Home » Archives for April 2025 » Page 3
Monthly Archives

२०८२ वैशाख १०, बुधबार १३:०८

भारतको जम्मु–कश्मिरको पहलगामस्थित बाइसरन उपत्यकामा मंगलबार दिउँसो भएको आतंकवादी हमलामा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ। हमलामा १७ जना घाइते भएका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार, बन्दुकधारी आतंकवादी समूहले गरेको आक्रमणमा नेपाली नागरिक सन्दीप न्यौपानेको मृत्यु भएको छ, तर उनको थप विवरण उपलब्ध छैन। मृतकमध्ये दुई विदेशी नागरिक, एक नौसेना जवान र दुई स्थानीयको पहिचान खुलेको छ।

मारिनेहरु २४ जना भारतका विभिन्न राज्यका छन्। अर्का संयुक्त अरब इमिरेट्सका रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनाप्रति नेपालसहित विभिन्न मुलुकले निन्दा व्यक्त गरेको छ।

0 comment
0 FacebookTwitterEmail

कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा ५० वर्षीय हरिकिसन रानाको शव आज जलेको अवस्थामा भेटिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार शरिरको बाहिरी भाग जलेको अवस्थामा रानाको शव फेला परेको हो।

शव फेला परेको स्थान नजिकै तोरीको भुसामा उनको मोटरसाइकल समेत जलाइएको पाइएको छ। बेलडाँडी गाउँपालिका–३ का बासिन्दा राना भैँसीपालन गरी दुग्ध व्यवसाय सञ्चालन गर्दैआएका थिए।

बेलडाँडी गाउँपालिका–३ का स्थानीय बासिन्दा राना भैँसी पालेर दुग्ध व्यवसाय सञ्चालन गर्दैआएका थिए। ‘घटनास्थल शंकास्पद देखिएको छ,’ प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘के कति कारणले रानाको मृत्यु भयो भन्नेबारे अनुसन्धान गर्दैछौँ।’

0 comment
0 FacebookTwitterEmail

हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको हो ।

प्रतिनिधिसभा सदस्य एवं पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले नियमित बस सेवा सञ्चालनको शुभारम्भ गर । सांसद गुरुङले सेनाले निर्माण गरेको सडक ट्रयाक द्वन्द्वकालमै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको वर्षौँपछि मनाङमा बस सेवा सञ्चालन भएको बताए ।

उनले भने, ‘भीरको सडकमा बस सञ्चालन गर्ने लक्ष्य लिइएको थियो । यो हाम्रो उपलब्धी हो । हामीले सर्वसाधारणका साथै पर्यटकलाई बस सेवा प्रवाह गर्नु आज ऐतिहासिक दिन हो ।’

गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले मनाङवासीलाई सहज यात्रा गराउने सपना पूरा …

0 comment
0 FacebookTwitterEmail

थासाङ गाउँपालिका-२ स्थित सेकुङ ताल संरक्षणको पर्खाइमा छ । ताल संरक्षणका लागि सरोकारवाला निकायले ध्यान नदिँदा सेकुङ ताल ओझेलमा परेको छ ।

धौलागिरि हिमालको हिउँबाट बग्ने पानीको स्रोतले सेकुङ ताल बनेको छ । बेनी-जोमसोम सडकबाट १५ मिनेटमै पुग्न सकिने भएपनि तालको संरक्षण तथा आवश्यक प्रचार नहुँदा पर्यटकीय दृष्टिकोणले ओझेलमा परेको हो ।

थासाङ गाउँपालिका–२ का वडाध्यक्ष गौतम शेरचनले सेकुङ तालमा आवश्यक स्तरोन्नति गर्नुपर्ने देखिएकाले पानीको सतह घटाइएको जानकारी दिए । प्राकृतिक स्रोत साधनको संरक्षण तथा संम्वर्द्धन गर्ने पहिलो प्राथमिकता स्थानीय तहको रहेपनि गाउँपालिकाले त्यसतर्फ ध्यान नदिएको स्थानीयको गुनासो छ । केही वर्षअघि भन्दा हाल सेकुङ तालमा पानीको सतह आधा भन्दा …

0 comment
0 FacebookTwitterEmail

गाजापट्टीमा इजरायली आक्रमणमा शनिवार ४१ प्यालेस्टिनीको मृत्यु भएको छ । भने दर्जन बढि घाइते भएका छन् । इजरायली आक्रमणहरूले एन्क्लेभको दक्षिणी, उत्तरी र मध्य भागहरूमा विस्थापित व्यक्तिहरूलाई आश्रय दिने आवासीय घरहरू र पालहरूलाई लक्षित गरेको छ ।

यसैबीच, गाजाका स्वास्थ्य अधिकारीहरूले रिपोर्ट गरे कि विगत ४८ घण्टामा अस्पतालहरूले ९२ शव र २१९ घाइते व्यक्तिहरू भेटिएका छन् ।अधिकारीहरूका अनुसार मार्च १८ मा इजरायलले आफ्नो सैन्य कारबाही पुनः सुरु गरेदेखि मारिएका प्यालेस्टिनीहरूको संख्या १ हजार ७८३ पुगेको छ । जसले अक्टोबर २०२३ मा द्वन्द्व सुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ५१ हजार १५७ पुगेको छ ।

0 comment
0 FacebookTwitterEmail

धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ। परम्परागत रूपमा गाईपालन गर्दै आउनुभएका उहाँको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा गोठ राखेर परम्परागत रूपमा गर्दै आएको पशुपालन पेसालाई पुनले निरन्तरता दिएका छन्।

परिवारको गुजारा खेती किसानी र पशुपालनबाटै चलाउनुपर्ने बाध्यता रहेको उनले बताए। “गोठमा गाईभैँसी पाल्नु भनेको दुःखको धन हो, खेतीपाती गर्ने भएपछि मलका लागि पनि पशुपालन गर्नैपर्यो, पशुचौपाया बिक्री गरेर हुने आम्दानी नगन्य हुन्छ, तीन–चार वर्ष पालेपछि मात्रै बहर गोरु बिक्री हुन्छन्”, पुनले भने। भैँसी र बाख्रापालन गर्ने किसानले भने गाईपालन गर्नेहरूको तुलनामा बढी नगद आम्दानी गर्छन्।

लेकाली क्षेत्रमा पालन …

0 comment
0 FacebookTwitterEmail

समयमै परेको पानीले नै किसानको मुहारमा खुसी छाएको छ। लामो समयको खडेरीले निरास बनेका यहाँका किसान वैशाख लागेयता खुसी भएका छन्। मकै छर्न तथा अन्य बालीनाली लगाउन तयारी अवस्थामा रहेका किसान वर्षा भएपछि उत्साहित भएका हुन्।

“सिँचाइ सुविधा नभएर मकै छर्न पाएका थिएनौँ। वर्षापछि मकै छर्ने तयारी गरेका छौँ”, तिनाउ गाउँपालिका कचलका थर्कबहादुर बगालेले भने। मकै छरिसकेका किसान पनि वर्षा भएपछि बाली सप्रने भन्दै खुसी भएका छन्। “खडेरीले मकै खेतमै सुक्न थालेको थियो। यो वर्षाले धेरै राहत पुर्यायो”, माथागढीकी मीना खाम्चाले भनिन्, “सिँचाइ सुविधा नभएको हाम्रोजस्तो ठाउँका लागि वर्षाले सघाएको हो।

हिजोआज वर्षा भएपछि मकै छर्न तथा अन्य बालीनाली लगाउन …

0 comment
0 FacebookTwitterEmail

दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ। नेपाल विद्युत् प्राधिकरणले गरेको सर्वेक्षणअनुसार ८६ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय प्रसारण लाइन तथा १० प्रतिशतमा माइक्रो हाइड्रो र सोलार ग्रिडबाट विद्युत् बलेको पाइएको हो।

केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको २५ वर्ष पूरा हुँदा पनि जिल्लामा अझै दुई हजारभन्दा बढी घरपरिवार उपभोक्तामा विद्युत् पुगेको छैन। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा २०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दिक्तेल बजारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् औपचारिक रूपमा उद्घाटन गरेका थिए।

विद्युत् प्राधिकरणले दिएको जानकारीअनुसार जिल्लामा माइक्रो हाइड्रोबाट तीन हजार ४३० र सोलार ग्रिडबाट २८३ घरपरिवार उपभोक्ताले विद्युत् …

0 comment
0 FacebookTwitterEmail

नेपाल सरकारका सबैजसो वेबसाइटहरू डाउन भएका सोमबार बिहानदेखि डाउन भएका छन् । डट जीओभी डट एनपी डोमेन रहेका सरकारी वेबसाइट खुल्न छोडेका हुन् ।

सरकारी वेबसाइट डाउन हुनुको कारण भने स्पष्ट भइसकेको छैन । प्रयोगकर्ताले त्यस्ता साइटहरू खोल्दा “दिस साइट कान्ट बि रिच्ड” भन्ने नोटिफिकेसन देखिने गरेको छ ।

डीएनएस रिजल्भ नभएर यस्तो समस्या आएको राष्ट्रिय सूचना प्रविधि केन्द्र निकट स्रोतले जनाएको छ । “लाइसेन्सिङ रिन्यु अथवा अन्य कुनै प्राविधिक समस्याका कारण यस्तो भएको हुन सक्छ,” केन्द्रका एक अधिकारीले भने, “तर अहिले समस्या समाधानको प्रयास भइरहेको छ । मोबाइल डेटामा वेबसाइटहरू खुल्ने तर कुनै कुनै इन्टरनेट सेवामा नखुल्ने जस्तो अवस्था …

0 comment
0 FacebookTwitterEmail

सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ । गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो (घुर)ले आगलागी हुँदा पाँच परिवरका १० वटा घर जलेर नष्ट भएको हो । जहाँ ६० लाख बराबरक्षति भएको स्थानीय वीरेन्द्रकुमार यादवले बताए ।

स्थानीय बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा ६० लाख बराबरको क्षति भएको उनले जानकारी दिए ।

आगलागीमा स्थानीय बाबुनन्द गोइतको एक लाख नगद नै जलेर नष्ट भएको छ । त्यसैगरी, आगलागीमा घरभित्र रहेका फर्निचरसहित सम्पूर्ण सामग्री, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता तथा प्रहरी …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved