Home » Archives for हरि अधिकारी » Page 2
Author

हरि अधिकारी

यस पटक महानगर काठमाडौको मेयर पदका लागि पार्टीको उमेदवार चयन गर्ने सन्दर्भमा नेकपा (एमाले) नराम्रोसँग फसेको छ। महानगर काठमाडौको महापौरका रूपमा काम गर्दा योग्यता र क्षमताको हिसाबले निम्छरो साबित भएको आफ्नो एक कार्यकर्ताको विकल्प खोज्दै जाँदा भेटिएको व्यक्तिसँग यति धेरै नकारात्मकता जोडिएको हुनसक्छ भन्ने कुराको कल्पनासम्म पनि एमालेको शीर्ष नेतृत्व पंक्तिमा रहेको कसैले सायदै गरेको थियो होला? तर जुन व्यक्तिलाई एमालेले काठमाडौ मेयरको टिकट दिएको छ ऊ अनेक प्रकारका अनर्गल विवादहरूले घेरिएको, बोलीवचन, आचरण र संस्कारका दृष्टिले लगभग असामाजिक जस्तो निस्किएको छ। यसले एमाले नेतृत्वलाई छाँगाबाट खसेको स्थितिमा पुर्‍याएको हुनु पर्दछ।

विद्यासुन्दर शाक्यले काठमाडौ महानगर प्रमुखका रूपमा बिताएको गत ५ …

केशव स्थापितमाथि लगाइएको दाउ
0 comment
0 FacebookTwitterEmail

नेपाली कांग्रेसको नेतृत्वमा सत्तासीन रहेको ५ दलको गठबन्धनले यसै महिनाको ३० गते हुने स्थानीय तहको चुनाव आफ्नो समूहमा सामेल दलहरूका बीच तालमेल गरी लड्ने निर्णय गरे अनुसार देशभरका ७५३ पालिकाहरू मध्ये अधिकांशमा गठबन्धनका तर्फबाट खडा गरिने साझा उमेदवारहरूको मनोनयनपत्र दाखिल गरेको छ । यसरी कुन कुन पालिकाहरूमा कुन कुन दलबाट उम्मेदवारी दिने भन्ने कुराको टुङ्गो लगाउन सजिलो भने थिएन गठबन्धनका नेताहरूका लागि । ठूलो सकस र निकै कष्टसाध्य कसरतपछि मात्र उनीहरू एउटा टुङ्गोमा पुग्न सकेका थिए । लामो समयको रन्थन-मन्थन पछि गरिएको दलीय भागबन्डाका क्रममा बाँडफाँटको सबैभन्दा ठूलो हिस्सा गठबन्धनको नेतृत्व गरिरहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाको दल नेपाली कांग्रेसले पाएको …

स्थानीय चुनावः ओली निरंकुशता विरुद्ध तालमेल!
0 comment
0 FacebookTwitterEmail

बिहे गर्छु भनी झुठो आश्वासन दिएर पटक पटक बलात्कार गरेको अभियोग लगाई मोडल-अभिनेता पल (पूर्णविक्रम) शाह विरुद्ध तनहुँ र पूर्वी नवलपुरका दुइटा जिल्ला अदालतमा मुद्दा दायर गरेकी कानूनत: वालिग भइनसकेकी गायिकाले अहिले आएर फिरादपत्रमा उल्लेख गरिएको दावीभन्दा विपरीत बयान दिएकी छिन् । उनले तनहुँ जिल्ला अदालतमा दिएको होस्टायल बयान अनुसार “पलले उनीमाथि बलात्कार गरेका छैनन् । आफूले आफ्ना पिताको दवाबमा त्यतिबेलाका आफ्ना प्रेमी शाह विरुद्ध त्यो मुद्दा दायर गरेको हो । उनका पिताले पनि पल-समीक्षाका बीचको अन्तरङ्ग सम्बन्धलाई लिएर सामाजिक सञ्जाल लगायत सञ्चार माध्यमहरूमा आएका गलत सूचना र हल्लाका कारण उद्विग्न भएर पलविरुद्ध मुद्दा दायर गर्न उक्साएका हुन् ।” यी …

उनको होस्टायल बयान
0 comment
0 FacebookTwitterEmail

वर्तमान प्रधानमन्त्री, नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले देशको शीर्ष नेतृत्व-पङ्क्तिमा रहेका अन्य कुनै पनि नेताको तुलनामा सबैभन्दा बढी पटक गठबन्धन सरकारको नेतृत्व गरेको कीर्तिमानी रेकर्ड राख्नु भएको छ। यो भव्य रेकर्डले सरकार-प्रमुखका रूपमा उहाँले विताएका कार्यकालहरूको संख्या उल्लेख्य त अवश्य पनि बनाउछ तर उहाँलाई एक दूरदृष्टिसम्पन्न प्रतिभाशाली नेता र सक्षम प्रशासकका रूपमा स्थापित गर्न सक्दैन। उहाँको यो कमजोरी  सामान्य पृष्ठभूमिबाट उठेर समसामयिक राष्ट्रिय राजनीतिको फलकमा सबैभन्दा सफल नक्षत्र बन्न सफल हुनुभएका उहाँ स्वयं र देशकै हकमा पनि दुर्भाग्यको विषय हो। देशको नेतृत्व गर्ने अवसर बारम्बार पाउने भाग्यशाली नेता त्यस्ता अवसरहरूको सही उपयोग गर्न असफल भयो भने त्यो उसको कमजोरी मात्र …

अवसर गुमाउने कमजोर नेताहरू
0 comment
0 FacebookTwitterEmail

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूविरुद्ध संसदमा दर्ता गरिएको अविश्वासको प्रस्तावलाई तुहाउँन संसद नै भङ्ग गराइदिएका छन्।संसदमा मतदान गराइएका खण्डमा निश्चित रूपमा पारित हुने ठानिएको सो अविश्वासको प्रस्तावमाथि छलफल र मतदान गराउँन इमरानकै पार्टीका सांसद र सभामुखको कार्यभार सम्हालिरहेका उपसभामुख काशिम सुरीले ठाडै इन्कार गरिदिएका थिए।

जाहेर छ, उनले प्रम खानको इशारामा सो अवैधानिक कदम चालेका हुन्।उपसभामुख काशिम सुरीले सो अविश्वासको प्रस्ताव संविधानको धारा ५८ को मर्म विपरीत आएको भन्दै त्यसलाई मतदानमा लैजान इन्कार गरिदिए । त्यसको लगत्तै प्रधानमन्त्री खानले राष्ट्रपति आरिफ अल्वीसमक्ष संसद भङ्ग गरि ताजा जनादेशका लागि चुनावको घोषणा गर्न अनुरोध गरेका थिए।

प्रम खानको पार्टी तेहरिक-ए-इन्साफकै टिकटमा चुनाव …

राजनीतिक संकटको भुमरीमा पाकिस्तान
0 comment
0 FacebookTwitterEmail

तत्कालीन प्रधानमन्त्री खड्‍गप्रसाद (केपी) शर्मा ओलीले संविधानका धारा- उपधाराहरूको अपव्याख्या गरि निर्वाचित अधिनायक बन्ने दुराकांक्षा राखेपछि उहाँमाथि अंकुश लगाउँनै पर्ने बाध्यात्मक परिस्थितिमा बनेको थियो – वर्तमान सत्ताधारी गठबन्धन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी दल, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपाल मिलेर बनेको गठबन्धनको सरकारले सत्ता सम्हालेको पनि ८ महिना भन्दा केही बढी समय बितिसकेको छ। नीति, सिद्धान्त र कार्यशैलीका दृष्टिले पाँच कोणतिर फर्किएका भिन्न रूपाकारका दलहरूको परिपाक मिलेर बनेको पञ्चक्वाजस्तो भए पनि यस गठबन्धन सरकारले धेरै प्रकारका जटिलतामा जेलिएको यस देशको निजामतलाई ठीकठाकै चलाइरहेको देखिनु चाहिँ सन्तोषजनक छ भन्नैपर्ने हुन्छ।

यस बीचमा …

आसन्न चुनावः दुष्चिन्ताको तरङ्गमा प्रचण्ड र माधव
0 comment
0 FacebookTwitterEmail

आजको समयमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दा र मामिलाहरूमा नेपालीहरूले देखाएको चासो, चिन्ता र प्रतिक्रियालाई हेर्दा हाम्रो राष्ट्रको सामूहिक चेतनाको स्तर अत्यासलाग्दो किसिमले खस्केको देखिन्छ। यस्तो लाग्छ, हामी नेपालीहरू सहज विवेकद्वारा डोरिने विज्ञान र प्रविधिको यो समुन्नत युगका जागरुक जनता बन्नूको सट्टा कसैले पनि भ्रमित बनाउन सक्ने भीड बन्न पुगेका छौँ। हामी बहुसंख्यक नेपालीहरूले कुनै पनि विषयमा आफ्नो स्वतन्त्र अभिमत जाहेर गर्नसक्ने हैसियत नै बनाउन सकेको देखिँदैन। त्यसैले अधिकांश वयस्क नेपालीहरू कि राजनीतिको क्षेत्रका कि त सम्प्रदाय, वर्ग वा आस्थागत समूहका अगुवाहरूका अन्धानुयायी बन्न पुगेका छौँ।

कुनै पनि घटना, विषय र वस्तुलाई गुण-दोषका आधारमा पर्गेल्ने र आलोचनात्मक दृष्टिकोणको कसीमा घोटेर …

हाम्रो मानसिक स्खलन
0 comment
0 FacebookTwitterEmail

 

यस पटक आन्तरिक पर्यटकका रूपमा गण्डक प्रदेशका पोखरा, बागलुङ र पर्वतका केही स्थानहरूको भ्रमण गर्दा ती क्षेत्रहरूमा थप खडा गरिएका पर्यटन उद्योगलाई बढावा दिने विविध प्रकारका संरचनाहरूले मनलाई आनन्दित तुल्याए। पोखरामा पर्यटकहरूको मनोरञ्जनका लागि केही वर्षदेखि प्याराग्लाइडिङ, लाइट एअरक्राफ्ट फ्लाइङ, एअरसाइकिलिङ, जीपलाइन रोलिङ जस्ता साहसिक क्रीडा–साधनहरू सञ्चालनमा आइरहेकामा यस वर्ष फेवाताल किनाराको पामेदेखि सराङ्‍कोटसम्म केबुलकारको लाइन थप भएर पहाडकी रानी पोखराको पर्यटन उद्योग प्रवर्द्धनका दिशामा एउटा नयाँ आयाम थपिएछ। पदयात्राका लागि विख्यात सराङ्‍कोटसम्म केबुलकार लैजान आवश्यक थियो वा थिएन भन्ने कुरामा भने वाद–विवाद गर्न नसकिने भने होइन।

त्यस बाहेक, पोखरा उपत्यकाको आसपास दृश्यावलोकनका लागि सराङ्कोट, काहुँकोट टावर, फेवा तथा …

रेमिटेन्सको पैसामा मनोरञ्जनको जालो
0 comment
0 FacebookTwitterEmail

छिमेकी महाशक्तिराष्ट्र भारतका उत्तरप्रदेश, पञ्जाब, उत्तराखण्ड, गोवा र मणिपुर गरी ५ राज्यका विधानसभाहरूका लागि विभिन्न चरणमा हुनेगरी गत फेब्रुअरी महिनाको १० तारिखमा शुरू भएको निर्वाचन प्रक्रिया लगभग पूरा भएको छ। यी ५ वटै राज्य-विधानसभाका कुल ६९० स्थानमध्ये उत्तरप्रदेशको पूर्वाञ्चल क्षेत्रका अन्तिम चरणका लागि तोकिएका ५४ स्थानका लागि मात्र मतदान हुन बाँकी छ। भारतीय निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार युपी विधानसभाका निर्वाचन हुन बाँकी यी ५४ स्थानका लागि पनि आज बिहान ७.०० बजे मतदान प्रक्रिया शुरू भई साँझ ६.०० बजेसम्म सम्पन्न भइसक्नेछ। यस पटक यी ५ राज्य-विधानसभाको निर्वाचनमा देशकै सबैभन्दा ठूलो राज्य उत्तरप्रदेशमा ७ चरणमा, पूर्वी सीमान्त राज्य मणिपुरमा २ चरणमा …

0 comment
0 FacebookTwitterEmail

“होइन, होइन, हामी कुनै देशविरुद्ध पनि जाइलाग्दैनौँ । हामीले सामरिक सामर्थ्य-वृद्धिको अभियान आन्तरिक सुरक्षालाई ध्यानमा राखेर चलाएका हौँ । हाम्रो यो तयारी आफ्नैलागि मात्र हो । युक्रेन मात्र होइन कुनै देशमाथि पनि चढाइ गर्ने हाम्रो मनसाय छैन” गत बिहिबार युक्रेनमाथि धावा बोल्नुभन्दा केही घण्टा अघिसम्म पनि रूसी कुटनीतिक अधिकारीहरू यसै भनिरहेका थिए । रूसी नेता पुटिनको हैकमवादी सोचको भनक पाएकाहरूका लागि उनका कर्मचारीहरूको त्यो स्पष्टीकरण हात्तीको देखाउँने दाँत जस्तो मात्रै थियो । हुन पनि त्यस्तै नै भयो । गत बिहिबार बिहान सबेरै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन टेलिभिजनको पर्दामा देखिए र युक्रेनमाथि अत्यन्तै मनोगत र प्रमाणहीन आरोप लगाउँदै त्यस देशका विरुद्ध …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved