Home » Archives for हरि अधिकारी
Author

हरि अधिकारी

करिव डेढ वर्ष अघि निर्वाचित सरकारलाई बलपूर्वक हटाएर सत्ता हातमा लिएको दक्षिणपूर्वी एसियाली मुलुक म्यान्मार (बर्मा) को सैनिक सरकार (मिलिटरी जुन्ता) ले एकजना पूर्वसांसद सहित ४ जना लोकतन्त्रवादी नेताहरूलाई मृत्युदण्ड दिएको छ। प्रेसमाथि कठोर नियन्त्रण कायम राखिएको म्यान्मारमा सरकारद्वारा गरिएको यो नृशंस हत्याको दुखदायी समाचार त्यहाँ अझै पनि सक्रिय रहेका थोरै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमध्ये एक बीबीसी रेडियोले गत सोमबारको प्रातकालीन समाचार बुलेटिनमा प्रसारण गरेको थियो।

बर्मेली सैनिक जुन्ताले ती ४ जना विपक्षी नेताहरूलाई कुन कारागारमा फाँसीमा झुन्ड्याइएको थियो भन्ने कुराको जानकारी गराएको छैन तापनि फाँसी दिइएकाहरूका आफन्तहरूलाई राजधानी याङ्गुनको कुख्यात इन्सेन कारागारको गेट अगाडि जम्मा हुने आदेश जारी गरिएकोले उनीहरूलाई …

0 comment
0 FacebookTwitterEmail

हाम्रो देशमा अहिलेको जस्तै आर्थिक बेथिति अरू केही समय कायम रहने हो भने नेपाल छिट्टै श्रीलंका बन्न सक्छ। सबैका लागि यो चेतावनी हो: सत्तासीन गठबन्धनको सदस्य दल नेकपा माओवादी केन्द्रका नम्बर २ नेता नारायणकाजी श्रेष्ठ प्रकाश।

नेपाल छिट्टै श्रीलंका बन्दैछ भनेर एकथरी गैरजिम्मेवार मानिसहरू अनर्गल हल्ला फैलाइरहेका छन्। यथार्थमा त्यस्तो कुनै सम्भावना छैन। ढुक्क हुनुहोस् नेपाल श्रीलंका बन्ने छैन: सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की।

“नेपाल श्रीलंका बन्दैछ / नेपाल श्रीलंका बन्ने छैन” आजको नेपाली जनमानस यिनै दुई परस्पर विरोधी अड्कल / अनुमानको भुमरीमा फसेको छ। यो अड्कल / अनुमान हल्ला बनेर ट्रोल भएको छ। तथाकथित बौद्धिक वर्गमा पर्ने …

0 comment
0 FacebookTwitterEmail

बजेटको तर्जुमालाई अन्तिम रूप दिने बेलामा अर्थ मन्त्रालयभन्दा बाहिरको अनधिकृत मान्छेलाई मन्त्रालयको गोप्यतम कक्षमा प्रवेश गराएर कर र अन्तशुल्कका दरहरूमा व्यापक हेरेफेर गराएको भन्ने अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको गम्भीर आरोपका सम्बन्धमा सत्यतथ्यको वस्तुपरक ढङ्गमा खुलासा अहिलेसम्म पनि हुन सकेको छैन। न अर्थमन्त्रीले आफूमाथि लागेको आरोपको विश्वसनीय किसिमले खण्डन गर्न सकेका छन् न त सरकार प्रमुखले नै आफ्नो क्याबिनेटको एक वरिष्ठ सदस्यले गरेको भनिएको पदको दुरुपयोगलाई लिएर कुनै प्रकारको स्पष्टीकरण दिन जरूरी ठानेका छन्। त्यसैले त्यस दिन (जेठ १४ गते) रातको अन्तिम प्रहरतिर अर्थ मन्त्रालयमा नीति, नियम, विधि र पद्धतिको कसरी चिरहरण गरिएको थियो र त्यस्तो नैतिकहराम कृत्यमा संलग्न देखिने/नदेखिने पात्रहरू …

‘नष्ट’ सीसीटीभी फुटेजसँगै उजागर ‘क्रान्तिकारी पाखण्ड’
0 comment
0 FacebookTwitterEmail

“सर्वोच्च अदालतको आदेशविपरीत पूर्व विशिष्ट पदाधिकारीहरूलाई आवास, गाडी र इन्धन सुविधा दिने नेपाल सरकारको तयारी” राजधानीबाट निस्किने एउटा चल्तीको दैनिक समाचारपत्रको पहिलो पृष्ठमा छापिएको ब्यानर हेडलाइन हो यो । नयाँ नेपालमा प्रतिदिन जस्तो सुन्नू / पढ्नू पर्ने यस्तै अप्रिय समाचारहरूको अनन्त शृङ्खलाको नवीनतम कडीका रूपमा आएको यो समाचारले दिने सन्देश  चिन्ताजनक त छँदै छ हाम्रोजस्तो गरीब मुलुकका सन्दर्भमा निक्कै त्रासद पनि छ । यो समाचारले आजका हाम्रा नेताहरूको विवेकहीनताको पोल त खोलेको छ नै साथै यसले “अहिले सरकार चलाइरहेकाहरू यस  देशमा त्यस्तो निरंकुश प्रणालीलाई स्थापित गर्ने मनसुवा राख्छन्। जुन प्रणालीमा कार्यपालिकाले अदालतको आदेशको सम्मान गरिरहनु पर्दैन” भन्ने सन्देश पनि दिन …

0 comment
0 FacebookTwitterEmail

अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गर्नुभन्दा केही घण्टा पहिले कुनै कानूनी अख्तियार नभएका दुई जना उनाऊ व्यक्तिलाई देशको वार्षिक बजेटसम्म पहुँच दिलाएर कर-भन्सार-अन्तशुल्कको दरमा व्यापक हेरफेर गर्न लगाएका छन्। मन्त्री शर्माले त्यस्तो अवैध र अशोभनीय काम फोकटमा त अवश्य पनि गरे गराएनन् होला। एकथरी व्यापारी-उद्यमीलाई फाइदा, अर्काथरीलाई नोक्सानी र आम नेपालीहरूलाई थप आर्थिक सकस दिनसक्ने यस्तो अराजनीतिक र अनैतिक काम गरे बापत रुकुमेली कमरेडले दर्‍है दलाली भाग पाएको हुनु पर्दछ भन्ने अनुमान कसैले गर्‍यो भने त्यसलाई पनि ठाडै इन्कार गर्न सकिँदैन। “खाइ न पाई छालाको टोपी लागाई” गर्नलाई त मन्त्रीजीलाई बौलाहा कुकुरले टोकेको हुनु पर्‍यो नि! यस बीचमा त्यस्तो कुनै …

प्रणाली नै असफल बनाएको स्थिति 
0 comment
0 FacebookTwitterEmail

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घूसको लेनदेन भएको दावीका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा दर्ता गरिएका अधिकांश मुद्दाहरूमा त्यस संवैधानिक निकायले गरेको मागदावी नपुग्ने फैसला आएको समाचार सार्वजनिक भएको छ। बितेको ३ महिनामा विशेष अदालतबाट छिनिएका यस्ता मुद्दाहरूमध्ये लगभग ९२ प्रतिशतमा अभियुक्तहरूले सफाइ पाएको तथ्य बाहिर आएको छ। प्रतिशतलाई छोडेर अंकमै जाने हो भने, तीन महिनाको त्यो सानो अवधिमा विशेष अदालतद्वारा फैसला गरिएका घूसखोरीसम्बन्धी कुल १ सय ७८ मध्ये १ सय ६३ मुद्दाहरूमा आरोपितहरूले क्लिनचिट पाएको देखिन्छ। भ्रष्टाचारसम्बन्धी मुद्दाहरूलाई नजिकबाट नियालिरहेका वकिलहरूका अनुसार यस्ता मुद्दामा दण्डित गरिएकाहरूलाई पनि हलुका सजाय दिइएको छ। यी परिघटनाहरूले राम्रो सन्देश …

घूसखोरीप्रति कति सहिष्णु हामी?
0 comment
0 FacebookTwitterEmail

बितेका ३/४ दिनदेखि नेपाली सञ्चार माध्यमहरूमा  लगातार, एकपछि अर्को छापिइरहेका अत्यन्त खराब समाचारहरूले मेरो मन र मस्तिष्क दुवैमा गहिरो चोट पुर्‍याएका छन्। यी समाचारहरूको दर्पणमा प्रतिविम्बित हाम्रो शासन-प्रणालीको कुरूप चेहराले यसको प्राणप्रतिष्ठाका लागि अनथक संघर्ष गरेका र त्यस संघर्षका क्रममा आत्मोत्सर्ग गर्न बाध्य भएका लाखौँ नेपालीहरूको अपमान गरेको अनुभूति गराएको छ मलाई। त्यसरी अपमानित हुनेहरूको अथाह भीडमा म पनि सामेल छु। एक लेखक र पत्रकारका रूपमा आफ्ना भावना र विचारहरू सार्वजनिक रूपमा धेरैजनासँग शेयर गर्ने सुविधा उपलब्ध भएकोले म झट्ट हेर्दा केही महत्वपूर्ण नागरिक हुँ कि जस्तो देखिन्छु तर यथार्थमा म पनि एक सामान्य नेपाली नै हुँ, उनीहरूजत्तिकै निरीह र …

खराब समाचारहरू र वर्तमान राज्यप्रणाली 
0 comment
0 FacebookTwitterEmail

हालै सम्पन्न स्थानीय तह ( पालिका ) हरूको चुनावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नराम्रोसँग पराजित भएको छ। देशभरका ७५३ पालिकाहरूका लागि गराइएको मतदानमा यसभन्दा अघि पहिलो नम्बरमा रहेको त्यो दल साबिकमा आफूभन्दा कमजोर हैसियत भएको नेपाली कांग्रेसबाट पछि परेर दोस्रो नम्बरमा धकेलिएको छ। त्यतिमात्र होइन, नेपाली कांग्रेसको नेतृत्वमा बनेको सत्तासीन गठबन्धनका सबै सदस्य दलहरूले जितेका स्थानहरूलाई जोडेर हेर्ने हो भने एमालेले कुल ७५३ स्थानको करिब एक तिहाइ सङ्ख्यामा मात्र जित हासिल गर्न सकेको देखिन्छ।

अहिलेसम्म प्रकाशित र प्रत्याशीहरूले लिएको अग्रतालाई हेर्दा देशका ६ महानगरपालिका र ११ उपमहानगरपालिकाहरूको चुनाव परिणाम एमाले नेतृत्वका लागि चरम हतासाको विषय बन्ने लगभग तय छ …

युवालाई राजनीतिमा आउन पालिका चुनावले दिएको सन्देश
0 comment
0 FacebookTwitterEmail

देशभरिका ७५३ पालिकाहरूका पदाधिकारीहरूको चयन गर्न गत वैशाख ३० गते भएको निर्वाचनका परिणामहरू धमाधम आइरहेका छन्। अहिलेसम्म घोषित भइसकेका परिणामहरू र मतगणना भइरहेका ठाउँहरूमा विभिन्न दलहरूले लिइरहेको अग्रतालाई हेर्दा नेपाली जनता यस पटक गत निर्वाचनको भन्दा ठ्याक्कै फरक म्याण्डेट दिन चाहन्छन् भन्ने बुझिन्छ। जनताले व्यक्त गरेको परिवर्तनको यो चाहना देशैभरि प्रतिध्वनित भएको छ भन्ने कुरा मेची महाकाली सबैतिर त्यसका उमेदवारहरूको फजिती हुनुका साथै गत वर्षसम्म राज्यको ढुकुटी खेलाएर बसेको त्यस दलले  अपरिमित परिमाणमा पैसा खन्याएको झापा जिल्लामा समेत त्यसको हालत त्यति राम्रो नदेखिनुले प्रमाणित गर्दछ। प्रधानमन्त्रीको विधायिका-क्षेत्रको नगरपालिका दमकमै पनि एमाले उमेदवारको जीत सुनिश्चित देखिँदैन।

नेपाली मतदाताहरूले यस साल एमालेविरुद्ध …

एमालेको हार र बालेनको उदय
0 comment
0 FacebookTwitterEmail

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विपक्षी नेताहरूविरुद्ध अनर्गल शब्दवाण प्रहार गर्ने मामिलामा दिन-प्रतिदिन नयाँ नयाँ कीर्तिमान बनाउँदै हुनुहुन्छ। ओलीले गर्ने गालीको सिकार नभएको नेपाली नेता भेट्टाउँन असम्भव नै नभए पनि निक्कै गार्‍हो पर्न सक्दछ। ओली दिनैपिच्छे यो वा त्यो नेताको उच्छित्तो काटिदिनु हुन्छ। ओलीको आनीबानी बोलीवचन देख्दा सुन्दा उहाँको राजनीतिक दीक्षा नै एकदमै गलत किसिमले भएको थियो जस्तो लाग्छ। ‍

सारा जिन्दगी गैरवामपन्थीहरूलाई गाली गरेर बिताएका ओलीले सत्ताको गल्लीतिर चक्कर मार्न थालेपछि आफ्नै राजनीतिक गोत्यार कम्युनिस्ट नेताहरूलाई पनि आवश्यकता अनुसार सराप्न थाल्नुभएको हो। त्यस क्रममा वि. सं. २०७४ सालको संसदीय निर्वाचनमा हातेमालो गर्नुभन्दा दुई-चार दिन अघिसम्म ओली माओवादी …

केपी ओलीको गालीपुराण 
0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved