गाजामा मृत्यु हुनेको सङ्ख्या बढिरहे पनि वासिङ्टनले इजरायललाई त्यहाँको युद्धका लागि कूटनीतिक समर्थन र हतियार प्रदान गरिरहेको अब्बासले बताउनुभयो । हमास नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार हाल गाजामा मृत्यु हुनेको सङ्ख्या ४१ हजार पाँच सय ३४ पुगेको छ ।
हमासको अक्टोबर ७ को इजरायलमाथिको आक्रमणबाट सुरु भएको युद्धका कारण घेराबन्दीमा परेको गाजा पट्टीका २४ लाख मानिसमध्ये अधिकांश कम्तीमा एक पटक युद्धबाट विस्थापित भएका छन् र धेरैले विद्यालय भवनहरूमा आश्रय लिएका छन् ।
“अमेरिकामात्र एक्लै खडा भएर भन्यो स् ‘होइन, युद्ध जारी रहनेछ ।’ उसले भिटो प्रयोग गररे यसो भन्यो”, गाजामा इजरायलको कारवाहीको निन्दा गर्न राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा बारम्बार प्रयोग गरिएको भिटोलाई उल्लेख गर्दै प्यालेस्टिनी राष्ट्रपति अब्बासले भन्नुभयो, “अमेरिकाले उपलब्ध गराएको घातक हतियारहरू प्रयोग गरेर इजरायलले हजारौँ निर्दोष नागरिक, बालबालिका र महिलाहरूको हत्या गर्यो ।”
यसबाट इजरायललाई निरन्तर आक्रमणका लागि थप उत्साहित गरेको भन्दै उहाँले इजरायल संयुक्त राष्ट्रसङ्घमा रहन ‘योग्य छैन’ भन्नुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
