Home » Archives for May 2025 » Page 4
Monthly Archives

२०८२ जेष्ठ ९, बिहीबार १३:१२

सरकारले घुम्नुपर्ने सय पर्यटकीय गन्तव्य घोषणा गरेको मुन्दुम पदमार्गका विशेषतालाई चित्रकारहरूले तस्बिरमा उतारेका छन् ।

पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको ‘क्यानभास’मा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्यशाला’मार्फत चित्रकारले यसका विशेषतालाई चित्रमा उतारेका हुन् ।

पर्यटकीयस्थल चखेवामा आयोजना गरिएको कार्यशालामा २० जना राष्ट्रिय कलाकारले पदमार्गमा देखिने रेडपाण्डा (हाब्रे), किरात संस्कृतिसँग जोडिएको तायामा खियामा, चिण्डो (वाबुक) स्थानीयको वेशभुषालाई चित्रमा समेटेका छन् ।

चित्रकलाको माध्यमबाट मुन्दुम पदमार्गको विकास, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने लक्ष्यको क्यानभासमा टेम्केमैयुङ राष्ट्रिय चित्रकला कार्यशालाको आयोजना गरिएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । मुन्दुम पदमार्गलाई योग, ध्यान केन्द्रको रूपमा स्थापित गराउने लक्ष्य रहेको उनले बताए ।

तीन दिने कार्यशालामा बनाइएका …

0 comment
0 FacebookTwitterEmail

सारस चराको सङ्ख्या कञ्चनपुर–कैलालीमा बर्सेनि घट्दो क्रममा रहेको छ। सिमसार क्षेत्रमा देखापर्ने सारस हाल देख्नै मुस्किल हुन थालेको छ।

सिमसार क्षेत्र मासेर खेती गरिन थालेपछि सारसको बासस्थान खुम्चिँदै जान थालेको छ। त्यसले यस चरालाई आहाराको अभाव भएको छ। नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार खेतीका लागि किसानले रासायनिक मलसँगै कीटनाशकको अत्यधिक प्रयोग गर्न थालेपछि यस चराको अस्तित्व नै सङ्कटमा परेको छ। सारसको सिकार गर्ने, अण्डा चोरी गर्ने कार्यसँगै जलवायु परिवर्तन, वातावरण प्रदूषणलगायतले थप जोखिम सृजना गरेको छ।

चराविज्ञ डगौराले कैलालीमा पाँच र कञ्चनपुरमा २२ वटासम्म सारस अभिलेख गरिएका छन्। त्यो सङ्ख्या पछिल्ला वर्षहरूमा घट्दै गएको छ। कञ्चनपुरमा यस …

0 comment
0 FacebookTwitterEmail

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा रु. १२ अर्ब ९४ करोड २० लाख ६० हजार राजस्व संकलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हो ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागांईका अनुसार चालु आवको वैशाख महिनासम्म रु. १४ अर्ब १४ करोड ४२ लाख २० हजार राजस्व संकलनको लक्ष्य रहेको थियो । “गत आव २०८०/८१ को सोही अवधिमा राजस्व रु १५ अर्ब आठ करोड ६४ लाख २० हजार राजस्व संकलनको लक्ष्य राखिएकामा ७६ दशमलव ८५ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो तर यसपटक भने लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हासिल गरेका …

0 comment
0 FacebookTwitterEmail

झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि बागलुङका चिया किसान उत्साहित भएका छन् । बागलुङको काठे खोला गाउँपालिका-७ रेशमा २०७६ सालमा लगाइएको चियाले व्यावसायिक उत्पादन दिन थालेपछि किसान उत्साहित भएका हुन् ।

उनी समुदाय, सहकारी र विद्यालय मिलेर चिया खेती गरेका थिए । रेशको बौर, तिङरिङलगायतका ठाउँमा हाल १६२ रोपनी जग्गामा चिया खेती भइरहेको छ । गत वर्ष नमूनाका रूपमा परम्परागत शैलीबाट चिया उत्पादन गरे पनि यस पटक स्थानीयले चिया उत्पादन गर्ने उपकरण खरिद गरेका छन भने ७० रोपनी जग्गामा लगाइएको चिया टिप्न थालिएको छ । थप सय रोपनी जग्गामा चियाका बोटहरू हुर्किरहेका छन् ।

पाँच वर्षमै चियाका बोटले पूर्ण …

0 comment
0 FacebookTwitterEmail

गुल्मीको मुसिकोट नगरपालिका-६ स्थित कुर्घाको मालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य बनेको छ । पछिल्लो समय मन्दिर पुन:निर्माण गरिएसँगै यहाँ आउने भक्तजन एवं पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

पौराणिक महत्त्व बोकेको मालीका मन्दिर परिसर वरपर देखिने सुन्दर दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । मालिका मन्दिरमा वर चिच्याएर माग्नुपर्छ । विशेष पर्वहरूमा श्रद्धालुहरूको घुइँचो लाग्छ । यहाँ दर्शन एवं पूजाआजा गर्न गुल्मीलगायत अर्घाखाँची, बागलुङ, प्युठान, बुटवल, काठमाडौँ लगायत ठाउँबाट श्रद्धालुहरू आउने गरेका छन् । ज्ञमालिका मन्दिरमा वर मागे र भाकल गरेपछि मनले चिताएको कुरा सबै पूरा हुन्छ भन्ने जनविश्वास छ । भाकल गरेपछि परेवा उडाउने र बली दिने प्रचलन छ …

0 comment
0 FacebookTwitterEmail

आज बुधवार पाँच वटा संसदीय समितिहरूको बैठक बस्ने भएको छ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान साढे ७ बजे बस्नेछ । बैठकमा दुई वटा उपसमितिहरूले पेस गरेको प्रतिवेदन समितिसमक्ष पेस गर्ने कार्यसूची छ।

यस्तै, पूर्वाधार विकास समितिको बैठक बिहान साढे ८ बजे बस्दैछ। बैठकमा विद्युतीय विधेयक, २०८० माथि संशोधनसहित दफाबार छलफल हुने कार्यसूची छ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक), २०८० का सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजे बोलाइको छ । बैठकमा पोखरा …

0 comment
0 FacebookTwitterEmail

रघुगङ्गा गाउँपालिका–४ दग्नाममा सयौँ वर्ष पुरानो सांस्कृतिक परम्परा ‘लिङ्गो जुधाउने’ प्रतियोगिता भएको छ ।

भूमेपूजापछि लिङ्गो जुधाउने परम्परालाई यहाँका स्थानीयले निरन्तरता दिँदै आएका छन् ।

मङ्गलबार सम्पन्न प्रतियोगितामा कान्छीगाउँ विजयी भएको छ । प्रतियोगिता मुन्का डाँडामा भएको थियो । सयौँ स्थानीय सहभागी प्रतियोगितामा भूमेपूजाको रौनक बढेको दग्नामका वडाध्यक्ष पबिन गर्बुजाले बताए ।

पुर्ख्यौली सोरठी भाका र नाचका साथै पञ्चैबाजासहित भूमेपूजाको लिङ्गो जुधाउने प्रतिस्पर्धा अवलोकन गर्न गाउँ र वरपरका पाँच सय गाउँले सहभागी थिए । मौलिक ग्रामीण परम्परा भूमेपूजा र लिङ्गङ्गो जुधाएको हेर्ने अधिक दग्नामीहरू रहेका वडाध्यक्ष गर्बुजाले बताए ।

मङ्गलबार बिहान भूमेपूजापछि दिउँसो भूमे देवतालाई खुसी पार्न स्थानीयले लिङ्गो जुधाएका …

0 comment
0 FacebookTwitterEmail

नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन्।  कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ।   

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको जोखिममा रहेका जानकारी दिइन्।

उनका अनुसार विसं २०७८ साउन १ देखि विसं २०८२ जेठ ५ गतेसम्ममा चट्याङका एक हजार ११८ वटा घटना भएका छन् भने एक हजार ६०७ परिवार प्रभावित बनेका छन्।  विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौँ स्थानमा पर्ने उनले उल्लेख गरिन्।  

“घरगोठ र अग्ला टावर चट्याङको …

0 comment
0 FacebookTwitterEmail

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग दुई घण्टा लामो टेलिफोन वार्तालापपछि रुस र युक्रेनले तत्काल युद्धविराम वार्ता सुरु गर्ने बताएका छन् ।

ट्रम्पले टेलिफोन वार्ता सकरात्मक भएको भन्दै शान्तिका लागि दुई पक्षहरुबीच सर्तहरूमा सहमति हुनुपर्ने बताए। उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग पनि कुराकानी गरेका थिए।

रुसी समाचार एजेन्सी तासका अनुसार पुटिनले युक्रेनसँग शान्ति सम्झौताको मस्यौदा तयार रहेको बताए । उनले द्वन्द्वको वास्तविक कारण हटाउनु पर्नेमा जोड दिएका छन् ।

पुटिनसँग कुरा गरेपछि ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरे । उनले पुटिनसँग दुई घण्टा कुरा गरेको, रुस र युक्रेनले युद्धविराम र अझ महत्त्वपूर्ण कुरा, युद्धको पूर्ण अन्त्यको लागि तुरुन्तै वार्ता …

0 comment
0 FacebookTwitterEmail

पाल्पाको तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित अनौठो जोगीपानी कुवा ओझेलमा परेको छ। बोल्न नसक्ने बच्चालाई यस कुवाको पानी खुवाएमा बोल्न सक्छन् भन्ने जनविश्वास रहिआएको उक्त कुवा प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो।

यहाँको पानी पिएपछि बोली नफुटेका वा बोल्न नसक्ने बच्चाको बोली फुट्छ भन्ने जनविश्वास रहिआएको छ। यस कुवाको पानीमा अनौठो शक्ति भएको स्थानीयले विश्वास गर्दै आएका छन्।

“परापूर्वकालमा एक जना जोगीले तीर्थमा जाँदा रात परेको र सामाकोटमा बास बस्दा अत्यधिक प्यास लागेपछि पानीको मुहान, वरपर घर कुने नदेखेपछि हातमा लिएको चिम्टाले जमिनमा गाडेर पानी निकालेका थिए। तिनै जोगीले आफूले पानीले प्यास मेटेको र अबदेखि यहाँको पानी पिएमा बोली नखुलेका बच्चा बोल्न सकुन् …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved