Home » Archives for April 2024 » Page 4
Monthly Archives

२०८१ वैशाख १५, शनिबार ०९:५७

नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि भूराजनीतिक प्रभाव र प्रसारण सञ्जालको विस्तारमा विशेष जोड दिइएको छ। काठमाडौँ भृकुटीमण्डपमा जारी चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो–२०२४ अन्तर्गत आज भएको ‘ऊर्जा गतिशीलता र क्षेत्रीय व्यापार’ विषयक प्राविधिक छलफल सत्रका वक्ताहरूले यस्तो बताउनुभएको हो।

कार्यक्रममा अर्थ राजनीतिक, भू–राजनीतिक तथा कूटनीतिक मामिलाका विज्ञ अरुणकुमार सुवेदीले नेपालको जलस्रोत तथा ऊर्जा विकासमा भूराजनीतिक प्रभाव रहेको बताउनुभयो। तर यस्तो प्रभावलाई भाग्ने कोसिस नगरी व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ। “ऊर्जा तथा जलस्रोतमा रहेको भूराजनीतिक प्रभावबाट नभागी व्यवस्थापन गर्न सकियो भने मुलुक जिबुटी र सिङ्गापुर बन्न सक्छ”, उहाँले भन्नुभयो।

उहाँले जलविद्युत्‌लाई जलस्रोतको सहउत्पादन मानेर जति चाँडो जलस्रोतको …

0 comment
0 FacebookTwitterEmail

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको अर्थव्यवस्था मिश्रित अवस्थामा रहेको बताउनुभएको छ।  नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गभर्नर अधिकारीले २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित रहेको बताउनुभएको हो।

“समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा शिथिलताको अवस्था रहेता पनि यो वर्ष बाह्य क्षेत्रमा सुधार भई विदेशी विनिमय सञ्चिति सहज राख्न, मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न, भुक्तानी प्रणालीको सुदृढीकरण र वित्तीय स्थायित्व कायम गर्न बैंक सफल रह्यो”, गभर्नर अधिकारीले भन्नुभयो, “अघिल्लो आर्थिक वर्ष जस्तै चालु आवमा पनि विप्रेषण आप्रवाह उच्च रहेको छ। विपे्रषण आप्रवाह उल्लेख्य बढेको तथा आयात घटकोले …

0 comment
0 FacebookTwitterEmail

रामेछापकी डोमा तामाङ केही वर्षअघि रोजगारीको खोजीमा काठमाडौँ आउनुभयो। देशको राजधानी भएकाले सजिलै जागीर पाइएला भनेर यहाँ आउनुभएकी उहाँलाई सोचेजस्तो सजिलो भएन। धेरै ठाँउमा धाउँदा पनि खोजेजस्तो जागीर नपाएपछि उहाँले अन्तिम विकल्पकारूपमा एउटा क्याट्रीनमा काम गर्नुभयो।

निकै मिहेनतपछि हातमुखजोर्ने जागीर पाएपछि को खुसी नहोला १ त्यस्तै खुसी थियो उहाँमा पनि। सरकारले श्रमका लागि तोकेको आठ घण्टाभन्दा दोब्बर अर्थात दिनको झण्डै १६ घन्टा काम काम गरे पनि सोअनुसार पारिश्रमीक नपाएपछि भने उहाँ खिन्न हुनुहुन्छ।

“कामअनुसारको पारिश्रमिक पाएत ठिकै थियो, उल्टै शारिरीक र मानसिक दुर्व्यवहार सहनुपरेको छ”, उहाँ भन्नुहुन्छ। न समयको टुङ्गो, न कामअनुसारको दाम। त्यसैमा विवाहका लागि काठमाडौँका ब्याङ्क्वेटमा खटिदाँ फरक …

0 comment
0 FacebookTwitterEmail

नेपालमा जलविद्युत्‌सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि जोड दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिनुभएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को आयोजनामा भृकुटीमण्डमा जारी ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ अन्तर्गत ‘पायोनियरिङ द क्लिन इनर्जी सिनर्जी’ विषयक सत्रमा वक्ताहरूले वैकल्पिक ऊर्जाको पनि प्रयोग बढाउँदै ऊर्जा मिश्रणमा जानुपर्नेमा जोड दिनुभएको हो।

ऊर्जा सुरुक्षाका लागि वैकल्पिक ऊर्जा निर्विकल्प रहेको उहाँहरूको भनाइ छ। कार्यपत्र प्रस्तुत गर्दै काठमाडौँ विश्वविद्यालयका प्राध्यापक एवं हाइड्रोजन विज्ञ विराजसिंह थापाले सन् २०३० सम्ममा हाइड्रोजनको मूल्यमा ६२ प्रतिशतले कमी आउने र त्यसका लागि नेपाल आजैबाट तयार हुनुपर्नेमा जोड दिनुभयो।

“सन् २०५० सम्म १३ ट्रिलियन डलरको बजार हुँदैछ”, उहाँले भन्नुभयो, “बेलायतको एक …

0 comment
0 FacebookTwitterEmail

वैशाख १४ देखि नेपाली चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन गरिएको छ। अभिनेत्री केकी अधिकारीले निर्माण गर्नुभएको चलचित्रमा मुख्य भूमिकामा उहाँ नै हुनुहुन्छ।

चलचित्र क्षेत्रमा स्थापित नाम बनिसक्नुभए तापनि उहाँ उक्त भूमिका निर्वाह गर्न अभिनयको कक्षा लिएर चरित्र निर्माणका लागि छ महिना कार्यशालामा बस्नुभएको थियो। त्यसपछि अडिसनमार्फत् निर्देशक तथा लेखक सुलक्षण भारतीले अभिनेत्री अधिकारीलाई शीर्ष भूमिकामा सहमति दिनुभएको हो। सयौँ साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) मा अभिनय गरेपछि झन्डै डेढदशक अगाडि ‘स्वर’ चलचित्रमार्फत अभिनेत्रीको रुपमा ठूलो पर्दामा आउनुभएकी अभिनेत्री अधिकारीले यस किसिमको अनुभव पहिलो पटक सङ्गाल्नु भएको हो।

“मलाई त्यो भूमिका निर्वाह गर्नु थियो। मैले गरिरहेको काम भन्दा फरक भएकाले मैले नयाँ कलाकार …

0 comment
0 FacebookTwitterEmail

सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन नसक्ने बताउनुभएको छ।

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको १४औँ अधिवेशन तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले प्रेस स्वतन्त्रता राजनीतिक स्वतन्त्रतासँग जोडिएको उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन भन्नुभयो। “सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा समावेशीताका आधारमा सबैको भावनालाई आत्मसात् गर्दै जानुपर्छ। यसका लागि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण छ”, उहाँले भन्नुभयो।

मन्त्री शर्माले प्रविधिमा आएको परिवर्तनलाई स्वीकार गर्दै निष्पक्ष पत्रकारिताको अभ्यासलाई स्थापित गर्न सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। प्रविधिसँगै आएको परिवर्तनलाई आत्मसात् गर्दै पुराना कानुनलाई परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्दै …

0 comment
0 FacebookTwitterEmail
वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा डढेलो फैलिएको छ । सो दिन देशभर गरी तीन सय ६० ठाउँमा डढेलो लागेको विभागका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यसमध्ये ५९ डढेलोका घटना संरक्षित क्षेत्रमा भएको उहाँको भनाइ छ ।

“बिहीबारको तथ्याङ्कमा सबैभन्दा बढी प्रभावित जिल्ला प्यूठान देखिएको छ”, वन अधिकृत श्रेष्ठले भन्नुभयो, “संरक्षण क्षेत्रअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र बढी प्रभावित छन् ।” बिहीबार सातवटा संरक्षण क्षेत्र तथा राष्ट्रिय निकुञ्जमा डढेलो लागेको विभागले जनाएको छ । वैशाख लागेपछि डढेलोका घटना बढेको वन अधिकृत श्रेष्ठले बताउनुभयो ।

डढेलोको क्षेत्रफल र वनमा पुगेको क्षति भने आकलन बाहिर
0 comment
0 FacebookTwitterEmail

भारतको सर्वोच्च अदालतले सन् २०२४ मार्च २१ मा आफ्नो फैसला मार्फत जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट मुक्त हुन पाउने अधिकारलाई छुट्टै अधिकारको रूपमा मान्यता दिएको छ । अदालतले भारतीय संविधानको धारा १४ मा रहेको व्यवस्था ‘कानुनको अगाडि समानता र कानुनको समान संरक्षण’ र धारा २१ मा उल्लेखित ‘बच्न पाउने र व्यक्तिगत स्वतन्त्रता’ को आधारमा यो अधिकार सुनिश्चित गरेको छ।

भारतका प्रधानन्यायाधीश डी वाई चंद्रचुरको फैसलामा लेखिएको छ -“ भारतीय संविधानको धारा १४ अन्तर्गतको समानताको अधिकार र धारा २१ अन्तर्गतको बाँच्न पाउने अधिकारलाई यस अदालतका निर्णयहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राज्यका कार्य र प्रतिबद्धताहरू साथै जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक सहमति र यसको प्रतिकूल

0 comment
0 FacebookTwitterEmail
नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका ऋषि खनाल अहिले पनि झस्किनुहुन्छ । जिन्दगीमा आफूमाथि ठूलो बज्रपात भएको र दैवले आफूलाई ठगेको दिनको सम्झना नआए पनि हुन्थ्यो भन्ने लाग्छ तर बेलाबेलामा झस्काइरहन्छ उहाँलाई ।

विदेश जाने भनेर घरबाट निस्कनुभएका उहाँ विदेश पुग्न त पाउनुभएन, झण्डै यस संसारबाटै सदाको लागि बिदा हुनुपरेको थियो । विदेशमा गएर धन कमाएर परिवारलाई सुखसँग पाल्ने उहाँको सपना त पूरा भएन नै । विदेश जान हिँडेकै कारण स्वदेशमै बसेर गरिखाने खुट्टा पनि गुमाउनुप¥यो । भाग्यले बाँचेका ऋषि अहिले आफू र परिवारलाई कसरी बचाउने भन्ने चिन्तामा हुनुहुन्छ । दुईवटा वैशाखीको भरमा उहाँको जिन्दगी

0 comment
0 FacebookTwitterEmail

कतारका अमिर (राजा)  शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किनु भएको छ। कतारका अमिर  थानीको नेपाल भ्रमणका अवसरमा  नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएका छन्।

कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदान, युवा तथा खेलकुद तथा  कूटनीति, शिक्षा र तालिमसम्बन्धी सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभएको छ। साथै गैसरकारी स्तरमा नेपालमा संयुक्त व्यापार परिषद् स्थापना गर्ने सम्झौता भएको छ।

नेपालको …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved