Home » कृषि
Category:

कृषि

दुई वर्षअघि पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो नहुँदै बारीमा पुग्ने, दिनभरि मकैका बोट नियाल्ने र बाँदरको बथान देखिने बित्तिकै गुलेली र नक्कली बन्दुक लिएर धपाउने गर्थे। साँझ परेपछि पनि उनीहरू घर फर्किन पाउँदैन थिए। रातभरि बँदेल बारीमा पसे कि भन्ने चिन्ताले सधैँ पिरोल्ने गर्थ्यो। खेती गरेर पनि उत्पादन घर भित्र्याउन नसकेपछि कतिपय किसान खेतीबाटै निराश हुन थालेका थिए। तर अहिले वडा कार्यालयले गाउँगाउँमा बाँदर हेरालु कर्मचारीदेखि, कृषकको बारीमा काँडेतार जालीको व्यवस्था गरेपछि भने किसानलाई राहत मिलेको छ। वडा कार्यालयले २०८० सालदेखि बारीमा हेरालुको व्यवस्था गर्नुका साथै जङ्गली जनावरबाट बाली जोगाउन जाली लगाएपछि किसानलाई खेती गर्न सहज भएको हो।…

0 comment
0 FacebookTwitterEmail

म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका नगेन मगर हिजोआज जंगलमा रातो च्याउ खोज्न व्यस्त छन्। नगेनसहित चार जना मुनाका युवाको समूह रातो च्याउ संकलन गर्नका लागि करिब दश दिनका लागि बस्दोबस्तीका सामानसहित जंगलमै गोठ बनाएर बसेका छन्। “तीन जनाले च्याउ खोज्नुहुन्छ, मैले जंगलबाट डोकोमा बोकेर गाउँमा ल्याउने गरेको छु,” उनले भने, “करिब दैनिक ५० किलोग्राम च्याउ संकलन र बिक्री भइरहेको छ।”

नगेनले शुक्रबार करिब रु ४० हजारको रातोच्याउ बिक्री गरेको बताए। लेकाली क्षेत्रका बासिन्दा च्याउ पलाउने याम सुरु भएपछि जंगल पसेका छन्। प्राकृतिक रूपमा पाइने रातो च्याउ लेकाली क्षेत्रका बासिन्दाको लागि आम्दानीको स्रोत बनेको छ। च्याउको सुरक्षाका लागि पलाउने ठुटाको नजिकै बसेर …

0 comment
0 FacebookTwitterEmail

भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यका साथ अदुवा खेती प्रवर्द्धन कार्यक्रम अगाडि बढाइएको छ।

गाउँपालिकाले गत आर्थिक वर्षमा कोशी प्रदेश सशर्त अनुदानमार्फत प्राप्त रु १० लाख बजेटबाट वडा नं ४ खैराङस्थित लुङथुङ क्षेत्रमा ७९ रोपनीमा व्यावसायिक अदुवा खेती विस्तार गरेको हो। हतुवागढी वडा नं ४ का वडाध्यक्ष चन्द्रबहादुर विष्टका अनुसार खैराङ क्षेत्रमा उत्पादन हुने अदुवा उच्च गुणस्तरको मानिने भएकाले यसलाई प्राथमिकतामा राखेर क्षेत्र विस्तार गरिएको हो। “स्थानीय माटो र जलवायु अदुवा खेतीका लागि अत्यन्त अनुकूल छ। गुणस्तरीय उत्पादन हुने भएकाले किसानको जीवनस्तर सुधार्न अदुवा प्रवर्द्धन कार्यक्रम अघि बढाएका हौँ,” वडाध्यक्ष विष्टले भने।

गाउँपालिकाको पहलपछि स्थानीय किसान व्यावसायिक खेतीतर्फ आकर्षित …

0 comment
0 FacebookTwitterEmail

यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको ‘प्रमुख सिजन’ चलिरहेको छ। स्याउले भरिभराउ दर्जनौँ गाडी दैनिकजसो सुर्खेत, नेपालगन्ज, बुटवल, चितवन, पोखरा, काठमाडौँ, वीरगन्जलगायत देशका प्रमुख सहरमा पुगिरहेका छन्।

अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपले अवरुद्ध भएको छ। तीन दिनदेखि स्याउ बोकेर हिँडेका गाडी सडकमै थन्किएका छन्।

जुम्लाबाट छुटेपश्चात् एक/दुई दिनमा सुर्खेत नेपालगन्ज पुग्ने लक्ष्य राखेर हिँडेका गाडी पहिरोका कारण सडकमै अलपत्र परेपछि स्याउ कुहिने हो कि भन्ने चिन्ताले उनीहरूलाई पिरोलेको छ।

स्याउ व्यापारी मक्कर शाहीले शनिबारदेखि राजमार्गका विभिन्न ठाउँमा आएको पहिरो, ढुङ्गा र लेदोले सडक अवरुद्ध भएपछि अलपत्र परेको दु:खेसो …

0 comment
0 FacebookTwitterEmail

सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर निर्माण गरिएको ब्यारेज तीन दशकसम्म पनि सञ्चालनमा आउन सकेको छैन।

बलरा नगरपालिका–१० र रामनगर गाउँपालिका–१ को सिमाना सुदामामा निर्माण भएको सिँचाइ ब्यारेज ३१ वर्षदेखि अलपत्र अवस्थामा छ। बाह्रै महिना पानी बग्ने एकादशी खोलामा २०५२ सालमा ब्यारेज निर्माण गरिएको थियो। सुदामा, छोटउल, अचलगड, बलरा अर्नाह, मिर्जापुर, छतौना, खेअर्वा, रामनगर बहुअर्वालगायत साविक दर्जन बढी गाविसका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यसहित निर्माण भएको ब्यारेज प्रयोग नै नभई अलपत्र बनेको हो।

ब्यारेज रु छ करोड लागतमा निर्माण भएको थियो। कृषिको उर्वर भूमिका रूपमा रहेको यस क्षेत्रमा सिँचाइको भरपर्दो सुविधा नहुँदा किसान वर्षाको पानीको भरमा …

0 comment
0 FacebookTwitterEmail

बैतडीको पाटन नगरपालिका–१० हतासका मदनराज भट्टको मुख्य आम्दानीको स्रोत बनेको छ, फलफूल र तरकारी खेती। घरका लागि मात्रै तरकारी उत्पादन गर्दै आएका भट्ट एक दशकयता व्यावसायिक रूपमा सक्रिय छन्।

उत्पादन राम्रो हुने र बजारको समस्या नभएकाले भट्ट परिवार नै पूर्ण रूपमा कृषि पेसामा आबद्ध छन्। “श्रीमती र दुई छोरासहित व्यावसायिक कृषि पेसामा आबद्ध छौँ ”, भट्टले भने, “व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी हुँदा खुसी छौँ।”

विसं २०७२ देखि व्यावसायिक रूपमा सुरु गर्नुभएको भेडेखुर्सानी खेती अहिले विस्तार भएर १६ रोपनी क्षेत्रफलमा पुगेको छ। “बजारको विस्तार भएसँगै भेडे खुर्सानी खेती व्यावसायिक रूपमा गरिरहेका छौँ”, उनले भने

बजारमा उचित मूल्य पाएको वर्ष भेडेखुर्सानीबाट …

0 comment
0 FacebookTwitterEmail

कुनै समय भोजपुरका गाउँघरमा कोदोको ढिँडो, रोटी, सातु र लिटो दैनिक खानाको हिस्सा थियो। पहाडी जनजीवनसँग गहिरो सम्बन्ध रहेको कोदो अहिले भने किसानको बारीबाट बिस्तारै हराउँदै गएको छ।

खेतीका लागि उपयुक्त जमिन र हावापानी भए पनि पछिल्लो समय भोजपुरमा यसको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ। कम आम्दानी, बढी मेहनत र बजारको अभावका कारण किसान अन्य बालीतर्फ आकर्षित हुन थालेका हुन्।

टेम्केमैयुङ गाउँपालिका–६ कोटका किसान रामकुमार राईका अनुसार अहिले कोदो खेती घरायसी प्रयोजनमा सीमित हुँदै गएको छ।

“कोदो खेती गरेर जीवन धान्न सक्ने अवस्था छैन”, उनले भने, “गाउँघरमा पनि व्यावसायिक रूपमा कोदो खेती गर्ने चलन हराउँदै गएको छ। अहिले …

0 comment
0 FacebookTwitterEmail

टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो र मूला खेती प्रवर्द्धनमा जोड दिएको छ। गाउँपालिकाले उन्नत जातको रायो र मूलाको बीउ वितरण गर्ने तयारीसँगै किसानले उत्पादन गरेका कृषि उपजको बजार सुनिश्चित गर्न खरिद पूर्व सम्झौता गरेको हो।

गाउँपालिकाले किसानलाई आवश्यक पर्ने उन्नत जातको रायो र मूलाको बीउ उपलब्ध गराउन आवेदन माग गरेको छ। कृषि विकास शाखाको स्वीकृत कार्यक्रमअन्तर्गत उन्नत जातको बीउ वितरण गरी उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ।

किसानले उत्पादन गरेका रायो र मूलाको बजारीकरणमा समस्या नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले सिद्ध काली एग्रो प्रालि भोजपुरसँग खरिद पूर्व सम्झौता गरेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए। सम्झौताअनुसार …

0 comment
0 FacebookTwitterEmail

एघार महिनामा फलेको गहुँ भित्र्त्याउन उत्तरी गोरखाको चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ छ। तिब्बतको सीमा क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–७ का किसान हाल गहुँ काट्न, कुट्न, केलाउन र थन्क्याउनमा व्यस्त छन्।

चुमभ्यालीको छेकम गाउँका दोर्जे लामाका अनुसार पुरुषले गहुँ काट्ने र कुट्ने तथा महिलाले केलाउने र थन्क्याउने गर्छन्। गहुँ भित्र्याएपछि केही दिनमै तोरी र फापर काट्न, झाँट्न र कुट्न थालिन्छ।

गत असोजमा लगाइएको गहुँ, फापर र तोरी अहिले भित्र्त्याउने समय भएको लामाले बताउनुभयो। चुमभ्यालीमा साउनको पहिलो सातादेखि गहुँ काट्न सुरु गरिएको हो। यहाँ बाली भित्र्याउनुअघि स्थानीय लामाबाट साइत जुराउने परम्परा छ।

चुमभ्यालीमा साइत जुराएर बाली भित्र्त्याएमा सहकाल रहने जनविश्वास रहेको स्थानीय प्रमुख …

0 comment
0 FacebookTwitterEmail

बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार वर्षअघि आफ्नो एक बिगाहा खेतमा ताइवानी अम्बा लगाउने निर्णय गर्दा भविष्यको आम्दानीबारे खासै अनुमान थिएन। धान र तोरी फलाउँदै आएको खेतमा सुरु गरिएको अम्बा खेतीले अहिले उनलाई परम्परागत खेतीभन्दा राम्रो आम्दानी दिन थालेको छ।

“व्यावसायिक रूपमा गरेको अम्बा खेतीबाट एक ‘सिजन’मा करिब रु दुई लाख ५० हजारसम्म आम्दानी हुन्छ,” विष्टले भनिन्। उनका अनुसार अम्बाको वर्षमा दुई सिजन उत्पादन हुन्छ। धान र तोरी खेती गर्दै आएको खेतमा व्यावसायिक अम्बा खेती सुरु गर्दा सुरुमा केही जोखिम लिएजस्तो लागे पनि अहिले आम्दानी राम्रो हुन थालेपछि उनी सन्तुष्ट छिन्।

“अम्बा खेतीमा अरू खेतीको जस्तो धेरै …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved