इजरायलले दुई दिनमा लेबनानमा ३७ जनाको मृत्यु र लगभग तीन हजार व्यक्ति घाइते हुने घटनामा कुनै टिप्पणी गरेको छैन तर लेबनानको मोर्चालाई समावेश गरिएको गाजामा आफ्नो युद्धको दायरा विस्तार गर्ने बताएको छ ।
लेबनानलाई आतङ्कित बनाउने मङ्गलबार र बुधवारको आक्रमणपछि नसरल्लाहले आक्रामक स्वरमा प्रतिशोधको चेतावनी दिनुभयो ।
आक्रमणलाई सम्भावित ‘युद्धको कार्य’ का रूपमा वर्णन गर्दै उहाँले इजरायलले ‘कठोर प्रतिशोध र न्यायपूर्ण सजाय’ को सामना गर्नुपर्ने चेतावनी दिनुभयो ।
‘युद्ध अपराध वा युद्धको घोषणा हुन सक्थ्यो’ भन्दै उहाँले आक्रमणलाई
