२५६७ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० को तयारी पूरा भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख २२ गते बुद्धजयन्ती मूल समारोहको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। लुम्बिनी विकास कोषले लुम्बिनीमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारीबारे जानकारी गराएको हो।
लुम्बिनी स्थित अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्रमा २५६७औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह हुनेछ। ‘विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मुख्यमन्त्री, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरू, स्थानीय सरकार प्रमुखसहित उच्चस्तरीय पदाधिकारी, कुटनीतिक नियोग, विदेशी पाहुनाहरूसमेतको सहभागीता रहनेछ।
बुद्ध जयन्तीको अवसरमा यस वर्षको बैशाख बुद्ध पूर्णिमाको दिनलाई संस्कृति, पर्यटन तथा …
