Home » कृषि
Category:

कृषि

पूर्वी चितवनको रत्ननगरमा २८ जातका केराको जातीय परीक्षण थालिएको छ । रत्ननगर नगरपालिका–१३ स्थित भन्तना केरा अनुसन्धान केन्द्रमा परीक्षण थालिएको हो ।

केन्द्रका सञ्चालक समृद्ध भन्तनाले १२ बिघा क्षेत्रफलमा केरा लगाएर जातीय परीक्षण तथा विभिन्न परिकारको परीक्षण सुरु गरेका हुन् । व्यावसायिक रूपमा जी–९ केरा लगाए पनि उनले जातीय परीक्षणका लागि विभिन्न जातका मालभोग, चिनी चम्पा, हाइब्रिड, जोगी केरा, मुग्रे, धुस्रे, मालुङ्गे, झप्री, मिर्कोटे, घीउकुमारीलगायत स्थानीय, स्वदेशी तथा विदेशी जातका केराको परीक्षण सुरु गरेको जानकारी दिए। उनले भने, “यहाँ लगाइएका केराको आनुवंशिक विविधता अध्ययन भइरहेको छ ।”

यहाँका स्थानीय जातका केरामा पानामा रोगसँग लड्ने  क्षमता, सिवाटोवा, वन्चिटप जस्ता रोगसँग लड्ने
0 comment
0 FacebookTwitterEmail

देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ ।

कृषि विकास मन्त्रालयका अनुसार यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो । गत वर्षको तुलनामा झण्डै ८ प्रतिशतले रोपाइँमा कमी आएको हो ।

प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब एक लाख ६४ हजार हेक्टरमा रोपाइँ भएको छ । उक्त प्रदेशमा ९३ प्रतिशत रोपाइँ भएको जनाइएको छ ।
कर्णाली प्रदेशमा ६४ हजार हेक्टरमा रोपाइँ सकिएको छ । यहाँ ८३ प्रतिशत रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा दुई लाख २३ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको छ भने प्रतिशतका हिसाबले ७३ प्रतिशत रोपाइँ भएको हो …

0 comment
0 FacebookTwitterEmail

समयमै वर्षा नहुँदा यहाँका किसानले राखेको धान ब्याडमै सुक्न थालेको छ । असार बित्नै लाग्दासमेत पर्याप्त पानी नपर्दा र सिँचाइ सुविधा अभावले धान रोपाइँ हुन नसकेको हो ।

आकाशे पानीको भरमा रहेका बराहक्षेत्र नगरपालिका-६ श्रीलंका टापु चिलैया र गरैया क्षेत्रका किसानले रोपेको धानको रोपो नै सुक्न थालेको छ । स्थानीय कृषक सन्तोष चन्द्रवंशीले भने, “यो वर्ष पानी पर्ने आशा त थियो, तर चाहिएको बेला पानी परेन । हामी आकाश हेरेर बसेका छौँ, धानको रोपो सुक्न थालेको छ ।”

उनकाअनुसार विद्युत् आपूर्तिसबै क्षेत्रमा नपुगेकाले पम्पसेट मार्फत सिँचाइ गर्न सकिएको छैन । वराहक्षेत्र नगरपालिकाले श्रीलंका टापुका किसानलाई ४३ थान विद्युतीय मोटर, ६० …

0 comment
0 FacebookTwitterEmail

माङसेबुङ गाउँपालिका-२, रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा बिक्रीबाट राम्रो आम्दानी गरिरहेका छन्। यस वर्ष उनले कफीका बिरुवा बिक्रीबाट १३ लाख ५० हजार रुपैयाँ कमाए। पाँच वर्षअघि ‘वाङदेल नर्सरी सेन्टर’ स्थापना गरी कफीको बिरुवा उत्पादन सुरु गरेका राई माङसेबुङमा एक कुशल बिरुवा उत्पादकका रूपमा परिचित छन्।

फेवाखोला नजिकै गजुरमुखी-इभाङ-चतुरे सडक छेउमा पाँच रोपनी जग्गामा उनले बिरुवा उत्पादन गरिरहेका छन्। यस वर्ष उनले ४५ हजार कफीका बिरुवा बिक्री गरे।

राईका अनुसार, कफीको बिरुवा उत्पादनमा कम समय, श्रम र लगानीमा राम्रो आम्दानी हुने भएकाले उनले यसलाई प्राथमिकता दिएका छन्। उनका बिरुवा इलाम, सङ्खुवासभा, भोजपुर र भारतको सिक्किमसम्म पुग्छन्। विभिन्न पालिका, वडा कार्यालय, …

0 comment
0 FacebookTwitterEmail

मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर दुःखी छन्। विगतमा असारभित्र रोपाइँ सकिने गरेकामा यसपालि असार बितिसक्न लाग्दा उनको दुई बिघा खेतका सुक्खा गरामा कमिला कुदिरहेका छन् ।

“गरा भरिने गरी आकाशबाट पानी पर्छ र धान रोपौँला भनेर पर्खेको धेरै भइसक्यो”, उनी भन्छन्, “ब्याडमा बीउ छिप्पिसक्यो । पानी परेको छैन । यो पाला धान रोप्न पाइन्छ जस्तो छैन ।”

अर्जुनधारा नगरपालिका–८ का किसान श्याम अधिकारीको पीडा पनि उस्तै छ । विगत पाँच वर्षदेखि एक बिघा खेत वार्षिक ठेक्कामा लिएर धानखेती गर्दै आएका उनले असारमा खडेरी पर्दा किसानलाई ठूलो क्षति भएको बताए ।…

0 comment
0 FacebookTwitterEmail

धनगढी उपमहानगरपालिका–१४, फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक केरा खेतीमार्फत आफ्नो जीविकोपार्जन गर्दै आएका छन्। उनले भण्डारी बहुउद्देश्यीय कृषि फार्म दर्ता गरी विगत छ वर्षदेखि यो व्यवसाय सञ्चालन गरिरहेका छन्।

१६ वर्षको उमेरमा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका भण्डारीले २० वर्ष विदेशमा बिताएर स्वदेश फर्किएपछि केरा खेतीमा लागेका हुन्। कोभिड–१९ महामारीका कारण भएको लकडाउनको समयमा उनले यो व्यवसाय सुरु गरेका थिए। “विदेशबाट फर्किएपछि घरमा खाली बसिरहेको थिएँ। त्यति बेला विश्वभर कोभिड–१९ को प्रभाव थियो, अन्य व्यापार सुरु गर्ने अवस्था थिएन,” भण्डारीले भने, “गाउँमा केही व्यक्तिले केरा खेती गरेको देखेर मलाई पनि यही व्यवसाय गर्ने सोच आएको हो।

उनले आफ्नो एक बिघा …

0 comment
0 FacebookTwitterEmail

सुनसरीमा हिउँदे मकैको उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा हिउँदे मकै उत्पादन दुई दशमलव ३८ प्रतिशतले बढेको छ।

आव २०८०/८१ मा १० हजार ६४० हेक्टर क्षेत्रफलबाट ८३ हजार १२ मेट्रिकटन मकै उत्पादन भएका आव २०८१/८२ मा ८४ हजार ८०२ मेट्रिकटन मकै उत्पादन भएको केन्द्रका सूचना अधिकारी प्रविनलाल श्रेष्ठ जानकारी दिए। उनका अनुसार अहिले किसानले हाइब्रिड प्रजातिको हिउँदे मकैखेती गर्दै आएका छन्।

उनले भने, “किसानले हाल रामपुर हाइब्रिड १०, पार्नियर ३३ र ५३, पार्नियर ३५ जस्ता उन्नत जातको मकै बढी लगाउने गरेका छन्। सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का किसान रोशन …

0 comment
0 FacebookTwitterEmail

म्याग्दी जिल्लामा यस वर्ष भिरमह उत्पादनमा उल्लेखनीय कमी आएको छ। मह सिकारीहरूका अनुसार, विगतको तुलनामा ७५ प्रतिशतले कम मह उत्पादन भएको छ।

अन्नपूर्ण गाउँपालिकाका एक मह सिकारीले गत वर्ष एक हजार लिटर मह सङ्कलन गरेकोमा यस वर्ष जम्मा २०० लिटर मात्र उत्पादन भएको बताए। उनको टोलीले स्वाँत नजिकैको छहरीभिर र छिसको टाउकोमा दुई दिन मह सिकार गरेको थियो। हिउँदको खडेरी र मह सिकारको समयमा भएको वर्षाले मौरीहरू चरन क्षेत्रमा पुग्न नसक्दा गोलाको मह खाएकाले उत्पादनमा कमी आएको मह सिकारीले बताए। म्याग्दीको अन्नपूर्ण, रघुगंगा र धौलागिरि गाउँपालिकाका लेकाली क्षेत्रमा जेठ महिनामा भिरमह सिकार गर्ने प्रचलन छ।

वसन्त र शरद् ऋतु भिरमह …

0 comment
0 FacebookTwitterEmail

बडिगाड गाउँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यति बेला ड्रागन फ्रुट खेती गरेर वार्षिक रु १० आम्दानी गर्न थालेका छन् । बागलुङको बडिगाड गाउँपालिकामा जन्मिएका अर्यालको कर्म घर भने गुल्मीको मुसिकोट नगरपालिका–१ भर्माचौर हो । त्यही ठाउँमा अर्यालले तीन वर्षदेखि व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आएका छन् छ ।

अर्यालले चार रोपनी जग्गामा ३ सय पोल गाडेर ड्रागन फ्रुटको खेती गर्दै आएका छन् । उनको बगैँचामा रहेका हरेक पोलमा गरी एक हजार दुई सय ड्रागन फ्रुटका बोट रहेका छन् । तिनै बोटबाट गत वर्ष २० क्विन्टल ड्रागन फ्रुट उत्पादन भएको अर्यालले बताए । यस पटक ३० क्विन्टल उत्पादन हुने …

0 comment
0 FacebookTwitterEmail

हिमाली जिल्लाहरू मुस्ताङ, मनाङ र डोल्पामा किसानहरूले पाल्ने विभिन्न गाईका प्रजातिहरूमध्ये लुलु गाई पनि एक हो। यो गाईले पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ, तर पछिल्लो समय लुलु गाई लोपोन्मुख अवस्थामा पुगेको छ।

लुलु गाई, जुरो नभएको स्थानीय गाईको एक प्रजाति हो, जुन हिमाली क्षेत्रको उच्च भूभागमा पालिन्छ र अन्य गाईको तुलनामा यो केही होचो हुन्छ। यो गाई समुद्री सतहबाट २,५०० मिटरभन्दा माथिको उचाइमा पाल्ने गरिएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख एवं पशु चिकित्सक डा. लालमणि अर्यालका अनुसार, मुस्ताङमा परम्परा र संस्कृतिको हिस्साका रूपमा सयौँ वर्षदेखि पालिँदै आएको लुलु गाई हाल लोपोन्मुख अवस्थामा छ। उनले …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved