पछिल्लो समय नेपालमा बालबालिका हराउने क्रम बढेको छ । प्रहरीको तथ्यांक अनुसार नेपालमा वर्षेनी औसतमा तीन हजार बालबालिका हराउने गर्छन् । हराएका मध्ये कति त फेला नै पर्दैनन् । हराउनेमा बालकको भन्दा बालिकाको सङ्ख्या धेरै रहेको छ । हराएका बालबालिकाको खोजतलास गर्ने राष्ट्रिय बालअधिकार परिषद्का अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ४ हजार ६ सय ४६ बालबालिका बेपत्ता भएका छन् । यस अनुसार मासिक करिब ४०० हाराहारीमा बालबालिका हराउने गरेका छन् भने दैनिक १० जना भन्दा बढी बालबालिका हराउने गरेका छन् । गत वर्षको साउन महिनादेखि यो वर्षको असार मसान्तसम्म हेर्दा ३ हजार ४ सय ३१ जना बालिका हराएका छन् । …
यशोदा भण्डारी/काठमाडौँ
काठमाडौं महानगरपालिकाको नगरकार्यपालिका बैठकले काठमाडौं भित्रका होटेल, रेस्टुरेन्ट, बैंक, गैरसरकारी संस्था तथा अन्य व्यवसायिक क्षेत्रले सञ्चालन गरेको शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने निर्णय गर्यो। महानगरको अभियानमा निजी क्षेत्रले ऐक्यवद्धता जनाए। निजी क्षेत्रले महानगरका मेयर बालेन्द्र साहसँग हातेमालो गरेपछि काठमाडौं महानगरका सबै वडामा सुविधायुक्त शौचालयमा सर्वसाधारणको पहुँच पुग्यो। तर तपाईंले कहिल्यै महानगरले बनाएको, चलाएको अथवा ठेक्कामा लगाएको शौचालय प्रयोग गर्नुभएको छ ? अथवा महानगरको नयाँ नेतृत्वसँग हातेमालो गर्ने निजी क्षेत्रले चलाएको शौचालयमा जानु भएको छ ? यो आज हामीले खोजेको विषय हो।
यसका लागि एउटा गतिलो उदाहरण हो: काठमाडांैको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह अगाडि रहेको सार्वजनिक शौचालय। समाज कल्याण परिषद्ले सन् २०१६ को …
नेपालमा इन्धनको एकलौटी कारोबार गर्ने नेपाल आयल निगमले बढ्दो महँगीका कारण उपभोक्ताले आक्रोश पोख्न थालेपछि फेरि खाना पकाउने ग्यासमा दुई रङको सिलिण्डर प्रयोगमा ल्याउने र घरायसी उपभोक्तालाई राहत दिने आश्वासन बाँडेको छ । जबकी यो १० वर्ष अघि नै असफल भएको कार्य योजना हो ।
रुस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र डलरको भाउ बढ्दै गएपछि नेपाल आयल निगमले हरेक साता पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहेको छ । मूल्य घटाउँदा अथवा बढाउँदा भने निगम सञ्चालक समितिले कहिल्यै निगम भित्रको आर्थिक स्थिति सम्बन्धी श्वेत पत्र जारी गर्दैन । विश्व बजारमा तेलको भाउ बढेको र भारतीय आयल कर्पोरेशनले मूल्य बढाएर …
सन् १९९५ मा कंगोमा इबोला भाइरसको महमारी फैलियो । रोगको स्रोत थियो– संक्रमणबाट मरेका बाँदर तथा चिम्पाञ्जी । इबोला संक्रमणबाट मरेका बाँदर तथा चिम्पाञ्जी सफा गर्ने क्रममा मानिसमा फैलिएको भाइरसले कंगोमा करिब दुई सय ४५ जनाको ज्यान लियो ।
यही भाइरस सन् २००८ को फेब्रुअरीमा युगाण्डामा देखियो । जसमा झण्डै ५० जनाले ज्यान गुमाए । बाँदर तथा चिम्पाञ्जी कै कारण युगाण्डा हुँदै इबोलाको महामारी छोटो समयमै अफ्रिकी मुलुकहरू नाइजेरिया, गिनी, सेयरालियोन हुँदै लाइबेरियासम्म फैलियो । विश्व स्वास्थ्य संगठनका अनुसार, गिनी, सेयरालियोन र लाइबेरियामा इवोलाले एक सय भन्दा बढीको ज्यान लियो ।
यस्तै जंगली बाँदरबाट सर्न सक्ने घातक भाइरस अध्यनका क्रममा …
मानिसको सबैभन्दा पुरानो साथी हो कुकुर। तर कोरोना महामारीका बेलामा आफूलाई संकट आएपछि काठमाडौँ उपत्यकामा धेरै मानिसले आफ्नो पुरानो साथीलाई सडकमा धपाइदिए र बनाइदिए छाडा कुकुर।
कोभिड महामारी अगाडिको एक तथ्याङ्कका अनुसार काठमाडौँ उपत्यकाका सडकहरूमा एक लाखभन्दा बढी छाडा कुकुर भौतारिरहेका छन्। कोरोनाको समयमा रोग सङ्क्रमणको त्रास, कुकुरको उपचार र खानेकुराको अभाव, अकस्मात् शहर नै छाडेर बाहिरिनु पर्ने दबाब जस्ता अनेकन कारणले मानिसहरूले आफूले पालेका कुकुरलाई सडक छाडिदिए। यतिबेला कति कुकुर सडकमा भौँतारिएका छन् कसैलाई पनि थाहा छैन। तर कुकुरको व्यवस्थापन हरेक स्थानीय सरकारका लागि चुनौतीपूर्ण बनेको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर …
“रातो कर माफ गर” नाराका साथ नेपाली अधिकारकर्मीहरूले निरन्तर संघर्ष गरेपछि सरकारले महिलाहरूले महिनाबारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याडको आयातमा लाग्दै आएको भन्सार शुल्क १० प्रतिशतमा सीमित गर्यो। झट्ट हेर्दा सरकारको यो कदमबाट अधिकारकर्मीको आवाज सम्बोधन भएको देखिन्छ तर यो कर छुटको निर्णयसँग जोडिएको स्वार्थ समूहको नाफा घाटाको हिसाबले केही माफिया मालामाल हुने र स्वदेशी उद्योगी धरासायी हुने परिस्थिति सिर्जना भएको छ। त्यसैले स्वदेशी उद्यमी आन्दोलित भएका छन्।
सरकारले स्वदेशी उत्पादनको खपत बढाउने, व्यापार घाटा कम गर्ने र आयातमुखी अर्थव्यवस्थालाई आत्मनिर्भर अर्थतन्त्र बनाउने घोषणासहित ल्याएको आर्थिक वर्ष २०७९/८० को बजेटमा भएको यो व्यवस्था सुरुबाटै विवादमा छ। भाषणमा सरकारले महिलाको स्वास्थ्य …
अव्यवस्थित सहरीकरण, जग्गाको लोभले पुरिएका खोल्सा एवं नालाहरू मात्र होइन जलवायु परिवर्तनका कारण पहिला पहिला दुई दिनमा पर्ने पानी अहिले दुई घण्टामै आउँछ जसले गर्दा एक छिनमै पानी धेरै ठाँउमा जमिसकेको हुन्छ र त्यसले निकास पाउँदैन र काठमाडौँ पानी परेको केही क्षणमा नै डुब्छ।
काठमाडौको थापागाउँ नजिक धोवी खोलाको किनारमा वर्षौंदेखि छाप्रो हालेर बसेका ८० वर्षीय चक्रबहादुर लामा रातभरि परेको झरीका कारण छाप्रो भित्र पसेको पानी सफा गर्दै हुनुहुन्थ्यो। लामाका लागि यो नित्य कर्म जस्तै सामान्य समस्या हो। ‘सानो दर्के झरी परेपछि धोवीखोला उर्लिएर आउँछ’, लामाले भन्नुभयो– ‘खोलाले ढलको निकास छेक्छ अनि बाटोबाट ढल उम्लिन थाल्छ। पानी दर्किन थालेपछि सामान …
काठमाडौं उपत्यकामा वर्षौंदेखि सञ्चालनमा रहेका केही पेट्रोल पम्प भने सडक विस्तारका क्रममा घर भित्रै पसेका छन्। घर भित्रैबाट सञ्चालित पम्पलाई नेपाल आयल निगमले निर्वाध इन्धन बिक्री वितरणका लागि अनुमति दिइरहेको छ।
गत आइतबार काठमाडौं महानगरपालिका वडा नम्बर १२ टेकुस्थित कनक पेट्रोल पम्पमा इन्धन राख्ने ट्याङ्कीको ढकन वेल्डिङ गर्ने क्रममा ग्यास विष्फोट हुँदा किशोरी साहको मृत्यु भयो। पर्सा जगन्नाथपुर गाउँपालिका–३ घर भई हाल कालीमाटी बस्ने १८ वर्षीय दिपककुमार साहको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रहरी वृत्त कालीमाटीका प्रमुख डीएसपी अनिल घिमिरेका अनुसार यो पेट्रोलियम पदार्थ जस्तो अत्यन्त प्रज्वलनशील पदार्थ भण्डारण गर्ने संरचना निर्माणमा भएको लापर्बाहीको परिणाम हो। जबकी …
आज जुन ५, विश्व वातावरण दिवस। ज्येष्ठ शुक्ल षष्ठी अर्थात् सिथि नखः। पानीका श्रोतहरूको सरसफाइ र सुव्यवस्था गर्ने पर्व। अरू वातावरणसम्बन्धी यी दुई पर्व मनाइरहेका बेलामा काठमाडौँको एउटा अव्यवस्थित बस्ती कपनमा भने आकाशतिर हेरेर पानी पर्ने हो की बाढी आउने हो भनेर बस्न बाध्य छन् स्थानीय बासिन्दा।
कपनको मिलन चोक आसपासको क्षेत्र भएर बग्ने ठाडो खोला वातावरणलाई पूरै वेवास्ता गरेर नेपालमा विकास कसरी हुन्छ र त्यसले कसरी विनाश ल्याउँछ भन्ने कुराको राम्रो उदाहरण हो। विकास यसरी चाहिँ गर्न हुँदैन भनेर पाठ्यपुस्तकको एउटा पाठ बनाएर विद्यार्थीलाई पढाउनु पर्ने उदाहरण हो।
काठमाडौंको कपन मिलन चोक, भृकुटी चोक, तेन्जिङ चोक वर्षायाम सुरुभएपछि सँधै …
“रातो कर माफ गर” नाराका साथ स्यानेटरी प्याडमा आयातमा लाग्दै आएको करका विरूद्ध आन्दोलन गरिरहेकाहरूको मागलाई सम्बोधन गर्दै सरकारले सेनेटरी प्याडको भन्सारमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ। सेनेटरी प्याड महिलाहरूले रजस्वला भएका समयमा प्रयोग गर्ने सामग्री हो। मासिक चार दिन हुने रक्तश्राव रोक्न महिलाहरूले प्रयोग गर्ने यही सेनेटरी प्याडको आयात गर्दा लाग्ने भन्सार शुल्कका कारण महंगो बनिरहेको बेला सरकारले यसको भन्सार दर घटाएको हो।
सरकारले बजेट भाषण मार्फत यस्ता सामान नेपालमै उत्पादन गर्ने उद्योगको हकमा कच्चा पदार्थ आयातमा पनि १ प्रतिशत मात्रै भन्सार महसुल लगाउने घोषणा गरेको छ। यसबाट गुणस्तरीय सेनेटरी प्याड भित्रिने र स्वदेशमै सुपथ मूल्यमा उत्पादन …