Home » Archives for April 2024 » Page 3
Monthly Archives

२०८१ वैशाख १६, आईतवार ०९:०२

पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा महिलामा विभिन्न स्वास्थ्यसम्बन्धी जोखिम बढाएको एक अध्ययनले देखाएको छ। सेभ द चिल्ड्रेनले गरेको एक अध्ययनअनुसार वायु प्रदूषणका कारण दम, फोक्सो तथा श्वासप्रश्वास, खोकी, छालालगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखापरेका छन्। जसले बालबालिकाको वृत्तिविकासमा प्रतिकूल असर पर्नुका साथै गर्भावस्थामा रहेका महिलाको स्वास्थ्यमा समस्या र औसत आयुसमेत खस्किने गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ।

सेभ द चिल्ड्रेनका सञ्चार तथा मिडिया निर्देशक आयुष जोशीले नेपालको वायु प्रदूषण अतिप्रभावित जिल्लाहरूमध्ये काठमाडौँ र सप्तरीमा यो अध्ययन गरिएको बताउनुभयो। अध्ययनले वायु प्रदूषणको प्रभावलाई स्वास्थ्यसँग मात्र जोडेर हेर्नुभन्दा पनि बालबालिकाको समग्रहित र विकासलाई विश्लेषण गरेर बुझ्नुपर्ने आवश्यकता औँल्याएको पनि उहाँले बताउनुभयो।  …

0 comment
0 FacebookTwitterEmail

हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत पूर्वी खण्ड ढल्केबर–इनरुवा प्रसारण लाइन विस्तारका क्रममा सिरहाको लहान नगरपालिकास्थित स्थानीयले क्षतिपूर्ति नपाएको भन्दै अवरोध गरेका छन्।

प्रसारण लाइनको मार्गधिकारमा पर्ने स्थानीयले अवरोध गर्दा तार तान्ने काम शुक्रबारदेखि प्रभावित बनेको हो। प्रसारण लाइन प्रभावित क्षेत्रका पीडितले उचित क्षतिपूर्ति पाउनुपर्ने भन्दै सङ्घर्ष समिति घोषणा गरेका छन्। प्रभावित क्षेत्रका स्थानीयलाई थाहै नदिई आफूखुसी पोल र तार जडान गर्न लागेको दाबी गर्दै वडा नं ९, १०, ११, १३ र १४ का किसान मारमा परेको सङ्घर्ष समितिका अध्यक्ष ज्वालाप्रसाद चौधरीले बताउनुभयो।

“हामी विकासविरोधी होइनौँ, तर प्रभावित क्षेत्रका विस्थापित घरपरिवारको जग्गाको हालको मूल्याङ्कनअनुसारको क्षतिपूर्ति दिलाउने जुन …

0 comment
0 FacebookTwitterEmail

दक्षिण एशियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर हुने गरेको पाइएको छ। कान्तिपुर डेन्टल कलेज र नेशनल इन्टिच्यूट अफ क्रेनियोफेसियल सर्जरीले १५ वैशाख गते काठमाडौँमा आयोजना गरेको मुखको क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा दक्षिण एसियामा कुल क्यान्सरका बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर पाइएको बताइएको हो।

कार्यक्रममा नेशनल इन्टिच्यूट अफ क्रेनियोफेसियल सर्जरीका कार्यकारी निर्देशक एवम् क्रेनियोफेसियल सर्जन डा सुमित सिंहले सूर्तीजन्य पदार्थको जथाभावी प्रयोगले मुखको क्यान्सरका बिरामी बढेका बताउनुभयो।  “चुरोट, बिँडी, हुक्का, तम्बाकु, गुड्खा, पानलगायतका सूर्तीजन्य पदार्थसेवनका कारण मुखको क्यान्सरका बिरामी बढ्दै गएका छन्। नेपालमा हिमाल र पहाडको तुलनामा तराईमा मुखको क्यान्सरका बिरामीको संख्या धेरै रहेको पाइएको छ”, उहाँले भन्नुभयो। त्यसैगरी वार्षिक …

0 comment
0 FacebookTwitterEmail

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै पनि मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता आवश्यक भएकामा जोड दिनुभएको छ। अमेरिकी चेम्बर अफ कमर्श नेपालको आयोजनामा १५ वैशाखमा काठमाडौँमा आयोजित ‘युएस–नेपाल व्यावसयिक सम्बन्ध अभिवृद्धि’ विषयक अन्तरक्रियामा उहाँले नेपालले स्वदेशी वा विदेशी लगानी बढाउनका लागि नीतिमा स्पष्टता जरुरी रहेको बताउनुभयो। उहाँले आर्थिक समृद्धिका लागि पारदर्शी, स्थिर र अनुमानयोग्य नीति आवश्यक रहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो।

“अमेरिका र नेपालबीच लामो समयदेखि सम्बन्ध रहिआएको छ, अमेरिका नेपालले समृद्ध लोकतन्त्र, आर्थिक वृद्धि तथा विकास र मानवअधिकार, सामाजिक न्यायका क्षेत्रमा प्रगति गरेको हेर्न चाहन्छ”, उहाँले भन्नुभयो, “लोकतन्त्र र सामाजिक न्याय भयो भने आर्थिक …

0 comment
0 FacebookTwitterEmail

विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि चौथोपटक आफ्नो वर्चश्व कायम गर्न सफल हुनुभएको छ। ‘हिट प्रोफेसनल किक बक्सिङ’को १४ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा अपराजित हुने उहाँ विश्वको पहिलो खेलाडी हुनुहुन्छ भने चौथोपटकसम्म लगातार आफ्नो बेल्ट रक्षा गर्ने उहाँ पहिलो अन्तर्राष्ट्रिय खेलाडी बन्नुभएको छ।

जापानका प्रतिस्पर्धी हिरायामा जिनलाई नकआउट गर्दै उहाँले आफ्नो उपाधि रक्षा गर्न सफल हुनुभएको हो। जापानको नागोया सहरमा सिमराडोजोद्वारा आज आयोजित प्रतिस्पर्धामा २४ वर्षीय व्यवसायिक किक बक्सर घिमिरेले प्रतिस्पर्धीलाई चौथो राउण्डमा नकआउट गर्दै नयाँ कीर्तिमान कायम गर्नुभएको हो। ‘हिमालय चितुवा’का रूपमा परिचित घिमिरेले जापानको विश्वप्रसिद्ध क्लब सिमुरा डोजोबाट खेल्दै आउनुभएको छ।

प्रतियोगिताको मुख्य आकर्षण …

0 comment
0 FacebookTwitterEmail

सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभाव भएको छ। धरानमा खानेपानीको समस्या समाधानका लागि पटक–पटकका प्रयास सफल हुन सकेका छैनन्। अहिले सुक्खा मौसम सुरु भएसँगै खानेपानीको अभाव बढ्दै गएको पाइएको छ।

धरान उपमहानगरपालिका–३ का तारा श्रेष्ठ उहाँले आफूहरुले वर्षैपिच्छे खानेपानीको अभाव झेलिरहेका गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, “पानी नआएको हप्ता दिन भएको भइसकेको छ। ट्याङ्करबाट पानी ल्याएर खानुपर्ने अवस्था छ। समस्या समाधान कहिले कोला भनेर कुर्दै बसेका छौँ। ”

पानीको अभावमा भोगिरहनुभएका विकास बनेपाली ट्याङ्करको पानी खरिद गर्न बाध्य भएको सुनाउनुभयो। उहाँले भन्नुभयो, “नुहाउन, लुगा धुन, भाँडा माझ्नका लागि पनि जार वा ट्याङ्करको पानी प्रयोग गर्नुपर्ने अवस्था छ। धरानमा खानेपानीको समस्या …

0 comment
0 FacebookTwitterEmail

अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित हुनुहुन्छ। उहाँले निर्देशन गर्नुभएको चर्चित नाटक हो ‘डिग्री माइला’। त्यही नाटकको मूल कथालाई टेकेर बनेको डिग्री माइला अहिले चलचित्रका रुपमा प्रदर्शनरत छ। नाटक निर्देशनकै बेला उहाँले शैक्षिक बेरोजगारीको कथालाई रोज्नुभएको थियो। डिग्री माइलामार्फत पनि सामाजिक, शैक्षिक र राजनीतिक विषयमा व्यङ्ग्य गरिएको उहाँले बताउनुभयो।

“हामीले तयार गरेको डिग्री माइला गाउँमा देखेको पात्रकै प्रतिनिधित्व हो किनकि उनीहरू आफूभन्दा अघिल्लो पुस्तासँग घुलमिल हुन सक्दैनन् र नयाँसँग विचार मिल्दैन”, उहाँले भन्नुभयो, “त्यसैकारण माइलामार्फत कथा भन्न मन लागेको हो। नाटक बन्दा नै यसलाई ठूलो पर्दामा ल्याएर धेरै दर्शकलाई देखाउनुपर्छ भन्ने लागेको थियो। ”

डिग्री माइला …

0 comment
0 FacebookTwitterEmail

नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा राखिएको बेमौसमी हरियो तरकारीमा विषादी अवशेष भेटिएको छ।  भान्सामा दैनिक रूपमा प्रयोग हुने रायो भाजीको सागमा सबैभन्दा धेरै विषादी अवशेष भेटिएको केन्द्रीय कृषि प्रयोगशालाका नेपालगञ्जस्थित प्रतिनिधि नायब प्राविधिक सहायक गोविन्द चौधरीले जानकारी दिनुभयो।

“यतिबेला किसानले बेच्न ल्याएको बेमौसमी भाजी रायोको सागमा विषादीको अत्याधिक मात्रा देखिएको छ”, उहाँले भन्नुभयो, “दैनिक रुपमा नमुना परीक्षण गर्ने क्रममा रायो भाजीको सागमा खाना अयोग्य हुने गरी विषादीको अवशेष भेटिएको थियो। ”रानी तलाउ तरकारी बजारमा गरिएको नमुना परीक्षणमा रायो भाजीको सागमा अर्गानोफस्फेटको इन्हिविशन पर्सेन्टेज (रूकावट प्रतिशत) ४५ प्रतिशतभन्दा बढी पाइएको छ।  यो मात्रामा विषादी अवशेष भएको तरकारी खान अयोग्य मानिन्छ।

केन्द्रीय …

0 comment
0 FacebookTwitterEmail

नासाका अन्वेषकहरूको नेतृत्वमा गरिएको अध्ययनले पृथ्वीका नदीहरूबाट कति पानी बग्छ भन्ने नयाँ अनुमान उपलब्ध गराएको छ । यो पृथ्वीको जलचक्र बुझ्न र यसको ताजा पानीको आपूर्ति व्यवस्थापन गर्न महत्त्वपूर्ण जानकारी हो ।

दक्षिणी क्यालिफोर्नियामा नासाको ‘जेट प्रोपल्सन प्रयोगशाला’ का अन्वेषकहरूले नयाँ विधि प्रयोग गरे । प्रयोगले ‘स्ट्रिम–गेज’ मापनलाई विश्वभरका करिब ३० लाख नदी खण्डहरूको कम्प्युटर मोडेलहरूसँग जोडेको छ । स्ट्रिम गेज स्ट्रिममा पानीको स्तरको उचाइ मापन गर्न प्रयोग गरिने उपकरण हो ।

नेचर जियोसाइन्समा हालै प्रकाशित अध्ययनले सन् १९८० देखि सन् २००९ सम्म पृथ्वीका नदीहरूमा पानीको कूल मात्रा औसतमा दुई हजार दुई ४६ घन किलोमिटर रहेको अनुमान गरेको छ ।

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको सुरुङ खन्ने काम करिब सम्पन्न भएको र एकाध सेन्टिमिटर मात्रै बाँकी रहेको छ ।

तराई–मधेसका विभिन्न जिल्लामा बाहै्र महिना सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको हो । यही वैशाख २६ गते विशेष समारोहबीच सुरुङ छिचोलिने छ । सुरुङ ब्रेक थ्रू गर्ने अन्तिम तयारी भइरहेको सम्बन्धित आयोजनाले जनाएको छ ।

सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये एकाध सेन्टिमिटर मात्रै खन्न बाँकी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved