Home » Archives for जीवन शर्मा, काठमाडौं
Author

जीवन शर्मा, काठमाडौं

मोलुङ गाउँपालिका वडा नम्बर–२, ओखलढुंगाकी अममाया सार्की विपन्न समुदायकी नागरिक हुन्। उनको नाम ‘जनता आवास कार्यक्रम’मा समावेश भएपछि सार्कीले घर बनाउन सुरु गरिन्। परियोजनाको कार्यविधि अनुरूप डिपीसी गरेपछि पाउने पहिलो किस्ता बापतको रकम लिने बेलामा कार्यालयले उनको नाममा १ लाख ८६ हजारको चेक बनायो तर अममायाले १ लाख ५८ हजार मात्रै रकम पाइन्। उनले पाउने रकमबाट २८ हजार कटौती भयो। यसको कारण अममायाले सुरुमा थाहा नै पाइनन्। उनले भनिन्– ‘पाउनुपर्ने रकमबाट २८ हजार रकम किन काटियो भनेर कार्यालय र यस विषयका जानकार साथीभाइसँग बुझ्दा जनता आवास निर्माण समितिका संयोजक, जनप्रतिनिधि र कार्यक्रम कार्यान्वयनमा खटिएका सरकारी कर्मचारी समेतको मिलेमतोमा चेक साटेर …

‘जनता आवास कार्यक्रम’ भ्रष्टाचारको अखाडा
0 comment
0 FacebookTwitterEmail

विश्वकै संस्कृत अध्ययन केन्द्र बनाउने उद्देश्यका साथ २०४३ सालमा स्थापना भएको नेपाल संस्कृत विश्वविद्यालय पछिल्लो समय अझै अस्त–व्यस्त बन्दै गएको छ। राजनीतिक दाउपेच र भागबण्डाको सिकार बनेको उक्त विश्वविद्यालयमा विगत तीन महिनादेखि ताला बन्दी छ। विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक निकाय उपकुलपति, रेक्टर र रजिष्ट्रारको कार्यालयमा नेविसंघले गत वैशाख १९ गते लगाएको ताला अहिलेसम्म खुल्न सकेको छैन्। १४ बुँदे माग राख्दै नेविसंघले ताला लगाएको थियो। विश्वविद्यालय सेवा आयोग कर्मचारी छनोटमा निष्पक्ष हुनुपर्ने, छात्रावृत्ति वृद्धि गर्नुपर्ने, र विश्वविद्यालयका पदाधिकारीहरूबाट भएको आर्थिक अनियमितता छानबिन, कर्मचारी शिक्षक नियुक्तिमा देखिएको राजनीतिकरण र एकाधिकारवादको अन्त्य लगायतका माग राखेर नेविसंघले ताला लगाएको अध्यक्ष दुजाङ शेर्पाले बताए। लामो …

राजनीतिक दाउपेचको चपेटामा नेपाल संस्कृत विश्वविद्यालय
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved