Home » Archives for April 2024 » Page 2
Monthly Archives

२०८१ वैशाख १७, सोमबार १२:३४

गाजा युद्ध रोक्न विभिन्न कोणबाट मध्यस्थता भइरहेका समय हमासले गाजामा बन्धक बनाएका थप दुई व्यक्ति जीवितै रहेको पुष्टि हुने भिडिओ  सार्वजनिक गरेको छ । यो भिडियो प्यालेस्टिनी लडाकू समूहद्वारा तीन दिन पहिले पनि अर्को एक भिडियोमा एक बन्धकद्वारा आफुहरूको जीवन रक्षाका लागि केही गर्न याचना गरेका थिए ।

हमासको सशस्त्र शाखाले गाजामा बन्धक बनाइएका दुई व्यक्तिको भिडियो फुटेज पनि सार्वजनिक गरेको छ, जसलाई इजरायली अभियान समूह होस्टेज एण्ड मिसिङ फ्यामिलीज फोरमले किथ सिगेल र ओमरी मिरानको रूपमा पहिचान गरेको छ।

भिडियोमा मिरानले आफू २०२ दिनदेखि हमासको नियन्त्रणमा रहेको बताउनुभएको छ । अमेरिकी नागरिक सिगलले पनि भिडियोमा हालैको लामो बन्दी जीवनबारे

0 comment
0 FacebookTwitterEmail

कवि लक्ष्मीदेवी राजभण्डारीका तीन कवितासंग्रह एकसाथ लोकार्पण गरिएको छ। यो साता राजधानीमा भएको एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति गंगाप्रसाद उप्रेती, प्राध्यापकहरू मोहनप्रसाद लोहनी, केशव सिग्देल, पद्मप्रसाद देवकोटा, श्रीधर गौतमलगायतले राजभण्डारीका तीन अंग्रेजी कृति ‘इटर्नल भिजिलेन्स’, ‘द बर्ड अफ प्याराडाइज’ र ‘ब्रायर रोज’ संयुक्त रूपमा लोकार्पण गर्नुभयो।

लोकार्पण समारोहमा बोल्दै प्रमुख अतिथि उप्रेतीले आफूले पाण्डुलिपि पढ्ने अवसर पाएको बताउँदै कविले संवेदनालाई सशक्त ढंगले प्रस्तुत गर्ने कलाले प्रभावित भएको बताउनुभयो। सबै सिर्जनाले जीवनको महत्त्व बुझाउने उनको भनाइ थियो। नेपाली साहित्यका लागि तीनवटै संग्रह महत्त्वपूर्ण रहेको उप्रेतीले बताउनुभयो।

‘इटर्नल भिजिलेस’माथि प्राध्यापक सिग्देल, ‘द बर्ड अफ प्याराडाइज’माथि मोहनप्रसाद लोहनी र ‘ब्रायर रोज’माथि पद्म …

0 comment
0 FacebookTwitterEmail

संसद्को अधिवेशनभन्दा पनि महिनौँ अगाडिदेखि तयारी प्रारम्भ भएको लगानी सम्मेलनलाई सम्बोधन गर्ने निहुँमा सरकारले विभिन्न कानुन प्रभावित हुने गरी अध्यादेश जारी गरेको छ। अनि राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणका नाममा केही नेपाल ऐनलाई संशोधन अध्यादेश, २०८१ खुशीका साथ हस्ताक्षर गर्नुभएको छ। तेस्रो लगानी सम्मेलन सुरु भएकै दिन जारी उक्त अध्यादेशमार्फत लगानीकर्तालाई लगानी प्रवर्द्धनका लागि थप सुविधा होस् भन्ने उद्देश्यले लिइएको छ।

अध्यादेशले लगानीकर्ताबाट सञ्चालन हुने आयोजनामा जग्गाको मुआब्जा निर्धारण गर्दा रजिष्ट्रेसन प्रयोजनका लागि निर्धारण गरिएको न्यूनतम मूल्याङ्कनको तीन गुणाभन्दा बढी मुआब्जा रकम निर्धारण नगरिने व्यवस्था गरेको छ।

अध्यादेशमा जग्गा प्राप्ति ऐन, २०३४ मा संशोधन गरी दफा १६ को उपदफा (२) …

0 comment
0 FacebookTwitterEmail

वैशाख १६ देखि यहाँ सुरु भएको तेस्रो लगानी सम्मेलनमा किस्तीमा सजाइएका विभिन्न २० वटा आयोजनाका लागि लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने भएको छ। आयोजना पहिचान भएर पूर्वसम्भाव्यता अध्ययन पूरा भएका तथा विकासका लागि प्रारम्भिक चरणका कामसमेत अघि बढिसकेका आयोजनाहरूमा लगानी सम्मेलनमार्फत स्वदेशी तथा विदेशी लगानीकर्ताबाट आशयपत्र आह्वान गर्न लागिएको हो। लगानीका निम्ति आशयपत्र आह्वान गरिने यी २० परियोजनाको विद्यमान अवस्था, लागतअनुमानसहितको विवरण यहाँ प्रस्तुत छ।

धुलिखेल मेडिसिटी परियोजना

काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिकामा धुलिखेल मेडिसिटी परियोजनालाई विशिष्टिकृत (सुपर स्पेशलिटी) अस्पतालका रूपमा परिकल्पना गरेर प्रस्ताव तयार गरिएको छ। यो परियोजनाको प्रस्तावित लागत रु ११ अर्ब छ। आधुनिक प्रविधिसँगै विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा …

0 comment
0 FacebookTwitterEmail

एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रका मौलिक सीपले बजार पाउने गर्थे। हातमा सीप भएका बुढापाका पनि धेरै थिए। हिजोआज गाउँमा सीप भएको मान्छे कमैमात्रामा पाइन्छन्। उनीहरूले उत्पादन गरेका वस्तुले बजार पाउँदैन।

आरन व्यवसायदेखि चोयाका सामग्री बनाउने काम गाउँमै गरिन्थ्यो। खेतबारी जोत्नका लागि हलो, जुवा पनि गाउँमै बनाउने प्रचलन थियो। अहिलेको जस्तो आधुनिक हलो भित्रिएको थिएन। वन जङ्गलबाट काठ काटेर ल्याई घरमै बनाइने ती सामग्री अहिले बिक्री हुँदैन्। बनाउने मान्छे पनि कम छन्। दही, मही र दूध राख्नका लागि प्रयोग गरिने ठेकी पनि बिक्री हुँदैनन्। विभिन्न जातजातिमा आधारित सीप नागरिकको जीवन निर्वाह गर्ने माध्यम थियो।

परम्परागत सीप बिक्न छाडेपछि पछिल्लो समय …

0 comment
0 FacebookTwitterEmail

वैशाख १६ देखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा जलविद्युत् आयोजनामा थप लगानी खोजिएको जनाउँदै लगानीकर्ता उत्साहित बन्नुभएको छ। पछिल्लो समय जलविद्युत् आयोजनामा लगानीको अभाव भइरहेको बेलामा लगानी सम्मेलनले लगानीको जोह गर्ने हुँदा उहाँहरू थप उत्साहित बन्नुभएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेदलनको उद्घाटन सत्रमा पनि नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसर रहेको बताउनुभएको थियो।  उहाँले भन्नुभयो, “जलविद्युत् उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिबद्धता व्यक्त गर्दछ।”

प्रधानमन्त्री दाहालले नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि हालसम्म तीन हजार दुई सय मेगावाट मात्रै उत्पादन भएको  उल्लेख गर्नुहुँदै करिब पाँच हजार पाँच सय ६८ मेगावाटका ठूला आयोजना सार्वजनिक–निजी साझेदारी …

0 comment
0 FacebookTwitterEmail

नेपाल सरकारको आयोजनामा काठमाडौँमा भइरहेको तेस्रो लगानी सम्मेलनको उद्घाटन र पहिलो दिनका मुख्य सत्रहरू सम्पन्न भएका छन्। सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभयो। उद्घाटनमा प्रधानमन्त्री दाहालले नेपालमा आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सृजना भएको उल्लेख गर्नुहुँदै स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानी गर्न आग्रह गर्नुभयो।

लगानी सम्मेलन सचिवालयद्वारा वैशाख १६ मा जारी गरेको प्रेस विज्ञप्तिका अनुसार नेपालले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो करबाट मुक्ति, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक व्यावसायिक कर प्रणालीलगायत महत्वपूर्ण व्यवस्थाको सुनिश्चितता प्रदान गरेको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभएको छ।

उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्नुहुँदै अर्थमन्त्री वर्षमान पुनले लगानी प्रवद्र्धन र कानुनी सुधारको सन्देश लगानीकर्तासम्म …

0 comment
0 FacebookTwitterEmail
नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको छ । जितसँगै पाँच खेलको प्रतियोगिता १–१ को बराबरीमा आएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जितका लागि एक सय ६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५० रनमा समेटियो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेल ७१ रनमा अविजिति रहे पनि जित दिलाउन सकेनन् । गुलशन झाले २६ र लोकेश बमले १७ रन बाहेक अन्य ब्याटरले उल्लेख्यनीय रन बनाउन नसक्दा नेपाल पराजित हुन पुग्यो ।

वेस्ट इन्डिज ‘ए’को जितमा ओबेद म्याककोय र गुडाकेश

0 comment
0 FacebookTwitterEmail
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको पूर्वअध्यक्षदेखि संविधानसभाका सदस्य हुनुभएका ओमप्रकाश शर्माले वीरगञ्ज महानगरमा स्थानीय जनप्रतिनिधि आएसँगै फोहरमैला व्यवस्थापनमा सुधारको अनुभूति गर्न थाल्नुभएको छ । उहाँको अनुभवमा डेढ दशकअघिसम्म वीरगञ्जकै मुख्य सडकमा मरेका पशु चौपाया तथा फोहोरमैलाको डङ्गुर थुप्रिएको हुन्थ्यो । “मुख्य सडक भएर यात्रा गर्ने जो कोहीले पनि नाकमुख छोप्दै हिँड्नुको विकल्प थिएन ।”
उहाँले भन्नुभयो, “मुलुकको सङ्क्रमणकालिन अवस्थाका कारणले २०५४ सालको निर्वाचनपछि स्थानीय तह लामो समय जनप्रतिनिधिविहीन रह्यो । यसका कारणले ससाना फोहरमैला व्यवस्थापनको विषयमा पनि नगरपालिकाको हाकिमकै मुख ताक्नुपर्ने बाध्यता थियो । तर, अहिले परिस्थिति फेरिएको छ । विसं २०७४ मा स्थानीय तहको निर्वाचनसँगै स्थानीय तहमा जनप्रतिनिधि आएसँगै उनीहरुले
0 comment
0 FacebookTwitterEmail

गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि आज विशेष बैठकको आह्वान गरिएको छ ।

विश्व आर्थिक मञ्चको साउदी अरबद्वारा आयोजित आइतबारदेखि सुरू हुने दुई दिने विशेष बैठकमा गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव समाधान छलफलको केन्द्रमा रहने अपेक्षा गरिएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, प्यालेस्टाइनी नेता र इजरायल र हमासबीच युद्धविरामका लागि मध्यस्थता गर्ने प्रयास गरिरहेका अन्य देशका उच्च पदस्थ अधिकारीहरू विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबको राजधानी रियादमा हुने शिखर सम्मेलनको अतिथि सूचीमा छन् ।

साउदी अरबका योजनामन्त्री फैजल अल–इब्राहिमले शनिबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “विश्व अहिले सुरक्षा र समृद्धिलाई सन्तुलित बनाउने प्रयासमा छ …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved