Home » Archives for ज्ञानेन्द्र विवश » Page 4
Author

ज्ञानेन्द्र विवश

कलाकार गोविन्दनारायण ज्या–पूले सम्पूर्ण जीवन मूर्तिकलामै बिताउनुभयो। जीवनको उत्तरार्धमा उमेरकै कारणले काम गर्न सक्ने अवस्थामा हुनुहुन्न तर उत्साह भने कम छैन। झोँछेँस्थित निवासमा किताब पढ्ने र आफैँले बनाएका कलाकृति नियालेर रमाउँदै उहाँका दिन बित्ने गरेका छन्। रोग खासै केही नभएकाले खानपानमा बारबेर पनि छैन। आगामी साउनदेखि ९६ वर्ष लाग्दै गर्नुभएका ज्या–पू जीवित नेपाली कलाकारमध्ये सबैभन्दा ज्येष्ठ हुनुहुन्छ। वि.सं. १९८४ मा तुलसीनारायण र देवमाया डङ्गोलका जेठा छोराका रूपमा उहाँको जन्म काठमाडौंको भीमसेनस्थानमा भएको हो।

उहाँ वि.सं. २०११ देखि अनवरत रूपमा नेपाल स्काउटसँग पनि आबद्ध रहँदै आउनुभयो। स्काउट छोडेको लगभग अढाइ दशक भयो होला। कला सिर्जनाका अतिरिक्त उहाँ लेखन तथा कला प्रशिक्षण …

चित्रमा त्रि–आयामिक भ्रम पैदा गर्ने सिद्धान्त ‘ज्या–पू कुञ्जी’ का प्रतिपादकः ९५ वर्षका कलाकार ज्या–पू
0 comment
0 FacebookTwitterEmail

नरोत्तमदास श्रेष्ठ– नेपाली कलाका एक सुनाम । वरिष्ठ कलाकार श्रेष्ठ कवि, कलासङ्कलक र ग्यालरी सञ्चालकका रूपमा समेत परिचित थिए । उनको अवसानसँगै उनका कामको समेत सम्झना ओझेलिँदै गर्दा प्रस्तुत गरिएको छ– यो सानो र सङ्क्षिप्त स्मृति–अभिलेख । उनको निजी निवास हरिहर भवनमा भेट्दा उनी ९२ वर्षको उमेरका थिए । उनको जन्म १९७८ सालको जेठ महिनामा काठमाडौंस्थित झोंछे टोलमा भएको थियो । पिता भगवानदास श्रेष्ठ र माता जनकमाया श्रेष्ठका जेष्ठ सुपुत्र उनी कलाका अत्यन्त सौखिन व्यक्तित्व थिए ।
उनको घरमा पुग्दा टाढैबाट कलाकृति, बोटविरुवा, बगैंचा आदिको संयोजन देखिएको थियो । त्यहाँ मैले अलग्गै कलात्मक र सिर्जनात्मक संसारको अनुभूति गरेको थिएँ । …

नेपाली कलाका एक सुनाम
0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved