमा अस्पतालमा उपचारका लागि पुगेका छन् । उनीहरुले प्रदुषण …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न भनी व्यक्त गरिएका प्रतिबद्धताहरु पूरा गर्न सबै विकसित मुलुकहरुलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले गणतन्त्र अजरबैजानका समकक्षी ईल्हाम अलियेभसँग आज यहाँ भएको भेटवार्तामा सो आग्रह गर्नुभएको हो ।

“जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताप्रति नेपालको पूर्ण प्रतिबद्वता छ, विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष अगावै सन् २०४५ सम्म नेपालले शून्य कार्वन उत्सर्जनको उपलब्धि हासिल गर्ने लक्ष्य राखेकाले हामी सबै विकसित मुलुकहरुलाई जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धताहरु पूरा गर्न आग्रह गर्दछौंँ”, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले नेपालले अत्यन्त न्यून कार्बन उत्सर्जन गरे …

0 comment
0 FacebookTwitterEmail

अजरबैजानको बाकुमा यही कात्तिक २६ गतेदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९)को आज चौथो दिन जारी छ ।

भव्य समारोहका बीच सम्मेलन उद्घाटन भएसँगै यही कात्तिक २७ र २८ गतेको उच्चस्तरीय सत्रमा विश्वभरका नेताहरुले आआफ्ना धारणा व्यक्त गरेका थिए । ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ शीर्षकको उच्चस्तरीय सत्रलाई राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक २७ गते सम्बोधन गर्नुभएको थियो । सम्मेलनमा नेपाली टोलीको नेतृत्व राष्ट्रपति पौडेलले गरिरहनुभएको छ ।

त्यस्तै नेपालले कात्तिक २८ गते सम्मेलनमा छुट्टै उच्चस्तरीय कार्यक्रम गरी जलवायुको असरले निम्त्याएका मौसमी विपद्बारे विश्वको ध्यानाकर्षण गराएको छ । राष्ट्रपति पौडेलको नेतृत्वमा सो …

0 comment
0 FacebookTwitterEmail

घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको आधार बनेको छ । यही व्यापारबाट आर्जेको पैसाले आफ्ना र परिवारका आवश्यकता पूरा गर्न निकै सघाउ पुगेको यसमा सङ्लग्न महिलाहरूले बताउने गरेका छन् । रामधुनी नगरपालिका–१ झुम्का हाटबजारमा घोँगीको व्यापार गर्दै आउनुभएकी वडा नं ५ की जमुना मुखियाले यसबाट राम्रो आम्दानी भइरहेको सुनाउनुभयो ।

उहाँले सुनसरीको झुम्का, कालाबन्जरलगायतका हतियामा घोँगी बेच्नका लागि जाने गरेको बताउनुभयो । मुखियाले मोरङ्को निमुवाबाट आफैँले पोखरीबाट घोँगी खोजेर बिक्री गर्दै आएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “मेहेनतअनुसार राम्रै आम्दानी हुने गरेको छ, अरु व्यवसायको तुलनामा निक्कै सहज पनि हुने भएकाले यसैमा लागिरहेकी छु । यो हाम्रो पुर्ख्यौली व्यापार जस्तै …

0 comment
0 FacebookTwitterEmail

तलतिर कलकल बग्ने बबई नदी, सोहीमाथि झोलुङ्गे पुल । चारतिर हरियाली, नजिकै चिटिक्क परेको मोतिपुर गाउँ । यो दृश्य दाङको तुलसीपुर उपमहानगरपालिका -११ र दङ्गीशरण गाउँपालिका -२ सरुवाडाँडा जोड्ने झोलुङ्गे पुल क्षेत्रको हो । यस मनमोहक दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गर्छ । हाल सोही पुलको अवलोकनका लागि टाढाटाढाबाट मानिस आउने गर्छन् । यसपटक दसँैतिहारमा यहाँ अवलोकन गर्न आउनेको भीड नै लागेको स्थानीयको भनाइ छ ।

यसपटक दसैँतिहार मनाउन टाढाटाढाबाट आएकाहरूको प्रमुख गन्तव्य यही पुल बन्यो । त्यति मात्र नभइ सूर्य अस्ताउँदै गर्दा बबई नदीमा देखिने छाँया र पुलको आकर्षण थप बढाउने गरेको छ । त्यही दृश्य हेर्नका लागि मानिसहरू …

0 comment
0 FacebookTwitterEmail

विश्व नेताहरूले बुधबार संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा भएको वार्तामा जलवायु परिवर्तनलाई कसरी सम्बोधन गर्ने भन्नेबारे प्रतिस्पर्धात्मक दृष्टिकोण प्रस्तुत गरेका छन् । यद्यपि एउटा नयाँ प्रतिवेदनले विश्वले योजनाभन्दा धेरै चाँडो कार्बन तटस्थतामा पुग्नुपर्ने चेतावनी दिएको छ ।

ग्लोबल कार्बन प्रोजेक्टका वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय सञ्जालको प्रारम्भिक अनुसन्धानका अनुसार तेल, ग्यास र कोइलाबाट हुने कार्बनडाइअक्साइड उत्सर्जन यस वर्ष रेकर्ड उचाइमा पुगेको छ ।

यो प्रतिवेदन आएको बेला नेताहरू जलवायु परिवर्तनसँग सामना गर्न कमजोर देशहरूलाई अनुकूलन गर्न र स्वच्छ ऊर्जामा सङ्क्रमण गर्न अधिक वित्तीय सहयोग उपलब्ध गराउने सम्झौता गर्न अजरबैजानमा कोप२९ जलवायु वार्तामा भेला भएका थिए।

पेरिस सम्झौताको १.५ डिग्री सेल्सियस तापमान वृद्धि सीमालाई सीमित गर्ने …

0 comment
0 FacebookTwitterEmail

अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए) का प्रमुख राफेल ग्रोसीले इरानको आणविक कार्यक्रमबारे महत्वपूर्ण वार्ताका लागि बुधबार तेहरानतर्फ प्रस्थान गर्नुभएको छ ।

इरानको क्षेत्रीय शत्रु इजरायलका रक्षामन्त्रीले इस्लामिक गणतन्त्र इरानको आणविक केन्द्रहरूमा आक्रमण गर्ने कुरा पहिलेभन्दा बढी उजागर भएको चेतावनी दिएको दुई दिनपछि उहाँको यो भ्रमण हुन लागेको हो ।

इरानले लामो समयदेखि आणविक हतियार निर्माण गर्न खोजेको आरोप इजरायलले लगाउँदै आएको छ। गाजामा हमास र लेबनानको हिजबुल्लाहसँग इजरायलको युद्धलाई लिएर तनाव बढिरहेका बेला यी दुई देशले यस वर्ष क्षेप्यास्त्र आक्रमण गरेका हुन् । यस आक्रमणले उनीहरूको वर्षौं लामो छायाँ युद्धलाई सतहमा ल्याएको छ र मध्यपूर्वमा व्यापक द्वन्द्वको डरलाई बढावा दिएको …

0 comment
0 FacebookTwitterEmail

दाङको बङ्गलाचुली गाउँपालिका- ३ स्थित सुन्दर दाङवाङ गाउँ । करिब दुई सय घरधुरी रहेको यो गाउँमा क्षेत्री, मगर र दलितहरूको बसोबास रहेको छ ।

0 comment
0 FacebookTwitterEmail

बाढीपहिरोले बगाएको सडक र गोरेटो बाटो मर्मत नहुँदा जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका बासिन्दाले १८ महिनादेखि समस्या झेल्दै आएका छन् । यहाँका १० वटा बस्तीबाट बिरामीलाई ‘स्टेचर’मा स्वास्थ्य संस्था पुर्याउने बाटो पनि छैन ।

यहाँका मेवा खोलासहित उक्त खोलामा जोडिने मुरुङ्गा, देवीखोला र लम्बाखोलामा आएको बाढी तथा सयौँ स्थानमा खसेको पहिरोका कारण भौतिक संरचना क्षतिग्रस्त हुँदा गोरेटो बाटोसमेत अवरुद्ध छ । बाटो नहुँदा च्याङथापूका समरजुङ, मङ्गरडाँडा, खोलाघारी, मास्लोगाउँ, एकराते, चोक, फेदी, ढाँडगाउँ, याकलिङ र काङदाङका बासिन्दाले बिरामीलाई स्टेचरमा बोकेर सडकसम्म पुर्याउन कठिन भएको याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले बताउनुभयो ।

जिल्लाको उत्तरी च्याङथापू बजारबाट पर्यटकीय क्षेत्र लामपोखरी जोड्ने सडकले यी …

0 comment
0 FacebookTwitterEmail

कालिकोटको खाँडाचक्र नगरपालिका-१ मा रहेको कालिकोट जिल्लाको सदरमुकाम मान्म बजार । वि.सं. २०३२ साल मङ्सिरमा तत्कालिन जुम्ला जिल्लाबाट विभाजित भई कालिकोट जिल्ला बनेपछि मान्म बजार सदरमुकामका रुपमा स्थापित भएको हो ।

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved