Home » Archives for January 2024 » Page 15
Monthly Archives

२०८० पुष २०, शुक्रबार ०७:२९

डाक्टरको लापरबाहीले एक युवकको हात कटिएको परिवारले आरोप लगाएका छन् । दुर्घटना हुँदा भाँचिएको हात डाक्टरको गलत निर्णयले काट्नु परेको पीडित परिवारको आरोप छ ।

पर्सा जिल्ला वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ बस्ने सुदामा साहका  १७ वर्षीय छोरा भोलाकुमार साहको हात काटिएको पीडित परिवारले पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेका हुन् ।
भारतबाट नेपाल आउने क्रममा रक्सौलमा रिक्सा पल्टिदा भोला कुमारको हात भाँचिएको थियो । दुर्घटना पछि सीमावर्ती सहर रक्सौलको एसआरपिएम मेमोरियल ट्रस्ट सुपर स्पेसियलिटि हस्पिटलमा अपरेसन गरी हातमा स्टिल जडान गरी उपचार भइरहेको थियो ।
सोही क्रममा वीरगन्जमा रहेको आशाराम हस्पिटल छ, त्यहीँबाट उपचार गराउन आउनु भनेर डाक्टर अलोक
डाक्टरको लापरबाहीको कारण युवकको हात काटिएको परिवारको आरोप
0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीबीच अन्तरक्रिया सम्पन्न भएको छ। आयोग र गाउँपालिकाबीचको सम्बन्ध, दीर्घकालीन योजनालगायत विषयमा अन्तरक्रिया भएको हो।

कार्यक्रममा वित्त आयोगको काम, कर्तव्य र अधिकारका साथै छलफलका क्रममा उठेका जिज्ञासाको आयोगका अध्यक्ष बालानन्द पौडेल र सदस्य जुद्धबहादुर गुरुङले जानकारी गराउनुभएको थियो।

कार्यक्रममा आयोगका अध्यक्ष पौडेलले हेलम्बु गाउँपालिकाले प्राकृतिक स्रोतको संरक्षण तथा प्रवर्द्धनका लागि दीर्घकालीन योजना अगाडि सारेको देखिएको भन्दै पालिकाका नेतृत्वको कार्यशैलीको प्रशंसा गर्नुभयो। उहाँले जनप्रतिनिधि र कर्मचारी मिलेर मात्र काम गर्न सम्भव हुने भएकाले यो वातावरणलाई सधैँ कायम राख्न आग्रह गर्नुभयो।

अध्यक्ष पौडेलले आयोग सधैँ संवाद र समन्वयमा रहने भन्दै …

0 comment
0 FacebookTwitterEmail

नेपाल र भारतबीच बिजुली खरिदबिक्रीका लागि महत्वपूर्ण मानिएका तीन वटा प्रसारण लाइनको १९ पुसमा उद्घाटन भएको छ। परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करले १९ पुसमा कुशाहा–कटैया, परवानीपुर–रक्सोल र मैनहिया– न्यू नौतनवा प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गर्नुभयो।

त्यस अवसरमा उपस्थित ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दुई देशबीचको विद्युत् व्यापारका लागि १९ पुसदेखि सञ्चालन भएका प्रसारण लाइन द्विपक्षीय ऊर्जा  व्यापारका निम्ति उपलव्धिपूर्ण भएको  बताउनुभयो।  उहाँले दुई देशबीच बिजुली खरिदबिक्रीका लागि विद्यमान संरचनाको अधिकतम उपयोग गर्ने विषयमा महत्वपूर्ण काम भएको बताउनुभयो। ती प्रसारण लाइनमध्ये दुईवटा यसअघि नै सञ्चालनमा आइसकेको भए पनि दोस्रो सर्किट थप भएका हुन। परवानीपुर–रक्सौल, कुशाहा कटैया …

0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच भएको बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सम्झौता विद्युत् व्यापारका दृष्टिले कोशेढुङ्गा भएको बताउनुभएको छ। रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवनको १९ पुसमा उद्घाटन गर्दै प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा भएको सो सहमतिले नेपालको ऊर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो।

आफ्नो भारत भ्रमणका क्रममा दश वर्षमा दश हजार मेगावाट विद्युत् भारतलाई बिक्री गर्ने सम्झौता भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आजको सहमतिसँगै विद्युत् निर्यात गर्ने बाटो खुलेको बताउनुभयो। “यो आफैँमा उपलब्धि हो, भारतमा मात्रै होइन, बङ्गलादेशमासमेत विद्युत् निर्यातको ढोका खुलेको छ”, उहाँले भन्नुभयो, “अब भारतको ग्रीड प्रयोग गरी बङ्गलादेशसँग विद्युत् व्यापार हुनेछ।”…

0 comment
0 FacebookTwitterEmail

सिरहाको गोलबजार नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत् महसुल बुझाएको छ। नगरपालिकाले कृषि विद्युत् महसुल अनुदान कार्यक्रमअन्तर्गत करिब रु आठ लाख महसुल विद्युत् प्राधिकरणलाई बुझाएको हो।

नगर प्रमुख श्यामकुमार श्रेष्ठले १९ पुसमा आयोजित एक समारोहकाबीच विद्युत् प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख मनोजकुमार शर्मालाई रु सात लाख ९७ हजारको चेक हस्तान्तरण गर्नुभयो। भुक्तानी भएको रकम साउनदेखि अहिलेसम्मको भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो। वडा नं १ लहान वितरण केन्द्रले हेर्ने भएकाले त्यसका लागि रु ५० हजार निकासा भएको कृषि शाखाका वीरेन्द्र यादवले जानकारी दिनुभयो।

पालिकाले गत असारमा सम्पन्न नगरसभाबाट कार्यविधि पास गरी प्रमाणीकरण गरेको भए पनि लेखा तथा …

0 comment
0 FacebookTwitterEmail

रुकुम पश्चिममा यो वर्ष उत्पादन भएको २१ मेट्रिकटन मह बेचेर दुई करोड ५० लाख रुपैयाँ गाउँ भित्रिएको छ। विगतका वर्षभन्दा यस वर्ष महको उत्पादन बढेको हो।

किसानले मह बेचेर रु दुई करोड ५० लाख कमाइ गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख मीनबहादुर केसीले जानकारी दिनुभयो। जिल्लाको बाँफिकोट गाउँपालिका, आठविसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा मह उत्पादन हुँदै आएको छ। किसानले प्रतिकिलो रु एक हजार दुई सयमा मह बेचेका छन्।

मौरीले मह लगाउने याममा वर्षा नभएका कारण मह उत्पादन बढेको प्रमुख केसीले बताउनुभयो। “मौरीले राम्रो चरन पाएका कारण यसवर्ष राम्रो मह उत्पादन भएको हो”, प्रमुख केसीले भन्नुभयो। जिल्लामा …

0 comment
0 FacebookTwitterEmail

जापानमा नयाँ वर्ष २०२४ को पहिलो दिन सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मर्नेको सङ्ख्या ८४ पुगेको छ भने ५१ जना अझै बेपत्ता छन्।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले विपद्को पहिलो ७२ घण्टाभित्र जीवन बचाउन उच्च प्रयास गर्दै जीवन सुरक्षाका लागि आपूर्तिलाई अधिकतम बनाउन आग्रह गर्नुभएको छ। जापानको विपद् व्यवस्थापन मुख्यालयको बैठकमा बोल्दै उहाँले नागरिकको जीवन रक्षाका लागि उपलब्ध सबै स्रोत परिचालन गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको हो।

भूकम्पपछिको पहिलो ७२ घण्टा उद्धारका लागि विशेष महत्वपूर्ण रहने तथा त्यस पछि बाँच्ने सम्भावना निकै कम हुने विज्ञहरू बताउँछन्। “बिहीबार साँझ भूकम्पको ७२ घण्टा हुने हुँदा विपद्मा परेका सबैको जीवन बचाउन पूर्ण समर्पणका साथ …

0 comment
0 FacebookTwitterEmail

रुपन्देही सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि आजदेखि यही फागुन ७ गतेसम्म दैनिक छ घण्टा सडक बन्द गर्न लागिएको हो।

यसअघि एक सय दिनसम्म सडक बन्द गर्ने भनेकोमा विभिन्न क्षेत्रबाट विरोध भएपछि पहिलो चरणमा झन्डै दुई महिनाका लागि मात्र सडक बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

यसबिचमा माघे सङ्क्रान्ति पर्वको अवसरमा पुस २९ गते र माघ १ गते सडक पूरा खुल्ला गरिने प्रशासन कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।

सुरुङ मार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एकदुई तथा स्लोप क्षेत्रको काम

सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द हुने 
0 comment
0 FacebookTwitterEmail

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक विभिन्न चारवटा सम्झौतामा हस्ताक्षर गर्दै  सम्पन्न भएको छ। बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको थियो।  दुवै देशबीच सम्पर्क सञ्जाल विस्तार, व्यापार, जलस्रोत, ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतका विदेशमन्त्री  एस जयशङ्करको उपस्थितिमा ती सम्झौतामा हस्ताक्षर भएको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार सरकारी संस्था वा अन्य कुनै पनि संस्थामार्फत उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

यसैगरी दुई देशबीच दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। यस सम्झौताअनुसार आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात …

0 comment
0 FacebookTwitterEmail

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो।

आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले १९ पुसको हस्ताक्षरसँगै सार्थकता पाएको हो। बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गर्नुभयो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत जेठमा गर्नुभएको भारत भ्रमणका क्रममा सो सन्दर्भमा सहमति भएको थियो। प्रधानमन्त्री दाहालका भारतीय समकक्षी नरेन्द्र मोदीले सोही अवसरमा दीर्घकालीनरूपमा नेपालको बिजुली आयात गर्न लागिएको र दुई देशका बीचमा सहमति …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved