तुलसीपुर उपमहानगरपालिका-१५ अकमीगाउँका थारु महिला मौसमी तथा बेमौसमी व्यावसायिक तरकारी खेती गरी मनग्य आम्दानीमार्फत आत्मनिर्भर बन्दै आएका छन्।
अकमीगाउँसहित आसपासका गाउँका थारु महिला अहिले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन्। यसबाट जीविकोपार्जन गर्न र छोराछोरीलाई पढाउन सजिलो भएको थारु महिला बताउँछन्।
तुलसीपुर–१५ की ४४ वर्षीया स्यानी चौधरीले व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेको लामो समय बितिसकेको छ। उनले तरकारी खेती गरेर आत्मनिर्भर बन्नुका साथै आफूलाई एक सफल महिला कृषकका रूपमा चिनाएकी छन्।
उनले मौसमी र बेमौसमी तरकारीसहित धनियाँ बिक्री गरेर वार्षिक रु चार लाखसम्म आम्दानी भइरहेको जानकारी दिइन्। आफूले उत्पादन गरेको धनियाँ र तरकारी बिक्री गर्न एकाबिहानै छिटुवा बोकेर तुलसीपुर …
