त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। तपाइँले धेरैपटक यो विमानस्थलमार्फत देशभित्र वा देशबाहिर हवाई यात्रा गरिसक्नु भएको हुनुपर्छ। अन्तर्राष्ट्रिय वायुसेवाको उडान तथा अवतरणसँगै जोडिएको ६ दशक पुरानो इतिहास छ– यसको। काठमाडौं विमानस्थलबाट उड्दा अथवा अवतरण गर्दा जो कोहीको मानसपटलमा एउटा प्रश्न उठिरहेको हुन्छ– विमानस्थलको धावनमार्ग छेउछाउमा बिग्रेका थोत्रा विमान किन थुपारिएका होलान् ?
विमानस्थलको कुनाकानी ठडिएका विमान देख्नेका मनमा किन यसरी राखिएको होला भन्ने भइरहेको वेला राख्ने कार्यालयलाई पनि पन्छाउन पाए हुन्थ्यो भन्ने होला कि न होला ? भए आवश्यक प्रयत्न गर्दा रोक्ने ‘प्रक्रियागत झन्झट’ कहिलेसम्म रहिरहला आमचासोको विषय भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडान तथा अवतरणका क्रममा स—सानो दुर्घटनामा परेका …
यशोदा भण्डारी/काठमाडौँ
मृग पालेर उर्वर मृगस्थलीलाई उजाड मरुभूमि जस्तो बनाइएपछि बल्ल अहिले कोषले राष्ट्रिय वन्यजन्तु विभागलाई केही मृग हस्तान्तरण गर्ने पहल थालेको छ। पर्याप्त चरन क्षेत्र चाहिने यस्ता प्रकृतिप्रेमी जनावरलाई तारजालीभित्र थुनेर कोषले धार्मिक क्षेत्रमा किन अपराध गरिरहेको छ ?
झट्ट हेर्दा रमाइलो लाग्छ। फोटो खिचाउन झुम्मिएका सर्वसाधारण, हातमा चाउचाउ र बिस्कुट लिएर लाइन लागेका अवलोकनकर्ता अनि मान्छेलाई देखेर नजिकिएका तारबार भित्र थुनिएका सुन्दर मृगको बथान।
हिन्दू धर्मसँग जोडिएको पवित्र पाशुपत क्षेत्रको श्लेस्मान्तक वनको मृगस्थलीमा देखिने यो सामान्य दृश्य हो। २०६१ सालमा सदर चिडियाखाना जाउलाखेलबाट तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोषसँगको सहकार्यमा पशुपति क्षेत्र विकास कोषले १८ वटा कृष्णसार, १० वटा चित्तल …
ढुवानी र सार्वजनिक यातायातको भाडा बढेसँगै खाद्य सामग्रीको मूल्य पनि अकासिन्छ र त्यसको प्रत्यक्ष असर सर्वसाधारणलाई नै पर्छ । मूल्यवृद्धिले चौतर्फी महँगी बढिरहेको तर त्यतातिर ध्यान नदिएको सरकारले इन्धनको मूल्य बढाएर थप मूल्यवृद्धिको चलखेल गरेको छ ।
—-
पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्दै आएको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दश रुपैयाँले बढाएको छ । अहिले बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ रहेको छ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २०० रुपैयाँले बढेको छ । बजारमा अहिले खाना …
खोइ कुवा? न छ पोखरी, न त ढुंगेधारो
पानीका भरपर्दा स्रोत (ढुङ्गेधारा, कुवा र पोखरी) संरक्षण गर्दा संकटका सारथी बन्छन् भन्ने एउटा गतिलो उदाहरण धुम्बाराही चोकसँगैको जोर कुवा हो । जहाँ वर्षैभरि पानी जम्मा भइरहन्छ र आसपासका सयौं सर्वसाधारण वर्षौदेखि यही कुवाको पानीमा आश्रित छन् ।
—-
ढुंगेधारा र कुवाको इतिहास काठमाडौको प्राचीन सभ्यतासँग जोडिएको छ। अहिलेको पुस्ता भने ढुंगेधारा अथवा कुवाको महत्त्व थाहा पाउनेस्थितिमा छैन। कुवाको चिसो पानी अथवा ढुंगेधाराबाट कलकल निस्कने भूमिगत पानीलाई आधुनिकताले पुरिदिएको छ।
पानीका यी मुहान संकटमा पारेका छन्। परिणाम काठमाडौको तिर्खा मेट्ने भरपर्दा स्रोत कुवा, ढुङ्गेधारा तथा इनारहरू लगभग मासिएका छन्। जति अस्तित्वमा …
महानगरको नेतृत्वमा पुग्ने जनप्रतिनिधि भने जनतालाई फोहोरको तमासा देखाएर यसैमा राजनीति गर्दै आएका छन्। अहिलेको काठमाडौको फोहारको समस्या त्यसैको नतिजा हो। यो अवस्थामा एउटा स्वाभाविक प्रश्न उठ्छः यो फोहोरको राजनीति के अहिलेको चुनावपछि चुनिने नेतृत्वले अन्त्य गर्ला त ?
–
हुन त काठमाडौं उपत्यकाका लागि फोहोर व्यवस्थापन नौलो समस्या हैन। यो हरेक दिन बल्झि रहन्छ र उपत्यकाका नागरिकले पाइलै पिच्छे फोहोरको डङ्गुर छिचोलेर अघि बढ्नुपर्छ तर यसपटक फोहोरको तमासा अचाक्ली दोहोरीएको छ। हप्तौंदेखि सडक पेटी तथा सार्वजनिक स्थानमा अलपत्र फोहोर नउठ्दा सर्वसाधारणलाई समस्या परेको छ।
काठमाडौको मध्येबानेश्वरस्थित थापागाउँको ओरालोमा वर्षौंदेखि व्यवसाय गर्दै आएका मातृका गौतम स्कूल तथा व्यवसायिक व्याग सिलाउने …
एउटा सेक्सनको काम पूरा भइसकेपछि मात्र अनुभव र कामको आधारमा थप क्षेत्रमा तार भूमिगत् गर्न दिने रणनीति अपनाएको सडक विभाग विद्युत् प्राधिकरणले गरेको पहिलो चरणको कामबाटै सन्तुष्ट छैन ।
काठमाडौं उपत्यकाका पोलपोलमा कुरूप र अव्यवस्थित तरिकाले झुन्डिएका बिजुलीका तार भूमिगत, स्वचालित र व्यवस्थित गर्ने उद्देश्यका साथ नेपाल विद्युत् प्राधिकरणले विद्युत्तीय प्रणालीलाई भूमिगत गर्ने योजना सुरु गरेको ३ वर्ष भएको छ ।
निकै प्रचारप्रसार र तामझामका साथ सुरु गरिएको योजनालाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका थिए । २०७६ फागुन ५ गतेबाट तार भूमिगत गर्ने कार्य सुरु गरेको प्राधिकरणले २०७८ मङसिरभित्रै पहिलो चरणमा, महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रको काम सक्ने घोषणा …
यी घोडचढी सालिकहरू नेपाली सम्पदा र इतिहासको खास कालखण्डका बिम्ब हुन्। यस्ता सम्पदाले युरोपेली मूर्तिकलाको अध्ययन र अध्यापनको बारेमा जानकारी दिने मात्र होइन, भावी पुस्तालाई इतिहास बुझाउन समेत मदत गर्छ तर तिनको उचित संरक्षण भने हुन सकेको छैन।
राणाकालमा विश्वभर कहलिएको एशियाकै विशाल परेड मैदान काठमाडौको टुँडिखेल। अहिले यो टुँडिखेल उहिलेको जस्तो रहेन। शताब्दी पुरुष सत्यमोहन जोशीका अनुसार टुँडिखेल २०१७ सालसम्म निकै विशाल थियो। अहिलेको जस्तो टुक्राटुक्रामा बाँडिएको थिएन।
रानीपोखरीको दक्षिणी रत्नपार्कदेखि हाल नेपाली सेनाको मुख्यालय रहेको स्थानसम्म यो मैदान फैलिएको थियो। अहिलेको दशरथ रङ्गशालालाई सानो टुँडिखेल मानिन्थ्यो। विशाल टुँडिखेलको बीचमा ऐतिहासिक खरीको बोट थियो। यो त्यही रुख थियो– जहाँबाट …
जलवायु परिवर्तनकै कारण नेपाललाई हरेक वर्ष कुल गार्हस्थ्य उत्पादनको करिब २ देखि ३ प्रतिशत घाटा लागिरहेको छ। पैसामा हिसाब गर्ने हो भने ६० देखि ९० अर्ब रुपैयाँसम्म नेपाललाई हरेक वर्ष नोक्सान भइरहेको छ। युनाईटेड ईन साइन्स जर्नलमा छापिएको संयुक्त राष्ट्र संघको पछिल्लो अध्ययन अनुसार यो नेपाल जस्ता हिमशृङ्खलायुक्त मुलुकको साझा समस्या हो।
राष्ट्रसंघको रिपोर्ट अनुसार सन् २०१५–२०१९ सम्म औसत तापमान सन् २०११–२०१५ को तुलनामा ०.२ डिग्री सेल्सियस बढेको छ। युनाइटेड इन साइन्स नामक जर्नलमा प्रकाशित रिपोर्टमा तापमान सन् १८५०– १९०० सम्म १.१ डिग्री सेल्सियस बढेको र सन् २०१५– २०१९ मा तापमान ०.२ डिग्री सेल्सियस बढी भएको उल्लेख छ। तामक्रम बढेकै …
अहिले काठमाडौ उपत्यकाको तिर्खा मेट्न मेलम्चीको पानी वितरण गर्न थालिएको छ । पानी वितरण र व्यवस्थापनको चुनौतीबाट गुज्रिरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई भने सरकारी तथा सार्वजनिक निकायमा जडान भइसकेको धारामा पानी पठाउने कि धाराको लाइन नै बन्द गर्ने भन्ने दवाव छ । किनभने केयुकेएलको बक्यौता सूचीमा, विभिन्न सरकारी निकाय उद्योग, ठूला होटल तथा केही घरायसी ग्राहकको खातामा अहिले ३० करोड भन्दा बढी बक्यौता बाँकी छ । जसमा सरकारी कार्यालय कै बक्यौता ६ करोड भन्दा माथि छ ।
अहिलेसम्म केयुकेएलले ३० करोड रुपैयाँभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको बताए पनि त्यसमा त्रिपुरेश्वर शाखाको विवरण अझै समेटिएको छैन । यो …