होटल व्यवसायीले होटल–व्यवसायलाई उद्योगसरह मान्यता दिनुपर्ने माग राखेका छन् । होटेल तथा पर्यटन व्यवसाय संघ, वीरगन्जका अध्यक्ष हरि पन्त र महासचिव माधव बस्नेतको नेतृत्वमा पुगेको टोलीले उद्योग तथा वाणिज्यमन्त्री रमेश रिजाललाई भेटी ज्ञापनपत्र बुझाउँदै सो माग राखेको हो ।
मन्त्री रिजालकै गृहनगर वीरगन्जबाट आएको टोलीले देशैभरका होटेल तथा पर्यटन व्यवसायीले पछिल्लो एक दशकदेखि विभिन्न आर्थिक समस्या झेल्दै आएको र त्यसको परिणामस्वरूप होटल व्यवसाय धराशायी बन्दै गएको दुखेसो मन्त्री रिजालसमक्ष राखेका थिए ।
मुलुकमा करिब ८० हजारको संख्यामा रहेका होटल तथा पर्यटन व्यवसायलाई सरकारले उद्योगसरहको मान्यता दिँदै होटल तथा पर्यटनमा लाग्ने बिजुलीको महसुलदर पनि उद्योगसरह नै लिनुपर्ने उनीहरूको माग थियो ।…
