Home » Archives for ज्ञानेन्द्र विवश » Page 3
Author

ज्ञानेन्द्र विवश

पाटनका मल्लकालीन नेवार राजा सिद्धिनरसिंह मल्लले मन्दिर, मूर्ति तथा वास्तुकलाका साथै अमूर्त कलातर्फ समेत धेरै रूचि लिए। हरेक वर्ष पाटन दरबार परिसरमा कात्तिक नाच नचाउने तथा शास्त्रीय सङ्गीतमा भजनहरू गाउन लगाउने परम्परा बसाले। चारसय वर्ष पूर्वका कृष्णका भक्त कवि राजाले कृष्णप्रतिको आस्थाबाट प्रेरित भई नेवार भाषामा थुप्रै भक्ति गीतहरू रचना गरे। ती गीतहरूमा प्रयोग गरिएका कतिपय शब्दहरू विभिन्न भाषाबाट आएको देखिएको हुँदा उपत्यका बाहिरका कला, संस्कृति, एवम् भाषाको प्रभाव उनीमा परेको बुझ्न सकिन्छ। उनले धेरै गीति कविता रागमालाको रूपमा लेखे। ती भक्तिगीतहरू विभिन्न ऋतु र पर्व सुहाउँदो रागमा त्यो बेलादेखि अद्यापि गाइने चलन छ।

ती भजनहरूलाई सङ्कलित गरी रागमाला सिर्जना …

सिद्धिनरसिंह मल्लका गीतमालामा आधारित चित्रकला
0 comment
0 FacebookTwitterEmail

आधुनिक नेपाली कलालाई उचाइमा पुर्‍याउने केही सीमित कलाकारमध्ये वरिष्ठ कलाकार शशीविक्रम शाहको नाम अग्रपङ्क्तिमा आउँछ। उहाँ समसामयिक नेपाली कलाजगत्‌मा अति सशक्त हस्ताक्षर हुनुहुन्छ। ‘घोडाचित्र’ अनि ‘शशी शाह’ एकअर्काका पर्यायवाची हुन् भनेमा अतिशयोक्ति नहोला। विगत तीन दशकदेखि उहाँको मूल चित्र–पात्र घोडा नै रहिआएको छ। उहाँका कुनै घोडाहरू वेगवान् समयको गतिसँगै दौडिरहेका हुन्छन्। कुनै घोडाहरू अहङ्कारले मात्तिएर हिनहिनाइरहेका हुन्छन्। कुनै घोडाहरू वर्तमानदेखि आतङ्कित भएर त्राहिमाम भइरहेका हुन्छन्। कुनै घोडाहरू विसङ्गति र बेथिति विरुद्ध विद्रोह र आक्रोश पोख्दै बुर्कुसी मारिरहेका हुन्छन्। कुनै घोडाहरू अनन्त सङ्घर्षदेखि थकित र गलित भएर सुस्ताइरहेका हुन्छन्।

उहाँ स्वयम्‌का व्याख्यानुसार यी घोडाहरू समय र समाजका प्रतिनिधि पात्र हुन्। उहाँ …

बुर्कुसी मारिरहेका घोडाचित्र विसङ्गति र बेथिति विरुद्धका विद्रोह हुन् : कलाकार शशी शाह
0 comment
0 FacebookTwitterEmail

मध्य तथा सुदूर पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका आदिबासी थारू समुदायले थारू लोकचित्रकला अर्थात् ‘अष्टिम्की’ चित्रकला र ‘सख्या’ बनाउने गर्छन्। यसरी बनाइने र पाइने थारू चित्रकला र हस्तकलाका सिर्जनाहरू स्थानीय लोकजीवनका परम्परागत लोककलाका साक्षी सिर्जना हुन् । यी चित्र तथा मूर्तिहरूले थारू समाज र संस्कृतिमा कलाको के कति महत्व रहेछ र तिनको प्रयोग र प्रचलनका बारेमा पनि थप जानकारी हासिल गर्न सकिन्छ । उनीहरूका यी कलाले स्थानीय जीवन र प्रकृति तथा समाज र प्राचीन संस्कृतिको पनि चित्रात्मक अभिव्यक्ति दिँदै आइरहेको पाउन सकिन्छ ।

वास्तवमा यी कला स्थानीय जीवनका शाश्वत सिर्जना हुन् । यी कला स्थानीय …

मध्य, सुदूर तथा पश्चिम नेपालका थारू लोककला र कलाकार
0 comment
0 FacebookTwitterEmail

कलाकार दुर्गा बराल राजधानीबाहिर (पोखरामा) बसेर छ दशकदेखि अविराम कलासाधना गर्दै आउनुभएको छ। उहाँको ख्याति पोखरामा मात्र सीमित छैन, उहाँ राष्ट्रिय व्यक्तित्वका रूपमा सुपरिचित हुनुहुन्छ। चित्रकारीका अतिरिक्त व्यङ्ग्यचित्र (कार्टुन) विधामा उहाँ ‘वात्स्यायन’ नामबाट झन् बढी परिचित हुनुहुन्छ। उहाँको जन्म वि.सं. १९९९ सालमा पोखराको आर्वामा भएको हो।

आफ्नो बाल्यकालबारे उहाँ भन्नुहुन्छ– “म दुई वर्ष पुग्दा मेरी आमाको स्वर्गवास भएको थियो। मेरो जन्मथलो आर्वा गाउँ अति मनमोहक थियो। त्यहीँकै वन, पाखा, झरना र खोलाका बगरमा मैले आफ्नो बाल्यकाल बिताएँ। म आठ वर्षको उमेरमा गाउँ छाडी पोखरा मामा कहाँ बस्न आएँ। स्कुलमा हुँदा पढाइमा भन्दा बढी चित्र बनाउनमा मेरो ध्यान केन्द्रित रहन्थ्यो। त्यो …

व्यङ्ग्यकला र चित्रकलामा दुर्गा बराल
0 comment
0 FacebookTwitterEmail

कलाकार हरिप्रसाद शर्मा नेपाली चित्रकलामा इतिहास, संस्कृति र पुराना जीवनशैलीलाई कलामा उतार्ने सशक्त चित्रकार हुनुहुन्छ । उहाँ प्राचीन सभ्यता, संस्कृति र परम्परालाई कलाका माध्यमबाट जीवन्त र कलात्मक स्वरूपमा आकृतिबद्ध गर्दै जीवनको वयोवृद्ध उमेरमा पुगिसक्नुभएको छ । ८५ वर्षको उमेरमा पनि उहाँले कलाकर्मबाट बिदा लिनुभएको छैन । अहिले पनि उहाँ ऐतिहासिक कलाकारितामा चित्ररचना गरिरहनुभएको छ । उहाँको यो समर्पण र निरन्तरको योगदान नेपाली कलाका लागि अहोभाग्य नै हो ।

कलाकार शर्माका कलारचनामा मूलत: नेवार समुदायको जनजीवन र संस्कृतिको सग्लो झलक पाइन्छ । उहाँले नेपालको इतिहास तथा आख्यानहरूमा वर्णित घटना, प्रकरण तथा पात्रहरूमा आधारित चित्र पनि उल्लेखनीय सङ्ख्यामा बनाइसक्नुभएको छ । शर्माले …

‘मन नहर्ने वा मनलाई छुन नसक्ने कला पनि के कला !’
0 comment
0 FacebookTwitterEmail

राजा वीरेन्द्रका कलागुरु हुनुहुन्छ– कलाकार विजय थापा। वीरेन्द्र शाहका नाममा राजा वीरेन्द्रले केही चित्ररचना गरेको सार्वजनिक भएकै हो। यसरी राजा वीरेन्द्र युवराज हुँदै उहाँले कला सिकाउने अवसर पाउनुभएको थियो। उहाँ भन्नुहुन्छ– ‘वि.सं. २०१९÷०२० सालमा श्री ५ युवराजाधिराज वीरेन्द्रवीरविक्रम शाहलाई नारायणहिटी राजदरबारको बङ्गला नं. १ मा केही महिना चित्रकला सिकाउने जस्तो महत्वपूर्ण जिम्मेवारी पाउँदा मैले त्यो भूमिका अत्यन्त सहजताका साथ पूरा गरेको थिएँ।’

कलाकार विजय थापाको जन्म वि.सं. २००० सालमा नवलपरासीको रामनगरमा भएको हो। उहाँका बुबाआमा बलबहादुर थापा क्षेत्री र सन्तकुमारी थापा हुनुहुन्छ। उहाँको पुर्खौली थलो लम्जुङ हो।

उहाँ भन्नुहुन्छ— ‘त्यो बेला तराईमा पहाडेहरू कमै ओर्लिन्थे। थारुहरूको घना बस्तीमा हाम्रो घर …

राजा वीरेन्द्रका कलागुरु कलाकार विजय थापा
0 comment
0 FacebookTwitterEmail

अरूले गरेको सिर्जनात्मक कर्ममाथिको उत्खनन कार्य समीक्षा हो। त्यस उत्खननमा सबल र दुर्बल पक्षका साथै त्यसमा निहित मौलिक सिर्जनात्मक पक्षको स्वविवेकले गरिने निष्पक्ष मूल्याङ्कन पनि हो। यसबाट एकातिर कलाकारको कामको सही विश्लेषण हुन्छ भने अर्कोतिर समीक्षक स्वयम्को पनि मूल्याङ्कन हुन्छ। सही समीक्षा लेखनले नै कुनै पनि कला र त्यसका सर्जक कलाकारको चर्चा–परिचर्चाले उचाइ–यात्रा वरण गर्छ। यही कारण सामान्य सिर्जनाले पनि विश्व प्रसिद्धि कमाउन सक्छ, सकिरहेको छ। जस्तो कि शताब्दिऔँअघि रचना गरिएका साहित्य तथा कलाको चर्चा र तिनको विषयमा अद्यापि विश्वका धेरै बौद्धिक समुदाय अनभिज्ञ छैनन्। किनभने तिनको समीक्षा, समालोचना यथेष्ट मात्रामा भएका छन्।
त्यसर्थ कुनै पनि सिर्जनाका लागि त्यसको सही …

कलासमीक्षा, अनुवाद र अन्वेषण : कला र कलाकारको प्रसिद्धिका लागि
0 comment
0 FacebookTwitterEmail

काठमाडौंको माइतिघर चोकमा निर्मित बृहत् आकारको मौलिक एवम् परम्परागत नेपाली शैलीमा आधारित ‘मण्डल’ को प्रारूप (प्रोटोटाइप डिजाइन) कलाकार वत्सगोपालले नै बनाउनुभएको हो ।

नेपाली कलाजगत्मा आध्यात्मिक एवम् नेपाली सांस्कृतिक सम्पदालाई आधुनिक शैलीमा अभिव्यक्त गर्दै आउनुभएका सशक्त सर्जक हुनुहुन्छ– कलाकार वत्सगोपाल वैद्य । उहाँको सर्वाधिक प्रिय सिर्जनाको विषय–शृङ्खला ‘भगवान् गणेश’ हो। यसै शृङ्खलामा उहाँले अनेकौं कलासिर्जना गर्नुभएको छ । उहाँको जन्म वि.सं. २००३ सालमा ललितपुरको सौगलमा भएको हो । उहाँका बुबाआमा श्रीकृष्णगोपाल वैद्य र पूर्णमाया वैद्य हुनुहुन्छ।

पाटन हाइस्कुलबाट प्रारम्भिक शिक्षा हासिल गर्नुभएका उहाँलाई विद्यालय जीवनमा चित्र, साहित्य, नाचगान, सङ्गीत भनेपछि अरू केही चाहिँदैनथ्यो । आफ्नो विगत सम्झिँदै वैद्य भन्नुहुन्छ– “मेरा …

गणेश, सम्पदा र मण्डल शृङ्खलामा वत्सगोपालको अविच्छिन्न अभिव्यक्ति
0 comment
0 FacebookTwitterEmail

चित्रकलामा स्टिललाइफ, पोट्रेट र ल्याण्डस्केपको भूमिका अत्यन्त ठूलो हुन्छ। सामान्यत: कलाको परिभाषाभित्र रहेर हेर्दा यसमा यिनको भूमिका गौंण देखिन्छ तर कलामा यसको शिल्पदक्षता र मौलिक सौन्दर्यको उपस्थिति अनिवार्य हुनका लागि कुनै पनि विधाका कलाकारमा स्टिललाइफ, पोट्रेट र ल्याण्डस्केप गर्न सक्ने हैसियत वा क्षमता हुनु अति आवश्यक हुन्छ। त्यसमध्ये पनि स्टिललाइफको अध्ययन त झन् बढी आवश्यक हुन्छ।

झट्ट हेर्दा आधुनिक कलारचनामा यिनको केही भूमिका देखिँदैन। यद्यपि कुनै पनि कलाको जग भन्नु नै स्टिललाइफ, पोट्रेट र ल्याण्डस्केपमा सबल दक्षता हुनु हो। त्यही दक्षताबाट नै कलामा आफ्नो अलग्गै कलाशैली देखाउन सकिन्छ। अन्यथा कलाले सही अर्थ वा कलाको वास्तविक परिभाषा दिन सक्दैन। जसरी एउटा …

स्टिललाइफ, पोट्रेट र ल्याण्डस्केप: चित्रकलाको एक आधारस्तम्भ
0 comment
0 FacebookTwitterEmail

नेपाली शिल्पकला विधामा उहाँ एक तपस्वी कलाकार हुनुहुन्छ । शिल्पकला भनेको मिहिन काम त्यसमा पनि अनेकौं बुट्टा–बनौटले आफैंमा कलात्मक र सिर्जनात्मक हुन्छ । यस्ता कला र हस्तकला विधामा उहाँ समर्पित तथा सुपरिचित कलासाधक हुनुहुन्छ ।

उमेर गन्तीले चिनीकाजी ताम्राकार आज वैशाख ३१ गतेदेखि ८९ वर्षको हुनुभयो । केही वर्षअघिसम्म पनि उहाँ आफ्नै परम्परागत शिल्पकलामा सीप कप्न मरिहत्ते गरिरहनुहुन्थ्यो । अब चाहिँ उमेरले पनि उहाँलाई ती काम गर्न दिँदैन । उहाँ पहिलेजस्तो काम गर्न सक्नुहुन्न तर उहाँले नब्बे निकट उकालो उमेरमा प्रवेश हुँदा पनि सिर्जनात्मक कर्मलाई माया गरिरहनुभयो । वृद्ध ज्यान–प्राण त्यसमै दिइरहनुभयो । काठमाडौंको मरुस्थित पिगँनःनिमा जन्मनुभएका उहाँ छत्रबहादुर र …

नेपाली शिल्पकलाका एक तपस्वी कलाकार चिनीकाजी ताम्राकार
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved