Home » Archives for स्वतन्त्र समाचार सेवा / INS » Page 2
Author

स्वतन्त्र समाचार सेवा / INS

आकर्षक रोजगारीको प्रलोभनमा पारेर पूर्वीनाका काँकडभिट्टाबाट नेटवर्किङ व्यापार, घरेलु कामदार र पसल श्रमिकको बहानामा नेपाली किशोरीलाई  भारतको विभिन्न सहरमा पुर्याउने गरिएको पाइएको छ ।

कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न पहाडी जिल्लाबाट जागिरको प्रलोभन देखाएर ल्याइएका किशोरीलाई माइती नेपालका सीमा निगरानीकर्ताले जाँच गरेर सुरक्षित रुपमा घर फर्काइरहेको माइती नेपालका कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताउनुभयो ।

“विगत सात महिनामा हामीले काँकडभिट्टा बोर्डरमा निगरानी गर्दा १८ वर्षमुनिका एक सय १९ जना नाबालिगलाई उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो, “उद्धार गरिएका ती अधिकांश किशोरी छन् । उनीहरुलाई मानव बेचबिखनमा संलग्न गिरोहले रोजगारीको बहानामा फकाएर भारत लैजाँदै थियो ।”

पछिल्लो समय मानव बेचबिखनको शैली फेरिएको

0 comment
0 FacebookTwitterEmail
मध्य केन्याको एउटा विद्यालयको छात्रावासमा राति भएको आगलागीमा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा करिब मध्यरातमा आगलागी हुँदा बालबालिकाहरू सुतिरहेको एक शयनगृहमा आगोले समाएको थियो ।

“घटनामा १७ जनाको मृत्यु भयो र घाइते अन्यलाई अस्पताल पुर्याइएको छ”, राष्ट्रिय प्रहरीका प्रवक्ता रेसिला ओनयाङ्गोले भन्नुभयो । प्रहरीले पीडितहरूको उमेर खुलाएको छैन । उहाँका अनुसार घटनास्थलमा फेला परेका शव चिन्न नसकिने गरी जलेका छन् ।

धेरै जना घाइते भएको र तीमध्ये १६ जना गम्भीर रूपमा घाइते भएका छन् । उनीहरूलाई नजिकैको अस्पताल लगिएको छ । “घटनास्थल पूर्ण रूपमा प्रशोधन गरिएपछि थप शव फेला

0 comment
0 FacebookTwitterEmail
राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई आफ्नो जीवनीसँग सम्बन्धित ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ ।  उहाँले बिहीबार बिहानदेखि वीरगञ्जको घण्टाघरबाट पनि पुस्तक बिक्री गर्ने कार्यमा अनवरत रुपमा दौडधुप गर्दै आइरहनुभएको छ । उहाँले दौडधुप गर्नुका पछाडि भने दुई दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखानालाई पुनःजीवन दिने उद्देश्यसहित आवश्यक स्रोतसाधन जुटाउन भन्दै कम्मर कसेर लागिरहनुभएको छ ।

“मलाई त अहिले पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ । वीरगञ्जको कृषि कारखानाका लागि स्रोत जुटाउनका लागि देशव्यापी रुपमा पुस्तक बिक्री गर्दै आइरहेको छु”, उहाँले भन्नुभयो, “बिहीबारदेखि भने वीरगञ्जमै पुस्तक बिक्री गर्न आएको छु । कृषि औजार

0 comment
0 FacebookTwitterEmail
युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरु’ का पात्र प्रकाश तामाङका लागि घर निर्माण थालिएको छ । प्रकाशको घर बनाउन शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो ।

भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङमा प्रकाशका लागि निर्माण गर्न लागिएको घरको बुधबार शिलान्यास गरिएको थियो । पूर्वमन्त्री एवं सांसद सुदन किराती र भूतपूर्व गोर्खा सैनिक सङ्घ (गेसो)का अध्यक्ष कृष्णकुमार राईसँगै प्रकाशका बुबाआमाले संयुक्तरुपमा नयाँ बन्ने घरको शिलान्यास गर्नुभएको थियो ।

गेसोका अध्यक्ष राईले आफ्नो पूख्यौली सात रोपनी जग्गा प्रकाशलाई घर निर्माण गर्न दिनुभएको छ । करिब रु १५ लाख मूल्य बराबरको जग्गामा प्रकाशका लागि नेकपा (माओवादी केन्द्र) को अगुवाइमा घर बन्न लागेको हो ।

0 comment
0 FacebookTwitterEmail
उपराष्ट्रपति कमला ह्यारिस बिहीबार पाँच दिनका लागि अगामी हप्ता हुने राष्ट्रपति बहसको तयारीका लागि महत्त्वपूर्ण रणभूमि राज्य पेन्सिलभेनिया जाने हुनुभएको छ ।
फिलाडेल्फियामा रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध मङ्गलबार हुने बहसका लागि ह्यारिस पिट्सबर्ग जाने हुनुभएको हो । त्यहाँ उहाँले सल्लाहकारसँगको सहकार्यमा चुनावी रणनीति तयार पार्नुहुने द वासिङ्टन पोस्ट र सिएनएनले जनाएको छ ।
उहाँको अभियान कार्यक्रम निर्धारित गरिएको छैन तर मतदाताहरूसँग अनौपचारिक बैठकहरूमा भाग लिने अपेक्षा गरिएको छ ।
छ हप्ताअघि राष्ट्रपतिको दौडमा ह्यारिसको प्रवेशले बाइडेनको ट्रम्पविरुद्ध जितको न्यून सम्भावनाले निराश भएका डेमोक्रेटहरूबीच उत्साह छरेको छ । हाल दुवै दलले नोभेम्बर ५ मा हुने चुनावका लागि तयारी गरिरहेका छन् ।
0 comment
0 FacebookTwitterEmail
धादिङकी उर्मिलाको फेसबुकमा एक जना नचिनेको मान्छेले अनुरोध पठायो । उर्मिला आफूले नचिनेको भए पनि उसले आफूलाई चिनेको होला भनेर अनुरोध स्वीकार गरिन् । फसबुकमा साथी बनेपछि कुराकानी हुँदै गयो । कुराकानी हुँदै गर्दा एक दिन रमेश नाम बताउने ती व्यक्तिले उर्मिलालाई कत्ति पनि पैसा नलिइ कुवेत पठाइदिने प्रलोभन देखाए । घरको आर्थिक अवस्था कमजोर भएकी उर्मिलाले कुवेत जाने निधो गरिन् । तर उनले घरमा कसैलाई पनि थाहा नदिइकन रमेशसँग भारत हुँदै कुवेत जानका लागि घरबाट निस्किन् ।

रमेशले कुवेत भनेर आफूलाई भारतको बेश्यालयमा लगेर बेचिसकेको कुरा उर्मिलालाईपछि मात्रै थाहा भयो । केही महिनापछि उर्मिला त्यस ठाउँबाट भाग्न सफल भइन्

0 comment
0 FacebookTwitterEmail
यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा रु ९३ करोड २१ लाख ६६ हजार आठ सय १३ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा रु पाँच करोड १४ लाख ७९ हजार पाँच सय ६६ बढी राजस्व सङ्कलन गरेको हो ।

यातायात व्यवस्था कार्यालय झापाका निमित्त प्रमुख गोपीचन्द्र बोहराका अनुसार आव २०७९/८० मा रु ८८ करोड छ लाख ८७ हजार दुई सय ४७ राजस्व सङ्कलन भएको थियो । गत आव २०८०/८१ मा २० हजार ६३ कूल सवारी दर्ता हुँदा १९ हजार नौ सय २० सवारी चालक अनुमतिपत्र वितरण भएको उहाँले बताउनुभयो । यसैगरी कार्यालयले सवारी जाँचपास

0 comment
0 FacebookTwitterEmail

इराकको उत्तरी स्वायत्त कुर्द क्षेत्रमा बुधबार एउटा कारमा भएको ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताउनुभएको छ ।
टर्कीएले ‘कुर्दिस्तान वर्कर्स पार्टी’का लडाकु विरुद्धको अभियानको रूपमा उत्तरी इराकमा पछिल्लो एक चौथाई शताब्दीदेखि दर्जनौँ सैन्य आधारहरू प्रतिस्थापन गरेको छ ।

पार्टीले सन् १९८४ देखि टर्कीएविरुद्ध विद्रोह गरिरहेको र यसका पश्चिमी सहयोगीहरूले यसलाई “आतङ्कवादी सङ्गठन” का रूपमा कालोसूचीमा राखेका छन् ।

“आज दिउँसो ड्रोनले डोकान–खालाकान सडकमा एउटा कारमा बम प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ”, डोकानका जिल्ला गभर्नर सिरवान सरहदले भन्नुभयो ।

“कारमा सवार तीन जनाको शरीर जलेको छ । दुईजना कुर्दिस्तानको रान्या क्षेत्रमा बस्ने बाबु र छोराको रूपमा …

0 comment
0 FacebookTwitterEmail

यहाँका मनसुनजन्य विपद् प्रभावित तथा बाढिपीडितले विगत तीन महिनायता अनुदानबापतको रकम पाउन सकेका छैनन् । लाभग्राहीले घर निर्माण गरेबापत अघिल्लो आर्थिक वर्षमा पाउनुपर्ने रकमसमेत नपाउँदा समस्या भएको गुनासो छ ।

आवास निर्माण सुरु गरे पनि अनुदानबापतको किस्ता रकम भुक्तानी हुन नसक्दा मनसुनको समयमा थप समस्या भएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाको भनाइ छ । “कतिपयले ऋण लिएर आवास पुनःनिर्माण गरेका छन्, सरकारले दिने अनुदान रकमबाट ऋण तिर्ने आसमा बसेका लाभग्राहीको अनुदान रकम निकासा नहुँदा समस्यामा भएको गुनासो दिनहुँजसो आउने गरेका छन्”, उहाँले भन्नुभयो,“विगत तीन महिनादेखि अनुदान प्राप्त गर्न नसकी विपद् प्रभावित लाभग्राहीको मर्कामा परेका छन् । घर निर्माण नहुँदा …

0 comment
0 FacebookTwitterEmail
सडक, ढल, जथाभावी गरिएको उत्खनन र मानवीय अतिक्रमणका कारण कालीगण्डकी (कालीगङ्गा) को जलसभ्यता सङ्कटमा पर्दै जान थालेको छ ।

धार्मिक, सांस्कृतिक र जैविक महत्वले युक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको उचित व्यवस्थापन र संरक्षण नहुँदा जलसभ्यता सङ्कटमा पर्न थालेको हो ।

पवित्र कालीगण्डकी नदीको प्राकृतिक रूप पछिल्ला केही वर्षयता नासिँदै गएको छभने गङ्गाजल (नदीको पानी) पनि प्रदूषित हुँदै गएपछि नदीको निर्मलस्वरुप सङ्कटमा परेको सरोकार भएकाहरुले बताएका छन् । मुस्ताङको सदरमुकाम जोमसोमबाट म्याग्दीको सदरमुकाम बेनी हुँदै गुल्मीको रिडीसम्म पुग्दा कालीगण्डकीको निर्मल जलमा सहरबजारका ढल मिसाइँदा गङ्गाजल प्रदूषित बन्दै गएको कालीगण्डकी बचाउँ अभियानका अभियन्ता सागरजीवी उपाध्यायले बताउनुभयो ।

बहुचर्चित

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved