Home » Archives for April 2025 » Page 2
Monthly Archives

२०८२ वैशाख १५, सोमबार ०८:४४

भारतको जम्म कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ ।

खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको उनले बताए ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने मानिसलाई जाँच गरेर मात्र आवतजावत गर्न दिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिए ।

 

0 comment
0 FacebookTwitterEmail

सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई प्रतिबन्ध गर्ने तयारी गरेपछि डिजिटल फ्रिडम कोलिसनले आपत्ति व्यक्त गरेको छ। शनिवार ११ वटा नागरिक संस्थाहरूको साझा समूहले विज्ञप्ति जारी गर्दै सरकारी तयारीप्रति आपत्ति जनाएको हो।

विज्ञप्तिमा भनिएको छ- ‘सामाजिक सञ्जाल सेवा प्रदायकहरूलाई सात दिने अल्टिमेटम दिई सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध लगाउने सरकारी मनसायप्रति कोलिसन गम्भीर चिन्ता व्यक्त गर्दछ, यसका साथै सामाजिक सञ्जालहरूलाई प्रतिबन्ध लगाउने अल्टिमेटम दिँदा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संवैधानिक र अन्तर्राष्ट्रिय दायित्वहरूको कुनै प्रवाह नगरेको ठहर छ।

सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारको तयारीलाई सरकारको स्वेच्छाचारी निर्णयको संज्ञा कोलिसनले दिएको छ। ‘यसले गम्भीर खतराको घण्टी बजाएको छ। यस्तो कदमले डिजिटल …

0 comment
0 FacebookTwitterEmail

पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि र पशुपालन व्यवसायमा समेत जलवायु सङ्कटले विभिन्न प्रकारका समस्या र चुनौतीहरू किसानले झेल्नुपर्ने बाध्यता आइपरेको छ ।

जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रको तापमान बर्सेनि वृद्धि भइरहँदा यहाँको खानेपानी, कृषि र पशुपालनलगायतका क्षेत्रमा यस प्रकारको नकारात्मक प्रभाव देखिन थालेको स्थानीयवासी बताउँछन् । घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आयोजित आगामी पञ्चवर्षीय ऊर्जा सम्भावनासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुस्ताङको जोमसोमका स्थानीयवासीले जलवायु परिवर्तनको प्रभावका कारण खानेपानी, कृषि प्रणाली र पशुपालन क्षेत्रमा प्रतिकूल असर पुगेको बताएका छन् ।

घरपझोङ र वारागुङ मुक्तिक्षेत्रमा जिआइजेट नामक सङ्ख्याले स्थानीय तहको पञ्चवर्षीय

0 comment
0 FacebookTwitterEmail

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठुली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ। छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्।

सनातन वैदिक शास्त्रमा प्रत्येक …

0 comment
0 FacebookTwitterEmail

गोरखा बारपाकी ६२ वर्षीया धनमाया गुरुङलाई १० वर्षयता वैशाख १२ कहिले पनि नआओस् जस्तो लाग्छ। बारपाकलाई केन्द्रबिन्दु बनाएर २०७२ वैशाख १२ मा गएको भूकम्पमा उनलाई आफ्नो सात वर्षीया भदैनी गुमाएको कुराले सधैँ पिरोल्छ। गहभरि आँसु पारेर धनमाया भन्छिन्, “न्यास्रो लागेर माइतीबाट भदैनी घर ल्याएको थिएँ। त्यही दिन भूकम्प आउनुपरेको। आँगनमा खेलीरहेकी भदैनी घर भत्किएर लग्यो। भदैनी भूकम्पमा पर्नुको दोषी म आफैँ हो जस्तो लाग्छ।”

धनमाया जस्तै भूकम्पमा आफ्न्त गुमाउने बारपाकवासीको पीडा उस्तै छ। धेरैले परिवारका सदस्य गुमाउनुपर्‍यो भने कति घाइते भएर जीवनभर अशक्त बन्नुपरेको छ। ३४ वर्षीय डोलमाया घलेले पनि त्यस दिनलाई बिर्सन सकेकी छैनन्। “आकास गर्जदा अझैँ पनि डर …

0 comment
0 FacebookTwitterEmail

नाटोले सन् २०२४ मा ३२ सदस्य राष्ट्रमध्ये २२ राष्ट्रले आफ्नो कुल आम्दानी (जिडीपी) को कम्तीमा दुई प्रतिशत रक्षा क्षेत्रमा खर्च गरेका जनाएको छ।

सन् २०२२ मा रुसले युक्रेनमाथि हमला गरेपछि धेरै युरोपेली देशहरूले आफ्नो सेना र सुरक्षा खर्च बढाएका हुन्। नाटोले सबै सदस्य देशहरूलाई कम्तीमा दुई प्रतिशत खर्च गर्न सल्लाह दिँदै आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब त्यो खर्च ५ प्रतिशत पुर्‍याउन आग्रह गरेका छन्। उनले यदि सदस्य देशहरूले आफ्नो सुरक्षा खर्च गरेनन् भने अमेरिकाबाट सहायता पाउन कठिन हुन सक्ने बताए।

नाटोले पहिले २३ देशले यो लक्ष्य पुरा गर्ने अनुमान गरेको थियो, तर अन्तिममा २२ देशले मात्र पुरा गरेका …

0 comment
0 FacebookTwitterEmail

२०७२ को विनाशकारी (गोरखा) भूकम्पको दृष्यले हरेक वर्ष वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ। त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो। कतिको छानो खोस्यो। कतिको हाँसो। कसैको आफन्त खोस्यो। अनि कतिलाई घाइते बनायो।

भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन।  राजधानीका गल्लीगल्लीमा, पहाडी गाउँका पाखापखेरामा अझै भत्किएका घरहरू ठडिन सकेका छैनन्। जहाँ घरभन्दा धेरै सम्झनाहरू ढलेका थिए। दशक बित्दा पनि पुनर्निर्माणको पर्खाइमा नै छन् नेपालीहरू।

अझै भूकम्पका कारण भत्किएका निजी आवास, विद्यालय, पुरातात्विक भवन तथा विभिन्न सरकारी भवनको पुनर्निर्माणकै क्रममा छन्। विसं २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प जाँदा आठ …

0 comment
0 FacebookTwitterEmail

हाल मुलुकमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा तापक्रम बढ्ने बताएको छ ।

काठमाडौँ उपत्यकाको तापक्रम पनि विगत केही दिनदेखि निरन्तर बढिरहेको छ । आज यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।

महाशाखाका अनुसार मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्याधिक गर्मीको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराईका क्षेत्रमा तातो लहरको सम्भावना छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी …

0 comment
0 FacebookTwitterEmail

आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ ।

त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, “राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ ।”

निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र …

0 comment
0 FacebookTwitterEmail

गत जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध रु एक अर्ब चार करोड राजस्व हिनामिना गरेको आरोपमा मुद्दा दायर गर्‍यो ।

उनीहरुमाथि नगरपालिकाभित्रको ढुङ्गाखानी र गिट्टी बालुवा निकासीमा कर लगाएर राजस्व हिनामिना गरेको आरोप थियो । तर मुद्दा दायर भएको तीन महिनापछि विशेष अदालतले प्रमुख महर्जन निर्दोष भएको फैसला गर्‍यो ।

गोदावरी नगरपालिकाले बागमती प्रदेशको आर्थिक ऐनको व्यवस्थासँग बाँझिने गरी आफ्नो आर्थिक ऐनमा प्रदेश सरकारले तोकेको करको दरभन्दा कम राजस्व तोकेर भ्रष्टाचार गरेको आरोप अख्तियार लगाएको थियो । प्रतिवादी बनाइएका स्थानीय सरकार प्रमुख महर्जन र उपप्रमुख मुना अधिकारीसहितका जनप्रतिनिधिलाई प्रतिवादीहरुले भ्रष्टाचार निवारण ऐन, …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved