Home » Archives for ललित बोहरा/डडेलधुरा
Author

ललित बोहरा/डडेलधुरा

एक दिन बैतडीको पाटन नमुना बन्छ, त्यसपछि नमुना सहर बजारमा मान्छेलाई हिँडडुल गर्न खाली ठाउँ हुँदैन। ओपन स्पेस वा खोली ठाउँ नभएको सहर बस्ने लायक मानिँदैन। यस्तै अनेक सपना देखाइएको थियो, बैतडीका स्थानीय बासिन्दालाई।

त्यही भएर बैतडीको पाटन नमुना सहरबाट करिब ५ किलोमिटर टाढा सुन्दर डाँडामा हिरापुर पार्क निर्माणको काम थालियो। तर त्यो पार्क बनेर सकिन नपाउँदै जीर्ण बनेको छ। सल्लाका रुखमा मुनि बनेका भौतिक संरचनाहरू भताभुङ्ग छन्। स्थानीय बासिन्दाको भनाइमा सरकारी हेलचक्र्याइँ मात्र होइन त्यहाँ भएका देवीदेवता रिसाएकाले पनि पार्कको निर्माण पूरा हुन नसकेको हो।

स्थानीय बासिन्दाको मेलापात गर्ने ठाउँमा पाटन नगरपालिकामा रहेको नमुना सहर कार्यालयले करोडौँ खर्च गरेर …

0 comment
0 FacebookTwitterEmail

विषादी प्रयोग गरी छिटो तरकारी छिटो उत्पादन गरेर तत्काल आम्दानी गर्ने हतारमा कृषक देखिन्छन्। पशुपालकदेखि तरकारी उत्पादकसम्मका कृषकले उत्पादन तथा वृद्धि विकास जतिसक्दो छोटो खोजिरहेका छन्। तर सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ चाँदनीचोक पर्सेनीकी ३० वर्षीय बिन्दु शाहीले भने जलवायुमैत्री तरकारी खेती गर्नुभएको छ।

८ कट्ठा जमिनमा अहिले भिन्डी, बोडी, टमाटर, काँक्रो, खुर्सानी लगायतका कृषिउपज छन्। तर यिनको उत्पादनमा कुनै शत्रु जीव अर्थात् रोग कीरा लाग्ने डर शाहीलाई छैन।

बजारमा पाइने विषादीमा लगानी गर्न उल्टै स्वास्थ्यका लागि हानिकार हो भन्ने सामुदायिक सिकाइ केन्द्रबाट राम्रोसँग बुझेकी शाहीको जोड विषादीमुक्त तरकारी उत्पादनमा छ। गाईभैँसीको गहुँत, तितेपाती, सिस्नु, खुर्सानी, निम्बु, मेवाको

विष नहाली तरकारी फलाउने बिन्दु दिदी
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved