“नमस्कार भाउजू !”
लगभग पाँच वर्षपछि यो सम्बोधन सुन्दै थिएँ म। मेरो सामुन्ने आकाशको अभिन्न मित्र उभिएका थिए। जिन्दगीमा किन त्यही मात्रै हुन्छ जुन हामी कहिल्यै नहोस् भन्ने चाहन्छौँ? मैले आकाशसँग गाँसिएका हरेक कुरासँग पिछा छुटाउन घर छोडेँ। सहर, सम्बन्धी र देश छोडेँ तर पनि कहीँ न कहीँ कोही न कोही निस्किहाल्छ मलाई उनीसँग जोड्ने।
एक मनले सोचेँ-मज्जाले झपारौँ मेरो सामुन्ने उभिएका आकाशको मित्रलाई, तर सकिनँ। उनको के गल्ती थियो र? जोसँग गुनासो थियो उसैलाई झपार्ने हिम्मत नभएकी म उनलाई कसरी झपार्थेँ, केवल ‘भाउजू’ भनेर बोलाएको भरमा ?
“भाउजू ?” मेरो सामुन्ने बसेकी मायराले आश्चर्य पूर्वक मलाई हेरिन्। मैले ओठ …