Home » Archives for September 2024 » Page 2
Monthly Archives

२०८१ आश्विन १२, शनिबार १३:०३

अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ । सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिनुभयो ।

बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज विहान बाँधका दुई वटा ढोका खोलिएको थियो । विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ । बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ । स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ ।

अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—३६

नियतिले देखाएको बाटो थियो, महान योद्धा, हस्तिनापुरका सेनापति, कुरुवंशीय शिरोमणि जस्ता योद्धालाई वाण हानेर वध गर्ने शक्ति सञ्चयमा लागेका शिखण्डी वास्तवमा स्त्री नै थिए तर सम्पूर्ण व्यवहार भने पुरुषको जस्तै गर्थे। उनको ध्याउन्न भनेको मात्र भीष्मको वध थियो र पाञ्चालका सुराकीहरूलाई उनले भीष्मको चियोचर्चो गर्ने र उनका दैनिकीको ख्याल गर्ने काममा लगाएका थिए। शिखण्डीलाई मात्र के थाहा थियो भने शिवजीको वरदान असत्य हुने छैन र अम्बाको बेलामा पाएको अपमान र दुःखको बदला यो जुनीमा लिन सक्नेछु जसका लागि शिवजीको वरदानले काम गर्नेछ। तर कहिले ? कुन बेलामा ? तर युद्धमा, भीष्मले पनि हतियार लिएर लडेकै …

0 comment
0 FacebookTwitterEmail
नुवाकोटकी सीतामायाको उमेरले ९० काटिसक्यो । यो डाँडामाथिको जुनजस्तै ९० वर्षको उमेरमा सीता मायाको वरिपरि छोराछोरी, नातिनातिना हुुनुपर्ने हो । तर आफैँले जन्माएको छोराले आफूलाई वृद्धाश्रममा छोडेर अमेरिकामा रमाइरहेका छन् । “बुढाको पहिले नै स्वर्गबास भयो, सन्तानका नाममा त्यही एउटा छोरो थियो, त्यही छोराले बुढेसकालमा पाल्ला त नि भनेको उसले पनि मलाई यहाँ आश्रममा छोडेर आफ्नो श्रीमती र छोरो लिएर अमेरिका गाको छ रे”, लौरोको साहारा लिइरहेकी सीतामायाले भन्नुभयो ।

सीतामाया वृद्धाश्रममा बस्न थालेको पनि पाँच वर्ष भयो । यसबीचमा आफूलाई वृद्धाश्रममा छोडेर गएपछि एकपटक पनि फर्केर आएनन् सीतामायाका छोरा । छोराले बुहारी र आफ्नो छोरो लिएर अमेरिका गएको कुरा

0 comment
0 FacebookTwitterEmail
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले विशेषगरी अमेरिकालाई औँल्याउँदै अन्तर्राष्ट्रिय समुदायसमक्ष पश्चिम किनार र गाजामा रक्तपात रोक्न इजरायललाई हतियार पठाउन रोक्न आह्वान गर्नुभयो ।

गाजामा मृत्यु हुनेको सङ्ख्या बढिरहे पनि वासिङ्टनले इजरायललाई त्यहाँको युद्धका लागि कूटनीतिक समर्थन र हतियार प्रदान गरिरहेको अब्बासले बताउनुभयो । हमास नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार हाल गाजामा मृत्यु हुनेको सङ्ख्या ४१ हजार पाँच सय ३४ पुगेको छ ।

“यो अपराध रोक्नुहोस्, अहिले नै रोक्नुहोस् । बालबालिका र महिलाहरूको हत्या रोक्नुहोस् । नरसंहार रोक्नुहोस् । इजरायललाई हतियार पठाउन रोक्नुहोस् । यो पागलपन जारी रहन सक्तैन । गाजा र पश्चिम किनारमा हाम्रा मानिसहरूमाथि भइरहेको कुराका लागि सम्पूर्ण विश्व जिम्मेबार
0 comment
0 FacebookTwitterEmail
गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्नुहुन्छ । केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन् । पाण्डेको बिहान कुन किसानले कुन तरकारी ति  परिमाणमा ल्याए रु त्यसको मूल्य कति हो रु निर्धारण गरेर पठाउँदैमा बित्छ ।

किसानलाई आफूले ल्याएको तरकारीबाट कति कमाइ भयो भन्ने जानकारी घर नपुग्दै मोबाइलमा आइपुग्छ । कति तरकारी बिक्री गरेछु भन्ने हिसाब राख्नै पर्दैन । पाण्डेका अनुसार केन्द्रमा दैनिक औसतमा पाँच क्विन्टल तरकारी आउँछ ।

सङ्कलन भएका तरकारी लिन केन्द्रमा सवारीसाधन आइपुग्छ । स्थानीय किसानका लागि दैनिक उपभोग्य सामान पनि सङ्कलन केन्द्रमै उपलब्ध हुन्छ । किसानले कति मूल्यको तरकारी बिक्री गरे र त्यहाँबाट

0 comment
0 FacebookTwitterEmail

सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय विरुद्ध परेका रिटको पूर्ण सुनुवाइ गरी सो आदेश दिएको हो ।

२०८१ कात्तिक २७ मा टिकटक बन्द गर्ने निर्णय नेपाल सरकारबाटै टिकटक खुलाउने २०८१ भदौ ७ गतेको निर्णयबाट सच्चिइसकेकोले उत्प्रेषणको आदेश जारी गरिरहनुनपर्ने भएकोले नियमनका विषयमा भने आवश्यक कानुनी प्रबन्ध गर्नु भनी निर्देशनात्मक आदेश जारी भएको रिट निवेदक अधिवक्ता अनन्तराज लुइँटेलले जानकारी दिए ।

लिखित फैसला आउन समय लाग्ने भएकोले न्यायाधीशद्धयले आफ्नो राय किताबमा आदेशको ब्यहोरा …

0 comment
0 FacebookTwitterEmail

उद्घाटन भएको सात महिना नबित्दै पर्यटकीय राजधानी पोखराको महेन्द्रपुलमा रहेको ‘अन्तर्राष्ट्रिय झण्डा उद्यान’मा नयाँ झण्डा फेरिएको छ । संविधान दिवसका अवसरमा गत साता उद्यानमा रहेका एक सय ९३ देशका पुराना झण्डा हटाएर नयाँ राखिएको हो । गत फागनु सात गते प्रजातन्त्र दिवसको अवसर पारेर उक्त झण्डा उद्यानमा राखिएको थियो ।

लायन्स कल्ब इन्टरनेशनलको करिब रु. ७० लाख आर्थिक सहयोगमा पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा उक्त अन्तर्राष्ट्रिय झण्डा उद्यान निर्माण गरेको थियो । घामपानीको असरले छोटो अवधिमै झण्डाको रङ्ग खुइलिएपछि नयाँ झण्डा फेर्नु परेको पोखरा महानगरपालिकाले जनाएको छ । महानगरले पोखरामा नयाँ पर्यटकीय गन्तव्य बन्ने आशामा उक्त उद्यान बनाएको थियो ।

विश्व शान्ति, …

0 comment
0 FacebookTwitterEmail
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५० च्याङग्रा छन् । घुम्ती गोठमा पालेको च्याङग्रा बेचेर उहाँले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउदै आउनुभएको छ ।

“वर्षमा ४०  जति च्याङग्रा बिक्री हुन्छ,” उहाँले भन्नुभयो “घरव्यवहार चलाउने र छोराछोरी पढाउने खर्च च्याङग्रा पालनबाटै जुटाउने गरेको छु ।” ३५ वर्षीय डिण्डुपले विदेश नगई पुर्खाले गर्दै आएको च्याङग्रापालनलाई निरन्तरता दिनुभएको हो ।

याराका डिण्डुपले जस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको प्रायजसो घरमा च्याङग्रा पालेका छन् । दशै तिहारमा पोखरा, काठमाडौ लगायत देशका विभिन्न जिल्लामा मासुका लागि मुस्ताङका किसानले पालेका च्याङग्राको उच्च माग हुन्छ ।

सडक यातायात

0 comment
0 FacebookTwitterEmail

 शुक्लाफाँटा नगरपालिका–५ का दुई बस्तीमा जङगली हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछि समस्या भएको छ ।

एक साता अघिदेखि हात्तीको बथान गर्जमुनी र खजुवा बस्तीका किसानको खेतवारीमा छिर्ने गरेको र हालसम्म तीन विघामा लगाइएको धानबाली खाएर सखाप पारेको स्थानीय किसान प्रतापसिंह रतोकीले बताउनुभयो । साँझ नपर्दै नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट १५ देखि २० को सङ्ख्यामा हात्तीको बथान छिर्ने र खुट्टाले कुल्चेर तथा खाएर धानबाली सखाप पारेको उहाँले बताउनुभयो ।

गएराति मात्रै हात्तीको बथानले खजुवाका रतोकीसहित, हेमा धामी, कैलसिंह साउद, जनकबहादुर धामी, कन्जडो धामी, कालो धानुक, धनबहादुर साउद र ललिता बिष्ट बोहराको गरी एक विघा जग्गामा लगाइएको धानबालीमा नोक्सानी पुर्याएको वडा …

0 comment
0 FacebookTwitterEmail

सुन्दरबजार नगरपालिका–८ कुसुण्डे निवासी एरिका सापकोटाले ‘लकडाउन’को समयलाई सदुपयोग गरी गर्नुभएको प्रयासले अहिले कुशल चित्रकार बनाएको छ । आइटी इन्जिनियर सापकोटाले कोभिड महामारीको बेला भएको लकडाउनमा कुची र रङ्गसँग मित्रता गर्नुभएको थियो ।

काम गर्ने इच्छा र जाँगर भएमा तालिम विना पनि दक्षता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ चित्रकार सापकोटाले । विभिन्न परियोजनाअन्तर्गत स्वदेश तथा विदेशबाट चित्रकलासम्बन्धी काम आउने गरेको उहाँले बताउनुभयो । “कोरोनाको समयमा घर बाहिर निस्कन नहुने भयो, सोही समयलाई सदुपयोग गर्दै कुची र रङ्ग खेलाउन थालेँ, अहिले व्यावसायिक रुपमा चित्र बेच्न थालेकी छु”, उहाँले भन्नुभयो ।

एरिकाले कडा मेहनत र लगावका कारण आफू चित्रकार

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved