कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि इलामको चुलाचुली गाउँपालिका–६ साकफाराका किसान महेशकुमार राईले यसवर्ष कुचो बगानमै छाड्नुभयो। अम्रिसोको फूल (कुचो)को भाउ नआएपछि उहाँले नथुती बगानमै छाड्नुभएको हो।
कुचो काट्नका लागि प्रयोग हुने खेतालालाई दिने ज्याला बेच्दासमेत नपुग्ने भएपछि उहाँले कुचो नथुती बगानै छाड्नुभएको बताउनुभयो। “हामी आफैँ सबै काम गर्न सक्दैनौँ, खेतालालाई महँगो ज्यालामा कुचो काट्न लगाउनुपर्ने हुन्छ”, उहाँले रासससँग भन्नुभयो, “अहिलेको भाउमा त्यही कुचो बेच्दा खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि त्यत्तिकै छाडिदिएको हुँ।”
उहाँले घर नजिकै रहेको घुमाउने पाखामा फुलेको झण्डै १२ क्विन्टल कुचो नकाटी त्यतिकै छाडिदिनुभएको छ। उहाँले गत वर्ष सोही बगानको कुचोबाट रु एक लाख ३२ हजार …